भर्खरै :

मार्च ८ र केही पुस्तकका प्रसङ्गहरू

मार्च ८ र केही पुस्तकका प्रसङ्गहरू

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्व मजदुर आन्दोलनको एउटा महत्वपूर्ण हिस्सा हो । बेलायत, पश्चिमा विश्वमा मजदुर आन्दोलनको ज्वारभाटाले मार्च ८ को जन्म गरायो । सन् १८३० तिरै दासताविरुद्ध अमेरिकी महिलाहरूले सङ्गठित आन्दोलन गरेसँगै महिला हक अधिकारको निम्ति आवाज दिन थालिसकेका थिए । सन् १८४८ मा कार्ल माक्र्स र ऐङ्गेल्सले लेख्नुभएको ‘कम्युनिस्ट घोषणापत्र’ ले श्रमिकहरूलाई श्रम शोषणविरुद्ध आवाज उठाउन हौस्यायो, सङ्घर्षको सैद्धान्तिक आधार प्रदान ग¥यो । त्यसपछि बेलायत, युरोप हुँदै अमेरिकामा मजदुर आन्दोलनको उभार उठ्यो । महिला श्रमिकहरूले पनि समान पारिश्रमिक, समान अवसर, निश्चित कार्यघण्टा, मातृत्व संरक्षण र स्वास्थ्यसम्बन्धी मागसहित श्रमशोषणविरुद्ध आवाज उठाए । महिला पनि पुरुषसरह राजनीतिक प्राणी बन्न पाउनुपर्ने, मताधिकार प्राप्त हुनुपर्ने मागसहितको आन्दोलन अघि बढ्यो । थुप्रै आन्दोलनहरूमध्ये सन् १९०७ न्युयोर्क सहरको टेक्सटायल कारखानामा भएको हडताल र सन् १९०८ मा अमेरिकाको म्यानह्याथनको सिलाइ बुनाइ कारखानाका श्रमिक महिलाहरूले गरेको आन्दोलन स्मरणीय छ । ती हडतालमा ३० हजारभन्दा बढी महिला मजदुरहरूले भाग लिएका थिए । प्रदर्शनीलाई राज्यसत्ताले निर्मम दमन ग¥यो । थुप्रै महिलाहरूको रगत बग्यो, सहिद बने । धेरैधेरै महिला गिरफ्तारीमा परे, असह्य यातना दिइयो । यद्यपि, मजदुर महिलाहरूले हार मानेनन् । त्यो घटनाले विश्वलाई नै चकित बनायो ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सोही घटनाको स्मरण गर्दै ती मजदुर महिला योद्धाहरूको सम्मानमा जर्मन नेतृ क्लारा जेटकिनले मार्च आठलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गरिन् । यसरी महिलाहरूको मजदुर आन्दोलन मार्च ८ को नाममा स्थापित भयो । त्यसकारण, क्रान्तिकारी नेतृ जेटकिनलाई मार्च ८ का प्रणेताको रूपमा पनि स्मरण गरिन्छ । उनको जीवन, व्यक्तित्व र सङ्घर्षबारे नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिले प्रकाशन गरेको पुस्तक ‘विश्वका क्रान्तिकारी महिलाहरू’ मा पढ्न पाइन्छ । क्लारा जेटकिन भन्छिन्, “वर्गमुक्तिले मात्र महिला मुक्ति सम्भव हुन्छ ।” महिलाभित्र पनि वर्ग हुन्छ, महिला मुक्ति सङ्घर्ष वर्गीय मुद्दा हो भन्ने विचार उनको हो । मार्च ८ वर्गसङ्घर्षकै सिलसिलाको रूपमा स्थापित गर्न उनले गरेको सङ्घर्ष बेजोडको छ । तसर्थ आज महिला कुनै एउटा उपेक्षित लिङ्ग या जातको रूपमा व्याख्या हुनु क्लारा जेटकिनको भावनामाथि घात या प्रहार हो भन्न सकिन्छ ।
वर्गसङ्घर्ष हुँदै समाजवादसम्म पुग्ने बाटो रुसको समाजवादी क्रान्तिले कामदार महिलाहरूलाई देखायो । सन् १९१७ मा भएको रुसी अक्टोबर समाजवादी क्रान्तिले श्रमिक महिला आन्दोलनलाई स्पष्ट सैद्धान्तिक आधार र व्यावहारिक अभ्यास प्रदान ग¥यो । समाजवादी क्रान्ति नै महिला मुक्तिको बाटो हो अर्थात् समाजवादी बन्दोबस्त नै कामदार महिलाहरूको स्वर्ग हो भन्ने व्यवहार स्थापित भयो । सबैखाले शोषणको व्यवस्था महिलाहरूको नर्क हो भन्दै थुप्रै क्रान्तिकारी महिला नेतृहरू समाजवादी आन्दोलनमा जोडिए । नेतृ सिल्भिया पानख्रुस्ट भन्छिन्, “म पुँजीवादविरुद्ध लड्छु चाहे मेरो ज्यान किन नजाओस् । किनभने, भोकाएकाहरूको माझमा म एक्लै अघाउन सक्दिनँ । अन्याय, अत्याचार देखे पनि नदेखेभैmँ बस्न म सक्तिनँ ।”
मार्च ८ लाई बिस्तारै एक समाजवादी आन्दोलनको रूपमा मनाउन थालियो । सोभियत रुसकै उदाहरण लिने हो भने त्यहाँ महिलालाई मतको अधिकारदेखि मातृत्व सुविधा प्रदान गरियो । सोभियत महिलाले कलकारखानामा काम गर्ने समान अवसर, समान ज्याला, विश्रामको कानुनी व्यवस्था, शिक्षाको ग्यारेन्टी र राज्य सञ्चालनमा पुरुष सरह समान अधिकार प्राप्त गरे । सामूहिक भान्छाघर, स्नान र लुगा धुने गृहको व्यवस्था भयो । पहिलो पटक विश्वमा शिशुलाई आमाको दूध बैङ्कको अभ्यास रुसले थाल्यो । विश्वमा सर्वप्रथम प्रसव र सुत्केरी बिदा सोभियत सङ्घमा २७ नोभेम्बर १९१७ को दिन जन कमिसार परिषद्को निर्णयबाट सुरु गरिएको थियो । इ.रामबिन्दु श्रेष्ठको पुस्तक ‘सोभियत सम्झनाहरू’ ले सोभियत रुसमा श्रमिक महिलाको अवस्थाबारे जानकारी दिन्छ ।
सोभियत समाजमा महिलाहरूको ठुलो सम्मान थियो । पहिलो पटक विश्वमा महिला मन्त्री सोभियत रुसले दियो । महिलाहरू १०० प्रतिशत साक्षरमात्र होइन शिक्षा, कला, साहित्य, विज्ञान प्रविधिमा पुरुषसरह अगाडि थिए । त्यतिबेला नेपालमा महिला साक्षरता १.८ प्रतिशत मात्र थियो भन्ने जानकारी पनि इ.रामबिन्दु श्रेष्ठले दिएका छन् । सोभियत रुसले क्रुप्स्काया, कोलोन्ताई र क्लारा जेटकिनजस्ता क्रान्तिकारी नेतृहरूलाई मात्र हुर्काएन बरु भ्यालेन्टिना टेरेस्कोभाजस्ता प्रतिभाहरू पनि जन्मायो । टेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला थिइन् । उनले २६ वर्षको उमेरमा पृथ्वीलाई ४८ फन्को लगाएकी थिइन् । सोभियत रुस अर्थात् समाजवादले टेरेस्कोभाजस्ता हजारौँ हजार फूलहरू फुल्ने वातावरण दियो । यसरी मार्च ८ समाजवादी आन्दोलनको सिलसिला बन्यो । सन् १९४९ को चिनियाँ क्रान्ति, सन् १९४५ को प्रजग कोरियाली समाजवादी क्रान्ति, सन् १९५९ को क्युवाली क्रान्तिले पनि महिला आन्दोलनलाई समाजवादी क्रान्तिसँग जोड्यो ।
क्युवाली क्रान्तिको सन्दर्भमा नेता फिडेल क्यास्ट्रोले भन्नुभएको थियो, “क्रान्तिमा महिला सहभागिता र महिला मुक्ति मुद्दा क्रान्तिभित्रको पनि क्रान्ति हो । क्युवाली क्रान्तिले क्युवामा गरेको कठिन र महत्वपूर्ण काम भनेकै महिला मुक्ति अर्थात् श्रमिक महिलाको जीवनमा क्रान्ति हो ।” (पुस्तक क्युवामा क्रान्तिभित्रको क्रान्तिबाट)
समाजवादी व्यवस्था स्थापनापछि सिङ्गो व्यवस्था महिलाको शिक्षा, स्वास्थ्यको निम्ति लागिप¥यो । राज्य आपैmँ महिलालाई सामाजिक दलनबाट माथि उठाउन नीति निर्माण गर्दै थियो । क्रान्तिपछि नेता फिडेल क्यास्ट्रोको निर्देशनमा महिला नेतृहरू भिल्मा इस्पिन, असेला डी लस सान्तोस योलान्डा फेरेरहरूले युगौँदेखि दबिएर रहेका क्युवाली महिलालाई खेतीपाती र घरको चौघेराबाट बाहिर ल्याउन शैक्षिक एवम् सांस्कृतिक आन्दोलन अगाडि बढाए । साक्षरता कक्षा, रात्रि कक्षा हुँदै हजारौँ हजार विद्यालय, कलेज स्थापना गरे । राजनीतिमा महिला सहभागिता, श्रमबजारमा महिला उपस्थिति बाक्लो हुँदै गयो । क्युवामा श्रमिक महिला आन्दोलनबारे पुस्तक ‘Women in Cuba; The making of a revolution within the revolution’ ले प्रकाश पार्छ ।
आज क्युवामा सेवा क्षेत्र, चिकित्सा र शिक्षण पेसामा ६० देखि ७० प्रतिशत महिला छन् । ५० प्रतिशत महिला व्यवस्थापकीय ओहोदामा छन् । ५३.२२ प्रतिशत महिला सहभागिता संसद्मा छ । मन्त्रीमण्डलमा ३३ प्रतिशत क्युवाली महिला मन्त्री छन् । न्यायाधीशमा ७७.५ प्रतिशत महिला छन् । ७८ प्रतिशत वकिल या अधिवक्ता महिला छन् । ३४ प्रतिशत महिला स्वरोजगार छन् । समाजवादी मुलुकमा मात्रै यी सबै हुन सम्भव छ । क्युवा आज पनि मार्च ८ लाई समाजवादी आन्दोलनको महत्वपूर्ण हिस्साको रूपमा मनाउँछ ।
सन् १९७५ ‘मार्च ८’ को इतिहासमा संरा अमेरिकी षड्यन्त्र सतहमा आएको वर्ष हो । मार्च ८ मजदुर आन्दोलन हुँदै समाजवादी आन्दोलनको रूपमा अघि बढेको पश्चिमा विश्वलाई पटक्कै मन परेको थिएन । एकातिर नेता स्तालिनको मृत्युपछि सोभियत रुसमाथि प्रहार हुँदै थियो अर्कोतिर विश्वमा संरा अमेरिकाको प्रभुत्व स्थापित हुँदै थियो । त्यही समय संयुक्त राष्ट्र सङ्घमार्फत सन् १९७५ मा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मा ‘श्रमिक’ शब्द हटाएर नारी दिवस मात्र राख्ने प्रस्ताव गरियो । औपचारिकरूपमा सन् १९७७ बाट पुँजीवादी विश्वले अन्तर्राष्ट्रिय नारी दिवसमात्र मनाउन थाल्यो । त्यसको प्रमुख हतियार एनजीओ—आइएनजीओमार्फत विश्वमै महिला आन्दोलनको वर्गीय भावनालाई मार्ने प्रयास गरियो । महिला मुद्दालाई मजदुर आन्दोलन, वर्गीय आन्दोलन, समाजवादी आन्दोलनबाट अलग्याउने कुत्सित प्रयत्न रोकिएन ।
