नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, १२ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा प्रकाशित प्रा.डा. सर्वज्ञभक्त मल्लको ‘सफल शिक्षणका लागि सरल शिक्षण नमुना’ पुस्तक (दोस्रो संस्करण) को सोमबार एक कार्यक्रमबिच सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले अवकाश प्राप्त शिक्षकहरूसँग धेरै अनुभव हुने र ती अनुभव र ज्ञान नयाँ पुस्ताका लागि अमूल्य सम्पत्ति भएको हुँदा त्यसको संरक्षण गर्नु आफैँमा उल्लेखनीय काम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्राध्यापकहरू अनुभवका धनी हुन्छन् । जीवन भोगाइका अनुभवहरू झूटो हुनसक्दैन । सेवा निवृत्त शिक्षकहरूको अनुभवले नयाँ पुस्तालाई धेरै राम्रो शिक्षा प्रदान गर्छ ।”
भक्तपुरका सबै विद्यालयहरूको शैक्षिक गुणस्तरमा एकरूपता ल्याउन नगरपालिकाले समयसमयमा शिक्षक तालिम, विज्ञ समूहद्वारा विद्यालय अनुगमन र त्यसको सिफारिसअनुसार विद्यालयहरूलाई आर्थिक अनुदान दिने व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।
अहिले विद्यालयमा अध्यापनरत शिक्षकहरू तालिम प्राप्त रहेको र विगतको तुलनामा विद्यालयको भौतिक पूर्वाधारहरू पनि सुधार भइसकेको बताउँदै उहाँले भक्तपुरका अधिकांश सामुदायिक विद्यालयहरूमा शिक्षण सामग्रीहरूको पनि व्यवस्थापन राम्रो रहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयहरूको गुणस्तरमा समानता ल्याउने गतिविधि संयुक्तरूपमा सञ्चालन गर्दै आइरहेको प्रस्ट पार्नुभयो ।
पुस्तकका लेखक एवम् शिक्षाविद् प्रा.डा. सर्वज्ञभक्त मल्लले पाँच दशक शिक्षण सेवामा आबद्ध हुँदाका आफ्ना अनुभव सुनाउँदै शिक्षकहरू शिक्षण प्रक्रियामा परिपक्व भएमात्र शिक्षामा गुणात्मक विकास हुने धारणा राख्नुभयो ।
पुस्तकको पहिलो संस्करण वि.सं. २०३४ साल पुस १९ गते प्रकाशित भएको बताउँदै उहाँले आफूले करिब ५१ वर्षअगाडि पढेको र सिकेको शैक्षिक अनुभव र ज्ञानबाट नयाँ पुस्तालाई प्रेरणा मिल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् सेवा निवृत्त शिक्षक समाज भक्तपुरका अध्यक्ष अम्बिकामान मानन्धरले पुस्तक प्रकाशन गर्ने अवसर प्राप्त भएकोमा लेखकप्रति समाजको तर्फबाट आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा सेवा निवृत्त शिक्षक समाज भक्तपुरका सम्पादक ज्ञानसागर प्रजापतिले पुस्तकबारे चर्चा गर्नुभयो भने समाजका सदस्य धीरेन्द्रबहादुर कायस्थले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै, समाजका कोषाध्यक्ष विश्वराम कवांले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने समाजका तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply