सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, ८ चैत । ‘प्रतिनिधिसभा १० दिन र राष्ट्रियसभा एक साता बन्द’ शीर्षकमा ८ चैतमा नयाँ पत्रिकामा समाचार लेखियो– प्रतिनिधिसभाका दुई सय ७३ सदस्यमध्ये प्रिबजेट छलफलमा ७४ जनाले मात्रै भाग लिए । ८ गते जेनेभा जाने भएकाले ७ गतेभित्र सकाउने दबाबका बिच सांसदहरूले पर्याप्त छलफल गर्न पाएनन् भने आधाभन्दा बढी सांसदले छलफलमा भाग नै लिन पाएनन्, हतारोमै छलफल सकियो ।
सभामुख देवराज घिमिरेको नेतृत्वमा नेका, एमाले, माओवादी, रास्वपाका प्रमुख सचेतकसहित १० सदस्यीय टोली ८ चैतमा स्विट्जरल्यान्डस्थित जेनेभा गएका हुन् । हिउँदे अधिवेशनमा कानुन निर्माण गर्नुपर्ने समयमा सभामुखसहितको टोली विदेश भ्रमणमा निस्केकोमा प्रश्न उठिरहेको छ ।
अनियमितताका दृश्यहरू !
‘इम्बोस्ड नम्बर प्लेट अनियमितता प्रकरण’, ‘६ महानिर्देशक मुछिए, अर्थ मुक्तानी शीर्षकमा नागरिक दैनिकले ८ चैतको अङ्कमा समाचार छाप्यो । ४ अर्ब ७८ करोड ७७ लाख रुपियाँको ठेक्कामा आधाभन्दा बढी अनियमितता भएबाट उच्च अधिकारीहरू भ्रष्टाचारमा लिप्त भएको स्पष्ट हुन्छ ।
महानिर्देशकहरू रुपनारायण भट्टराई, गोगनबहादुर हमाल, नमराज घिमिरे, सुरेश राउत, टोकराज पाण्डे र नारायण भट्टराई अनियमिततामा संलग्न भएको पाइयो ।
८ चैतको नेपाल समाचारपत्रले वीरगञ्ज सुख्खा बन्दरगाहमा भन्सार विभागले बरामद भएको ३ अर्बभन्दा बढी मूल्यका अवैध वस्तु लिलाममा कर्मचारी, बिचौलिया र राजनीतिक नेतृत्वकै संलग्नता भएको हुँदा गिरोहलाई कहिले कारबाही हुन्छ भनी सरकारलाई प्रश्न गरे । तर, शासक दलकै नेता कार्यकर्ता अनियमिततामा संलग्न भएबाट सरकारको कारबाही देखाउने दाँत सिवाय अरु नहुने पक्का छ ।
Leave a Reply