भर्खरै :

विद्यार्थीहरूलाई किताबी ज्ञानसँगसँगै असल संस्कार दिनुपर्छ

विद्यार्थीहरूलाई किताबी ज्ञानसँगसँगै असल संस्कार दिनुपर्छ

भक्तपुर, ३ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगसँगै असल संस्कार र व्यवहार पनि सिकाउनुपर्ने धारणा राख्नुभएको छ ।
हिमालयन इङ्गलिस सेकेन्डरी स्कूलको वार्षिक कार्यक्रम तथा एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ कार्यक्रममा उहाँले विद्यालयहरूले आयोजना गर्ने अतिरिक्त क्रियाकलापका गतिविधिले विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
यहाँको शिक्षा, स्वास्थ्य, खेलकुद, सम्पदा संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आइरहेको बताउँदै भक्तपुरमा अध्ययनरत विद्यार्थीहरूलाई यहाँको कला, संस्कृति, भाषा, संस्कार आदि सिकाउन विद्यालयहरूमा स्थानीय पाठ्यक्रममार्फत अध्ययन अध्यापन गराउँदै आइरहेको चर्चा गर्नुभयो । उहाँले नगरवासी विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसईई २०७६ र २०७७ मा उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *