महासचिव किम जोङ उनद्वारा चिनियाँ पार्टी र सरकारी प्रतिनिधिमण्डलसँग भेटघाट
- श्रावण १, २०८३
पेइचिङ, १९ मार्च (सीआरआई) । मार्च १८ का दिन संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले आणविक निःशस्त्रीकरण र आणविक अप्रसार समस्या सम्बन्धमा खुला बैठकको आयोजना गरेको छ । चिनियाँ प्रतिनिधिले चीन कुनै पनि तरीकाको आणविक हतियारको होडबाजीमा संलग्न नहुने कुरा व्यक्त गर्नुका साथै अन्तर्राष्ट्रिय समाजसँग आणविक निःशस्त्रीकरण र आणविक अप्रसार प्रक्रियालाई अगाडि बढाउन आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ प्रतिनिधि चाङ च्युनले चीनले आणविक हतियारको चौतर्फीरूपमा निषेध र पूर्णरूपमा नष्ट गर्ने अडान लिइरहेको तथा साठी वर्षअघि नै चीनले कुनै पनि बेला र कुनै पनि अवस्थामा सर्वप्रथम आणविक हतियार प्रयोग नगर्ने कुराको घोषणा गरेको भन्दै सबैभन्दा पारदर्शी नीति र सबैभन्दा दायित्वपूर्ण धारणा भएको बताउनुभयो ।
मार्च १९ का दिन चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनमा चीन र पाकिस्तानबिचको सम्बन्ध बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार चीन र पाकिस्तान आर्थिक करिडोर नै बेल्ट एन्ड रोड निर्णय प्रस्तावको संयुक्त निर्माणको महत्वपूर्ण परियोजना हो भने बन्दरगाह, यातायात पूर्वाधार प्रबन्ध, ऊर्जास्रोत उद्योग आदि क्षेत्रको सहयोगमा केही प्रारम्भिक उपलब्धि पाइएको देखिन्छ । गत वर्षमा यी दुवै पक्षहरूले चीन पाकिस्तान आर्थिक करिडोर निर्माण स्थापना भएको दसौँ वार्षिकोत्सवको भव्यताका साथ मनाएका थिए । दुवै राष्ट्रका नेताहरूले चीन पाकिस्तान आर्थिक करिडोरको संयुक्त उच्च गुणस्तरीय निर्माणमा नयाँ महत्वपूर्ण सहमति पाएका थिए । यस महत्वपूर्ण सहमतिलाई निर्देशनको रूपमा लिँदै दुई राष्ट्रका जनतालाई अझ फाइदा ल्याउन पाकिस्तानसँग चीन पाकिस्तान आर्थिक करिडोरको अपग्रेड संस्करण सिर्जना गर्दै जाने चीनको आशा छ ।
Leave a Reply