भोटेकोसी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
- भाद्र १४, २०८३
बुटवल, १७ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले सैद्धान्तिक र वैचारिक विषयमा युवा विद्यार्थीहरूलाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
शनिबार नेपाल मजदुर किसान पार्टी रूपन्देहीद्वारा तिलोत्तमामा आयोजित प्रशिक्षणात्मक कार्यकर्ता भेलामा केन्द्रीय सदस्य महर्जनले सैद्धान्तिकरूपमा प्रस्ट नभएकै कारण कम्युनिस्ट भन्नेहरूले सरकारी उद्योगहरू निजीकरण गरिरहेको र भारतीय एकाधिकार पुँजी तथा संरा अमेरिका साम्राज्यवादको पक्षमा काम गरिरहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्था र पुँजीवादी पार्टीहरूले कामदार वर्गको सेवा नगर्ने स्पष्ट पार्दै केन्द्रीय सदस्य महर्जनले पुँजीवादी बन्दोबस्तको सरकारले पुँजीपतिवर्गकै हितमा काम गर्छ भन्नुभयो ।
शासक दलहरूले नेपालमा युवाहरू नराख्ने नीति लिएको चर्चा गर्दै उहाँले डा. रामशरण महतको पालामा प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २०० जना वैदेशिक रोजगारमा पठाउने बजेटमै व्यवस्था गरेको उल्लेख गर्नुभयो ।
अनुदानको लागि नक्कली काम देखाएर शासक दलका कार्यकर्ताहरूले राष्ट्रिय ढुकुटी दुरूपयोग गरी ब्रह्मलुट मच्चाइरहेको बताउँदै केन्द्रीय सदस्य महर्जनले भारतीय एकाधिकार पुँजीको चाहनाअनुसार नेपाललाई उनीहरूको बजार बनाइरहेको छ भन्नुभयो ।
नेपाली शासक दलहरूको बैठक चल्दाचल्दै विस्तारवादी भारत र साम्राज्यवादी संरा अमेरिकाको राजदूतावासमा फोन गर्ने गरेको उदाहरण दिंँदै उहाँले भारतीय दूतावासको सङ्केतबिना नेपालमा सरकार परिवर्तन हुने अवस्था छैन भन्नुभयो ।
राजनीति भनेको दुई चार जना आसेपासेको फाइदाको निम्ति होइन, जनताको सेवा गर्न र देशको स्वाधीनताको लागि हुनुपर्ने स्पष्ट पार्दै केन्द्रीय सदस्य महर्जनले कामदारवर्गका कार्यकर्ताहरू जति बढी सक्रिय र सुदृढ हुन्छन् देशको सुन्दर भविष्य त्यति नै नजिक हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले वैदेशिक रोजगारीमा जाने ९० प्रतिशत युवाहरूले जोखिमयुक्त काम गर्न बाध्यात्मक अवस्था रहेको चर्चा गर्दै विदेशी पुँजीको गुलामी गर्ने शासकहरूको शासनसत्ता रहेसम्म नेपालमा रोजगारीको सुनिश्चितता हुँदैन भन्नुभयो ।
राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति तयार भएको अवस्थामा क्रान्ति अवश्यम्भावी रहेको बताउँदै केन्द्रीय अध्यक्ष बाटाले देशको परिस्थितिबाट युवाहरू निराश हुने होइन क्रान्तिको निम्ति जागरूक र जुझारू हुुनुपर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीको सभापतित्वमा सम्पन्न भेलामा हिमलाल पाण्डे, जगिलाल थापा, सुशीला पौडेल, सुग्रीम साहनीलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
भेलाले हरिसुन्दुर वासीको अध्यक्षतामा नेपाल मजदुर किसान पार्टी रूपन्देही जिल्ला समिति पुनः गठन ग¥यो ।
Leave a Reply