सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काराकस, २१ मार्च (टेलेसुर) । बुधबार भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले सिमोन बोलिभार बृहत् देशभक्त मोर्चा बनाउने एघार वामपन्थी राजनीतिक दलहरूको राष्ट्रपतिको उम्मेदवार हुन स्वीकार गर्नुभएको छ ।
काराकासको टेरेसा क्यारेनो थिएटरमा राजनीतिक नेताहरूसँगको भेटमा उहाँले भेनेजुयलाका प्रगतिशील शक्तिहरूबिचको महान् एकतालाई उजागर गर्नुभयो ।
“अर्जेन्टिनाबाट विस्तार गर्न चाहने फासीवादी खतराको सामना गर्न प्रगतिशील, साम्राज्यवादविरोधी, लोकप्रिय, देशभक्त, राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरूको एक ठुलो सङ्घलाई सुदृढ गरौँ,” माडुरोले भन्नुभयो ।
“के तपाईँ उनीहरूले भेनेजुयलामा ह्याभियर मिलेइ वा जैर बोल्सोनारोले जस्तै अति दक्षिणपन्थी सूत्रहरू लागु गरोस् भन्ने चाहनुहुन्छ ? के तपाईँ भेनेजुयलाको राजनीतिक शक्ति कोलम्बियाली कुलीन वर्ग र अल्भारो उरिबे र तन ड्युकजस्ता कठपुतलीहरूले कब्जा गरेको चाहनुहुन्छ ?” उहाँले सोध्नुभयो ।
“भेनेजुयलामा, कुलीन वर्ग र चरम दक्षिणपन्थी फर्कने छैनन् । सिमोन बोलिभार महान देशभक्तिपूर्ण मोर्चा वामपन्थी प्रगतिशील, क्रान्तिकारी र चाभिस्ता
(चाभेजपन्थी) क्षेत्रहरूबाट उत्पन्न सबै शक्तिका साथ अगाडि बढ्छ, जुन पहिलेभन्दा धेरै एकताबद्ध छ,” माडुरोले जोड दिनुभयो ।
भेनेजुयला कम्युनिस्ट पार्टी (PCV), जन चुनावी आन्दोलन (MEP), होमल्यान्ड फर अल (PPT), वी क्यान (पोडेमोस), टुपामारो, भेनेजुयला पपुलर युनिटी (UPV), वी आर भेनेजुयला, परिवर्तनका लागि गठबन्धन, ग्रीन पार्टीजस्ता सङ्गठनहरूले राष्ट्रपति माडुरोलाई आफ्नो साझा उम्मेदवार घोषणा गरेका छन् । सबै पार्टी र प्रामाणिक नवीकरण सङ्गठन (ओआरए) का प्रतिनिधिहरू काराकस बैठकमा उपस्थित थिए ।
यस कार्यक्रमको क्रममा, माडुरोले गृहभूमि (सेभेन–टी) को लागि सात रूपान्तरणको लागि योजना प्रस्तुत गर्नुभयो । जुन तल्लो तहका सङ्गठनहरूमार्फत विस्तृत प्रतिवेदनको दस्ताबेजको रूपमा तयार गरिएको हो ।
“मैले हाम्रो जनताको परामर्श, बहस र कार्यबाट आएको पहिलो दस्ताबेज ल्याएको छु,” बोलिभारियाली क्रान्तिका नेताले भन्नुभयो । सेभेन–टी योजनाले भेनेजुयलालाई विकास गर्न अनुमति दिने बताउनुभयो ।
“प्रतिबन्धहरू र नाकाबन्दीहरूको सामना गर्दै हामीले भेनेजुयलाको सङ्घ, सार्वभौमसत्ता र समृद्धि निर्माण गर्न हामी बढेका छौँ र अझ बढ्दै जानेछौँ, माडुरोले स्पष्ट पार्नुभयो ।”
Leave a Reply