अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ३ चैत । तलेजु बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा गोष्ठी शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले संस्थाको उद्देश्यहरू पूरा गर्न सञ्चालक समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्न र सदस्यहरूको सांस्कृतिक स्तर उठाउन समीक्षा गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो ।
संस्थाका अध्यक्ष कमलनारायण धुख्वाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव शिवराम धुख्वाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तुल्सीकृष्ण बाटीले अर्धवार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका निवर्तमान अध्यक्ष रामकृष्ण त्वायना, रामहरि गोरा, लेखा सुपरिवेक्षक समितिका संयोजक राजु शिल्पकार, लक्ष्मीसुन्दर स्वंगमिखा र लक्ष्मीप्रसाद गोराले पनि बोल्नुभएको थियो ।
Leave a Reply