त्यसपछि पुँजीवादी विश्वले मार्च ८ लाई मात्र एउटा लैङ्गिक मुद्दामा सीमित राख्यो । पुँजीवादी व्यवस्था अर्थात् पश्चिमा विश्वले आईएनजीओहरूलाई महिलाभन्दा महिलावादी बनाउन डलर लगानी ग¥यो । त्यही डलरको पासोमा नेपाली शासक दलका महिला सङ्गठनहरू परेको देखिन्छ । नेपालमा महिला आन्दोलनको अध्ययनले यही भन्छ । शासक दलका महिला सङ्गठनहरू संसद्मा कामदारवर्गका महिलाको प्रतिनिधित्वको कुरा गर्दैनन् । कामदारवर्गका महिलालाई सक्षम, शिक्षित र दक्ष बनाउने कुरा गर्दैनन् । छोरीका लागि शिक्षाभन्दा सम्पत्तिको मुद्दा ठुलो ठान्छन् । देशमा एक दुई थान मन्त्री महिला भए परिवर्तन भइहाल्ने कुतर्क गर्छन् । मार्च ८ लाई पुरुषको सत्तोसराप गर्ने, महिलाको दुःखको कारण पुरुष हो भन्दै उफ्रिने दिनको रूपमा लिन्छन् । जुन गलत हो । क्लारा जेटकिनले त के भनेकी छिन् भने, “शोषणको व्यवस्थाविरुद्ध कामदार महिला आफ्नो वर्गका पुरुषको काँधमा काँध र हातमा हात मिलाई अघि बढ्नुपर्र्छ ।” क्लारा जेट्किनको तस्बिर देखाएर उनको भावना र विचार मार्ने काम नेपालका शासक महिला सङ्गठनहरू गर्दै छन् ।


विश्वमा महिलाभन्दा महिलावादी आन्दोलनले महिलाको लागि छुट्टै राज्य, भाषा, मिडिया इत्यादिको माग गरेको पढ्न पाइन्छ । कुनै बेला नेपालको संसद्मा पनि विदेशी डलरबाट विवेक भ्रष्ट भएका महिलाले महिलाको लागि छुट्टै राज्य मागेको घटना पनि छ । के महिला मात्रको राज्य कल्पना गर्न सकिन्छ ? मानव समाजको इतिहासविपरीतको बुद्धि कसले दिन्छ ? कामदारवर्गीय महिला आन्दोलन कमजोर बनाउन पुँजीवादी विश्वमा आज पनि यस्तै खेल चल्दै छ ।
महिलावादी भएर होइन माक्र्सवादी अर्थात् वर्गसङ्घर्षको विचारले महिला मुक्ति सम्भव हुन्छ भन्छिन् स्रष्टा सिमोन द बोवुआर । ‘महिलालाई दोस्रो दर्जा समाज व्यवस्थाले दिएको हो अन्यथा छोरी हुनु नितान्त प्राकृतिक विषयमात्रै हो’ भन्ने विचार पनि उनैको हो । उनको पुस्तक ‘महिलासँग गुमाउनलाई केही छैन’ शीर्षकको पुस्तकमा महिलामाथि विवाह, परिवारको अवधारणाले थोपेको शोषणको कथा पढ्न पाइन्छ । मातृत्व, यौन र घरेलु श्रमभन्दा बाहिर महिला अधिकारबारे उनको सवाल मार्च ८ को भावनासँग मिल्दो छ ।
महिला इतिहासदेखि समाजमा उपेक्षित या दोस्रो दर्जामा रहँदै आएको होइन । आदिम समाजमा महिला पुरुषबिच भेद थिएन । कुनै बेला मातृसत्तात्मक समाज अर्थात् आमाप्रधान समाज पनि थियो । उत्पादन सम्बन्धमा भएको परिवर्तनले पितृसत्तात्मक समाज जन्माएको हो । शारीरिक श्रममा निर्भर कृषि कर्म, सामन्तवादी समाजले पुरुषको प्रधानता स्थापित ग¥यो । एङ्गेल्स परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्तिसँगै श्रमिक महिलामाथि शोषण तीव्र भयो भन्नुहुन्छ । तसर्थ, कामदार महिलामाथि शोषणको अवस्था उत्पादन सम्बन्धसँग जोडिएको हुन्छ, यो माक्र्सवादी विचार हो ।
आजको पुँजीवादी विश्वले महिलालाई वस्तुको रूपमा प्रयोग गर्छ । पुँजीपतिले अतिरिक्त मूल्य अर्थात् नाफाको निम्ति महिलाको प्रयोग या किनबेच गर्ने गर्छ । वैदेशिक रोजगारीको निम्ति खाडी पसेका कामदार महिलाको अवस्थाले पुँजीवादी व्यवस्थाको रङ उजागर गर्छ । ‘केटीहरू’ बुलेटिन अङ्क १० मा सोभियत रुसकी छोरी इरिना मालेन्कोभले लेखेकी छिन्, ‘पुँजीवादी विश्वमा महिला, विश्वका हब्सी हुन्’ सोभियत रुसमा कामदार महिलाको स्वर्ग बाँचिरहेकी उनले पहिलोपल्ट युरोप जाँदा महिलामाथिको शोषण र पशुसरहको व्यवहार देखिन् । कामदार महिलाको दाससरह किनबेच भइरहेको देखिन् र समाजवादी व्यवस्थाले मात्र महिलालाई मुक्त गर्छ भन्ने अनुभव गरिन् । उनको लेखमा समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थामा महिलाको स्थितिको तुलना छ ।
कार्ल माक्र्सले भन्नुभएझैँ विश्वका कामदार महिला दोहोरो शोषणमा परेका छन् । पुँजीवादी व्यवस्थाले गर्ने शोषण र पितृसत्तात्मक समाजको दलन । अहिले त साम्राज्यवादी युद्ध आतङ्कबाट महिला प्रताडित छन् । पछिल्लो तस्बिर प्यालेस्टिनमा देखियो । अहिलेसम्म ३० हजार ३ सत्न्दा बढी प्यालेस्टिनीको हत्या इजरायलले गरिसकेको छ । जसमा ७० प्रतिशत महिला र केटाकेटी छन् । युद्धको परकम्पको क्षति पनि महिला नै भोग्दै छन् । जातीय संहारका लागि महिला र केटाकेटी सिध्याउने साम्राज्यवादी युद्धविरुद्धको आवाज वास्तवमा यो मार्च ८ को आवाज हुनुपर्छ । व्यवस्था र युद्धविरुद्ध श्रमिक वर्गका महिला एक हुनु अन्तर्राष्ट्रिय कर्तव्य पनि हो ।
भारत र नेपालजस्तो सामन्तवादी अवशेष बाँकी भएको पुँजीवादी देशमा पुरुष अहङ्कार, अन्धविश्वास र अन्ध प्रथाहरूले कामदार महिलालाई नराम्रोसँग पीडा दिएको छ । छाउपडी प्रथा, बोक्सीप्रथा, दाइजोप्रथा सबै छोरीविरोधी प्रथा हुन् । विश्वमा सबैभन्दा बढी बलात्कार र सामूहिक बलात्कार हुने देशमध्ये भारत एक हो । पितृसत्तात्मक समाज व्यवस्थाको कारण भारतका महिला साक्षर भए पनि पछाडि परेका छन् भन्ने तथ्य ट्राइकन्टिनेन्टलले प्रकाशित गरेको पुस्तक ‘समानता की कठिन राह पर भारत की महिलाएँ’ ले उजागर गर्छ । भारतमा कामदार महिलाको स्थिति र नेपालको अवस्थाबारे तुलनात्मक अध्ययनमा पुस्तकले सघाउँछ ।
मार्च ८ को सँघारमै सुुर्खेतमा ७ वर्षकी बालिका बलात्कृत भइन् । सालिन पोखरेल त विद्याको मन्दिरमा बलात्कृत पनि भइन् र हत्या पनि गरियो । निर्मला र भगीरथीहरूले न्याय पाएनन् । यो नेपालको तस्बिर हो । राष्ट्रपति महिला, प्रधानन्यायाधीश र मन्त्रीहरू महिला, कानुन निर्माणमा महिला सहभागिता ३३ प्रतिशत पुगेर पनि बलात्कारजस्तो जघन्य अपराध रोकिएन । बलात्कारको लागि मृत्युदण्डको विकल्प छैन । कानुनमा लेखौँ भन्दा नीति निर्माण तहका महिला नै नमानेको घटना भारतको जस्तै नेपालको पनि हो । नेपालको सन्दर्भमा राजनीतिमा महिला सहभागिताले सामाजिक दलन र अन्धविश्वासका कारण भइरहेको अपराधसमेत रोक्न सकेको छैन । त्यतिमात्र होइन महिला स्वास्थ्यबारे राज्य बेवास्ता गर्छ । पछिल्लो रिपोर्टअनुसार हरेक दिन ४ नेपाली महिला पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।
तथ्याङ्कमा जाने हो भने राजनीतिमा महिला सहभागिताको विश्वव्यापी औसत २३.८ प्रतिशत हो । एसियाको हकमा १९.८ प्रतिशत । यो हिसाबले नेपालको राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत बढी नै हो । यसले महिलामाथि हुने शोषण रोकिएन । महिला बेचबिखन, अहिले त श्रमशक्तिको नाममा म्यानपावर कम्पनीले खाडी मुलुकमा महिला बेचबिखन गर्दै छ, राज्यको समेत लगानी छ । यसर्थ, कामदार महिला, शिक्षित महिला, सक्षम महिला राजनीतिमा हुनु आजको अवश्यकता हो ।
आज पनि महिलालाई श्रमशक्तिको रूपमा विकास गरिएको छैन । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा २ अर्ब ७० करोड महिलाले पुरुषसरह आप्mनो काम रोज्न पाउँदैनन् । ६९ वटा देशमा महिलाले काम चुन्ने अधिकारलाई कानुनले रोकेको छ । ४३ देशमा काम गर्ने ठाउँमा महिलामाथि हुने हिंसाविरुद्ध कुनै कानुन छैन । महिला र पुरुषबिच काममा सहभागिताको खाडल ३० प्रतिशत छ । विश्वमै आज पनि ७३.५ प्रतिशत महिला कामदारको ज्यालाको ग्यारेन्टी र सामाजिक सुरक्षा छैन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असरले महिलालाई श्रमविहीन बनाउने खतरा बढेको छ । १ अर्ब २० करोड काम जलवायुसँग जोडिएको छ । जलवायु परिवर्तनले एकैचोटि १५ करोड ८३ महिलाले काम गुमाउनुपर्ने र गरिबी बढ्ने पूर्वानुमान छ । नेपालजस्तो देशलाई यसको प्रत्यक्ष असर जरुर पर्नेछ । तसर्थ, समयले फेरि महिलालाई स्वदेशमै श्रमशक्तिको रूपमा विकास गर्ने आन्दोलनको आवश्यकताबोध गराउँदै छ । मजदुर आन्दोलनबाट सुरु भएको मार्च ८ को मर्म यही हो । पुँजीवादी बन्दोबस्त र साम्राज्यवादी युद्ध अपराधविरुद्ध कामदारवर्गीय महिला आन्दोलन उठाउनु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *