अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सानो हुँदा कसैले पछि के बन्छौ ? भनेर सोध्दा म यो बन्छु भनेर भन्न कति सजिलो थियो । मेरो पनि छुट्टै सपना थियो, सानो हुँदा त मलाई म के बन्छु भनेर राम्रोसँग सोचेको पनि थिइन । तर, मेरो आमाले बारम्बार मलाई विमान परिचारिकाको बारेमा भनिरहँदा मलाई पनि यस क्षेत्रप्रति संलग्न हुन मनलाग्न थाल्यो । एभिएसन इन्डस्ट्रीको हिस्सा बन्न मन लाग्न थाल्यो । वायुसेवा यात्रुहरूको यात्रा समयमा सुरक्षाको सम्झौता गर्ने विमान परिचारिकाहरूको त्यो व्यक्तित्व मनपर्न थाल्यो । त्यसपश्चात् मलाई पनि एयर होसटेस बन्न मन भयो ।
मेरो मात्र होइन यो सपना
पहिलादेखि नै मेरी आमाले मलाई विमान परिचारिका बनाउने उहाँको इच्छाबारे भनिराख्नु हुन्थ्यो । विमान परिचारिकाको आकर्षक, मनमोहक व्यक्तित्व, इमानदारी एकदमै मनपराउनु हुन्थ्यो । तर, समय अभावका साथै परिवारसँगको गहिरो सम्बन्धले गर्दा परिवारबाट टाढा भएर काम गर्न उहाँले नसकिने जस्तो अनुभूति भयो । उहाँ आफ्नो सपनालाई त्याग गरी पारिवारिक जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुभयो । उहाँको त्यो अधुरो इच्छा पूरा गर्ने सपना ममा देख्नुहुन्थ्यो । यस क्षेत्रप्रतिको उहाँको लगाब पहिल्यैबाट सुन्दै आएकी थिएँ । विमान परिचारिकाको व्यक्तित्व एकदमै मनपराउनुहुन्थ्यो । यी सबै कुराहरू सुनेर मलाई पनि एयर होस्टेस बन्न एकदमै मन हुनथाल्यो । मेरो मात्र नभई यो सपना मेरी आमाको पनि हो । मेरी आमाबाट नै म एयर होस्टेस बन्छु भनेर प्रेरित भएकी थिएँ । मेरो यो सपना पूरा होस् भन्ने चाहनाले उहाँले मलाई जीहल्यै साथ र हौसला दिँदै आइरहनुभएको छ ।
मैले यसको लागि गरेको तयारी
मेरो यो सपनालाई वास्तविकतामा परिणत गर्न पहिला त सम्बन्धित क्षेत्रमा डिग्री हासिल गर्न जरुरी छ । त्यसैको लागि मैले सम्बन्धित क्षेत्रबाट तालिम लिएँ । त्यहाँ गएर मैले धैरै कुराहरू सिक्ने मौका पाएँ । त्यहाँ गएपछि थाहा भयो एयर होस्टेसहरूको जिम्मेवारी त कति कठिन रहेछ भनेर । आपत्कालीन समयमा आफूभन्दा पहिले यात्रुलाई कसरी सुरक्षित गर्ने ? के सुझाव दिने ? यात्रुको सुरक्षाका लागि के गर्नुपर्छ जस्ता कुराहरू सिकेँ । योबाहेक पनि ग्रमिङ, स्विमिङ्जस्ता धेरै कुराहरू पनि सिक्न पाएँ । मैले एयर होस्टेस बन्न आवश्यक उडान प्रशिक्षण प्राप्त गरेँ । उडान प्रशिक्षणको आर्थिक बोझदेखि पेसाको माग गरिरहेको अहिलेको प्रकृतिसम्म धेरै अवरोधहरू आइरहेको छ । मैले यसको लागि आवश्यक पर्ने सम्पूर्ण तालिमहरू लिइसकेपश्चात् यसको लागि मैले प्रयास गर्दै आइरहेको छु ।
मेरो सपना अधुरो हुनुको कारण
आवश्यक प्रशिक्षणहरू त मैले प्राप्त गरेँ । तर, पनि एउटा कुराको कमी भने महसुस भएको थियो; मेरो उचाइ । आजभोलि सबै क्षेत्रमा प्रतिस्पर्धा र चुनौती हुन्छ । विशेषगरी यो पेसामा त झन् बढी नै छ जस्तो लाग्छ । यो पेसामा संलग्न हुन राम्रो र आकर्षक व्यक्तित्व मात्र हैन उचाइ पनि उति कै हुनु आवश्यक छ । आन्तरिक उडानका लागि ५ फिट २ इन्च उचाइ चाहिन्छ । मेरो भने पहिला ५’१” मात्र थियो । आकर्षक व्यक्तित्वमात्र भएर के गर्ने खै मेरो त उचाइ नै नपुगेपछि । पहिले हाइट कम भए पनि वास्ता गर्दैनथ्यो ।
गर्दै आइरहेको प्रयास
मेरो प्रयास जारी नै थियो । तालिम सकेपछिको पहिलो प्रयास मेरो असफल नै रह्यो । त्यसपश्चात् उचाइ बढ्छ कि भन्ने आशाले मैले दैनिक योगा, व्यायाम गर्न थालेँ । एक डेढ वर्षपश्चात् त साँच्चै नै आधा इन्च जति उचाइ बढ्यो । ५ फिट २ इन्च अझै पुगेको छैन; मनमा लाग्दा पनि मैले दोस्रोपटक फेरि आवेदन दिएँ । त्यसमा म सफल त भएकी थिइन तर पनि त्यति प्रयास गरेकोमा म एकदमै सन्तुष्ट र खुसी भएकी थिएँ । मेरो कोसिस अझै पनि छ; त्यो आधा इन्चको लागि म अहिले पनि दैनिक व्यायाम र योग गरिरहेकी छु । म मेरो यो सपना प्राप्त गर्न अझै पनि प्रयास गरिराख्नेछु ।
मेरो भावी योजना
यो सपना सँगसँगै मैले पत्रकारिता पनि पढ्दै गरेकी छु । म अहिले पत्रकारिता विषय लिई चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुँ । मेरो एयर होस्टेस बन्ने सपना त छँदै छ तर समाचार लेख्ने, कार्यक्रम चलाउने यो इच्छाले पनि मैले विभिन्न रेडियो कार्यक्रमहरू चलाउने, समाचारहरू लेख्ने गरिसकेकी छु । जिन्दगीको जुन मोडमा पुगे पनि मेरो विमान परिचारिका बन्ने सपनासँगै मेरो पढाइ विषय पत्रकारितालाई पनि निरन्तरता दिई अगाडि बढ्दै जान चाहन्छु ।
Leave a Reply