निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, ५ मंसिर । नेपाल मजदुर किसान पार्टी ६ वडा समन्वय समितिको आयोजनामा भनपा वडा नं. ६ का पेशा व्यवसायीहरूसँग साक्षात्कार कार्यक्रम नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा मङ्गलबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा अध्यक्ष रोहितले नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्र एकै चरित्रको पार्टी भएको बताउनुभयो । हिजो नेपाली काङ्ग्रेस सरकारमा जाँदा सरकारका कलकारखानाहरू विस्तारै निजीकरण गर्दै लगेको र पछि एमाले सरकारमा गएपछि त्यही नीतिलाई निरन्तरता दिंदै भारत सरकारलाई खुसी पार्न नेपालको कलकारखाना निजीकरण गरेको हुँदा नेमकिपाले एमालेलाई भाइकाङ्ग्रेस भनेको स्मरण गराउनुभयो । अहिले प्रचण्ड सरकारमा गएपछि भारत सरकारलाई खुसी पार्न नेपालको नदीनाला तथा कल कारखानाहरू एक एक गरी भारतलाई सुम्पदै जानुले माओवादी अर्को सानो भाइकाङ्ग्रेस सावित भएको उहाँले बताउनुभयो । माओवादी केन्द्रले भारत सरकारको नुन खाएर जनयुद्ध गरेकोले अहिले सरकारमा गएर भारतलाई नेपालको प्राकृतिक सम्पदाहरू दिएर नुनको गुण तिर्न खोजेको हो, उहाँले बताउनुभयो ।
अहिले प्रचण्ड सरकारमा गएपछि भारत सरकारलाई खुसी पार्न नेपालको नदीनाला तथा कल कारखानाहरू एक एक गरी भारतलाई सुम्पदै जानुले माओवादी अर्को सानो भाइकाङ्ग्रेस सावित भएको उहाँले बताउनुभयो
सरकारमा गएका पार्टीहरूले हरेक क्षेत्रमा भ्रष्टाचार गरेको कारणले गर्दा देशको विकास नभएको पनि उहाँले बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेमकिपाका उम्मेदवारहरूले लोभलालच, प्रलोभन, भोजभतेर नगरी सैद्धान्तिक छलफल र विचारविमर्श गरेर भोट लिने गरेको बताउनुभयो । उहाँले पार्टीका उम्मेदवारहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गर्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष तथा प्रदेश नं. २ का उम्मेदवार सुरेन्द्रराज गोसाईले नेमकिपाका उम्मेदवारहरू जितेर गएको खण्डमा देश र जनताको पक्षमा संसदमा जोडदार आवाज राख्ने बताउनुभयो ।
उक्त कार्यक्रममा गणेशराम थुसा, भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल र वीरेन्द्र जतिले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।



Leave a Reply