भर्खरै :

प्रभातमा अध्ययन गोष्ठी

प्रभातमा अध्ययन गोष्ठी

भक्तपुर, २ चैत । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार प्रभात इङ्गलिश सेकेन्डरी स्कूलमा पुस्तक अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैँजूले महिलाहरू परिष्कृत र परिवर्तन हुनु आवश्यक भएको बताउँदै हामी व्यवस्थाको दास बन्नुभन्दा क्रान्तिकारी बन्नुपर्दछ भन्नुभयो ।
उहाँले क्रान्तिकारी महिलाहरूको लागि ८ मार्चको दिन कामदारवर्गको महिलाहरूको अधिकारको जग भएको बताउँदै मजदुरवर्गको मुक्ति वर्गसङ्घर्षले मात्र सम्भव छ; पुँजीवादी व्यवस्थाको कारण महिलाहरू शोषण, दमन र अत्याचारमा परेका हुन् भन्नुभयो ।
कर्मचारी समाजका अध्यक्ष गौतम लासिवाले श्रमिक महिला दिवस मनाउनुको अर्थ अन्तर्राष्ट्रिय महिला नेतृहरूको जीवनीबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो देश भारतीय विस्तारवाद, भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादका कारण देश सङ्कटमा परेको प्रस्ट्याउँदै अन्तर्राष्ट्रिय महिलाहरूको जीवनी अध्ययन गरेर उनीहरूको भावनाअनुसार शिक्षक/शिक्षकाहरूले असर नागरिक, देशभक्तिपूर्ण नागरिक उत्पादन गर्ने शिक्षा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले पनि आफ्नो विचार राख्नुभएको थियो ।
पुस्तक अध्ययन गोष्ठीमा विद्यालयका शिक्षक/शिक्षिकाहरू बुद्धलक्ष्मी गोर्खाली, अनिता न्हुच्छे, मीरा दुगुजु, राजकुमार साखकर्मी, सुमन नेपाली, पुष्पा अवाल, लिना लासिवा, सविना दथेपुथे र रोजिना ङाखुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *