अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
शासकहरूले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कुम्ल्याइरहेको राजनीतिक विश्लेषक र अर्थविद्हरूको भनाइ गलत नभएको कुरा घटनाक्रमले पुष्टि भइरहेको छ । देशको सुशासन, समृद्धिको बखान गर्दै शासक दलका नेता र नेताका सन्तानहरू भ्रष्टाचार, अनियमितता र अवैध कारोबारमा लागेको जानकारी हरेक दिनझैँ सञ्चारमाध्यममा आइरहेको छ । ‘पूर्वउपराष्ट्रपति पुनका छोरा पक्राउ’, ‘पूर्वसभामुख महरामाथि कारबाही के हुन्छ ?’, ‘तस्करीमा माओवादी, कारबाहीमा प्रहरी’, पूर्वउपराष्ट्रपतिका सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दर्ता, छोरा पक्राउ’ जस्ता समाचारपत्रमा आएको खबरले पनि शासकहरू पदको दुरुपयोग गरी अकुत सम्पत्ति कुम्ल्याइरहेको स्पष्ट हुन्छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रका नेता र उनीहरूका छोराहरूको संरक्षणमा सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय ग¥यो । उक्त निर्णयअनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ या अनेक बहाना बनाएर उन्मुक्तितर्फ लाग्छ, त्यो हेर्न बाँकी छ ।
सुन तस्करीमा जोडिएका माओवादी केन्द्रका नेताहरूलाई उन्मुक्ति दिएर प्रहरीमाथि कारबाही हुने हो कि भन्ने शङ्का गरिएको छ । गृहमन्त्री लामिछानेको जोडबलमा सहकारी ठगीमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा गरिएको खबर प्रकाशमा आएको छ । गृहमन्त्री लामिछानेका व्यापारिक साझेदार एवम् सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष जीवी राईमाथि अनुसन्धान गरिरहेको सीआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहितको टीमलाई हटाइएको कुरा सञ्चारमाध्यममा आएको छ । यो कुरा सत्य हो भने प्रश्न उठाउनैपर्ने हुन्छ, सरकारमा रहेका दलका नेताहरू इमानपूर्वक देश र जनताको सेवा गर्न होइन आ–आफ्नो अनियमितता छोप्न, सम्पत्तिमा रजाइँ गर्नेहरूको हौसला बढाउन मन्त्री भएका हुन् । अनेक प्रकरणको मुद्दामा परेका व्यक्तिहरूलाई एकातिर सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको देखाउने अर्काेतिर उन्मुक्ति दिने काममा लागेर नाटक मञ्चन गरिरहेको अनुभव पनि देशभक्त जनताले गर्न थालेका छन् । पूर्वराष्ट्रपति पुनका सल्लाहकार जीवन गुरुङविरुद्धको मुद्दा त्यस्तै नाटक मञ्चन मात्र हो कि भनी शङ्का गरिएको छ ।
यसरी देशमा राज गर्ने भनी सरकारको नेतृत्वमा पुगेका शासक दल नेका, एमाले, माओवादी केन्द्रका नेताहरू अनियमितताको जालोमा फसेका छन् । देश र जनताको सेवा गर्ने वाचा खाएका सत्तासीन दलका नेताहरू देशको राजस्वमा रजाइँ गर्दै छन्; अवैध कारोबार गरेर अकुत सम्पत्ति कमाउँदै छन् । त्यस्ता नेताहरूले देश र जनताको पक्षमा कस्तो राजनीति गर्लान् ? देशमा कसरी सुशासन कायम होला ? आफ्नो अपराधबाट मुक्त हुन मन्त्री हुने, काण्डमा परेका दोषीहरूलाई छोड्ने कार्य के प्रजातन्त्र हो ?के त्यो सुशासनको परिचय हो ? के यसले देशको भविष्य बन्छ ? देशलाई समृद्ध र जनतालाई सुखी बनाउने भनी सरकारमा जाने नेताहरूको यो कस्तो ताल !
देशको स्रोत र साधन अरू देशको हातमा सुम्पिने, अवैध कारोबार गरेर सम्पत्ति कमाउने, अपराधी, भ्रष्टाचारी र कमिसनखोरहरूलाई छोड्ने कार्य देशविरोधी कदम हो; जनताविरोधी कदम हो; यो देशलाई डुबाउने चाल हो । यस्ता दलका नेताहरूविरुद्ध जनता जाग्नुपर्छ, उठ्नुपर्छ† उनीहरूको कालो कर्तुतबारे जनतामाझ सुसूचित पार्नुपर्छ । अतः देशका सच्चा देशभक्त, देश र जनताप्रति समर्पित दल र दलका नेता, नागरिक समाजले गलत कार्यको विरोध गरिरहनुपर्छ; सरकारलाई खबरदारी गरिरहनुपर्छ । त्यसविरुद्ध सङघर्ष गरिएन भने देश खोक्रो बन्नेछ, देशमा ठुलो सङ्कट आउनेछ र जनता हाहाकार हुनेछन् । यसकारण, अहिलेको आवश्यकता र माग देश जोगाउने र देश बनाउने हो ।
Leave a Reply