भर्खरै :

वर्ग संघर्षलाई ओझेलमा पार्न गठबन्धनको नाटक

मंसिर ४, अछाम । नेपाल मजदुर किसान पार्टी तुर्माखाँद गाउपालिकाको आयोजनामा चुनावी जनसभा सम्पन्न भयो । कार्यक्रमा नेमकिपा अछामका अध्यक्ष एवं अछाम क्षेत्र नं. २ का उम्मेदवार झंकरबहादुर शाहीले भारतीय विस्तारवादको तालअनुसार नेपालमा वामगठबन्धन र प्रजातान्त्रिक गठबन्धनको निर्माण भएको बताउनु भयो । उहाँले नेपालको वर्ग संघर्षलाई ओझेलमा पार्न यो नाटक गरिएको पनि वताउनु भयो ।
आयोजक समितिका महेन्द्र वुढाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेमकिपा अछाम क्षेत्र २ क का पदम बहादुर वुढा, नेमकिपा तुर्माखाँदका उपाध्यक्ष भिम बहादुर वुढा, नेक्रायुसंघ तुर्माखाँदका सदस्य देवेन्द्र वुढा, नेक्राविसंघ तुर्माखाँदका कोषाध्यक्ष विमला वुढालगायतले बोल्नुभएको थियो ।
त्यस्तै, नेमकिपा तुर्माखाँद गाउँपालिका वडा नं. ६ मा पनि नेमकिपाको जनसभा सम्पन्न भएको छ । कार्यक्रममा नेमकिपा अछामका अध्यक्ष एवं अछाम क्षेत्र नं. २ का उम्मेदवार झंकरबहादुर शाहीले शासक दलले जनताको मतलाई भेडाबाख्राको रुपमा खरिद गरेका कारण कामदार जनताको पार्टी नेमकिपाको मादलमा मतदान गर्न आव्हान गर्नु भयो । उहाँले नेमकिपा शिक्षा र स्वास्थ्य निशुल्क, स्वदेशमै रोजगारीको वन्दोवस्तलगायतका एजेन्डा रहेको स्पष्ट पार्नु भयो ।
मुकेश बहादुर शाहीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेमकिपा अछाम क्षेत्र २ क का पदम बहादुर वुढा, नेमकिपा तुर्माखाँदका उपाध्यक्ष भिम बहादुर वुढा, ज्योतिराम बजगाई, नेक्रायुसंघका भिम बहादसर वुढा, नेक्रामहिला संघका जुना कुमारी साउँद, नेक्राविसंघ तुर्माखाँदका कोषाध्यक्ष विमला वुढालगायतले बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *