अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कैलाली, ३ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा ‘केटीहरू’ बुलेटिन (अङ्क १५ र १६) को शनिबार अध्ययन गोष्ठी भयो ।
उक्त गोष्ठीमा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले समाज परिवर्तनको निम्ति कामदार जनताको सङ्गठित शक्ति आवश्यक भएको बताउनुभयो ।
श्रमजीवी जनताले पहिलोपटक सत्ता कब्जा गरेको सन् १८७१ को पेरिस कम्युनमा सङ्गठन र नेतृत्व बलियो भएको भए प्रतिक्रियावादीहरूले सजिलै दबाउन नसक्ने चर्चा गर्दै उहाँले इतिहासबाट सिक्दै सन् १९१७ मा रुसमा समाजवादी अक्टोबर क्रान्ति भएको स्पष्ट पार्नुभयो ।
हिटलरको फासीवादी नाजी सेनालाई जनताको सङ्गठित शक्ति र नेतृत्वको बलमा पराजित गर्न सफल भएको उल्लेख गर्दै उहाँले संशोधनवादी विचारका कारण सोभियत समाजवादको अस्थायी हार र विघटन भएको हो† समाजवादले नै कामदार जनताको हित गर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समान अवसरको लागि हाम्रो सङ्घर्ष आवश्यक भएको चर्चा गर्दै वर्गीय समाजको अन्त्यका लागि सक्रियता आवश्यक छ भन्नुभयो ।
पुँजीवादी पार्टीमा लाग्ने जनतालाई वास्तविक कुरा थाहा नपाउँदा दुःख बढेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तकलाई सानै उमेरदेखि वर्ग शत्रु र वर्ग मित्रबारे राम्ररी बुझाउन आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले कार्यकर्ताहरू औपचारिकतामा सीमित हुन नहुने, वास्तविक समस्यामा छलफल गरी समाधानतर्फ लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
किसानको जीवनस्तर उकास्न कृषि तालिमको व्यवस्था गर्न सकिने विचार व्यक्त गर्दै उहाँले हाम्रो उत्पादन राम्रो भए गतिविधिमा थप सक्रिय हुनसक्छौँ† विद्यार्थीलाई देशको विभिन्न पदमा पुगेर देश र जनताको सेवा गर्न लगाउने गरी तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वास्थ्यकर्मी रविना सुवालले परिवर्तनको लागि पढेर मात्र हुन्न आफैँले गरेर देखाउनुपर्छ भन्नुभयो ।
भारतले सिमाना मिचेको, नदी कब्जा गरेको कुरा सुनेको तर अहिले आफ्नै आँखाले देख्दा बढी बुझेको उल्लेख गर्दै उहाँले शारीरिक स्वास्थ्यसँगसँगै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ भन्नुभयो ।
लक्ष्मी पुनमगरको सभापतित्वमा भएको सो कार्यक्रममा रमेशकुमार रावल, प्रेम बडुवाल, रत्नादेवी रावल, तारा तिरुवा, जानकी शाही, गोवद्र्धन तारामी, आयुषा शाही, भावना शाही र वसन्ती पुनमगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply