भर्खरै :

इसानको वार्षिक योजना तर्जुमा गोष्ठी

इसानको वार्षिक योजना तर्जुमा गोष्ठी

भक्तपुर, २७ फागुन । इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाको अध्यक्षतामा वार्षिक कार्यक्रम तर्जुमा गोष्ठी नगरकोटको होटल चौतारीको सभा कक्षमा आइतबार भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले देशको शैक्षिक, राजनीतिक, आर्थिक र कृषि क्षेत्रमा विदेशीको प्रभाव बढिरहेकोमा चिन्ता व्यक्त गर्दै आजका विद्यार्थीहरूमा मनोवैज्ञानिक असरहरू देखापर्दै आएकोमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हामीले विद्यार्थीहरूलाई देश र समाजप्रति जिम्मेवार व्यक्ति बनाउनुपर्नेतर्फ सचेत हुनुपर्छ भन्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष सनकमान महर्जनले शैक्षिक स्तर कमजोर हुँदै गएकोमा राज्यले बेवास्ता गर्नु हो भन्दै हामीले आफ्नो दायित्व सम्झेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
इसानका केन्द्रीय सल्लाहकार आशाकुमार चिकंबन्जारले आफू बसेको ठाउँको परिचय दिनसक्ने किसिमका प्रदर्शन गर्नुपर्ने कुरा बताउनुभयो ।
कार्ययोजनाअन्तर्गत उपस्थित शिक्षकहरूलाई तीन समूहमा विभाजन गर्दै २०८० सालको राम्रो पक्ष र अब गर्नुपर्ने कुराको प्रतिवेदन पेस गर्नुभयो ।
परीक्षा समितिका अध्यक्ष कृष्णराम दुवाल, जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासुले आ–आफ्नो क्षेत्रको विषयमा बोल्नुभएको थियो ।
कार्यक्रम फागुन २८ गतेसम्म चल्ने सम्बन्धित स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *