निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर्, मंसिर ११ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले निर्वाचन एक वर्ग संघर्ष र घोषणापत्रहरुको लडाई भएको बताउनुभयो । मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार र घरदैलो कार्यक्रमको क्रममा सोमवार चाँगुनारायण नगरपालिका–६, तेलकोटमा आयोजित चुनावी सभामा उहाँले उक्त विचार राख्नुभएको हो । बाम र लोकतान्त्रिक दुबै गठबन्धनले शोषक वर्गको प्रतिनिधित्व गरेको बताउँदै कांगे्रस, एमाले र माआबादीले राजनीतिमा गुण्डा र तस्करहरुलाई भित्र्याएको बताउनुभयो । जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने नेमकिपाको प्रस्तावलाई “हुन्न” भनेर असफल पार्ने र नेपालको नदिनाला भारतलाई सुम्पिने कांग्रेस,एमाले र माओवादीलाई जनताले मत नदिने बताउनुभयो ।
बाम र लोकतान्त्रिक दुबै गठबन्धनले शोषक वर्गको प्रतिनिधित्व गरेको बताउँदै कांगे्रस, एमाले र माआबादीले राजनीतिमा गुण्डा र तस्करहरुलाई भित्र्याएको बताउनुभयो । जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने नेमकिपाको प्रस्तावलाई “हुन्न” भनेर असफल पार्ने र नेपालको नदिनाला भारतलाई सुम्पिने कांग्रेस,एमाले र माओवादीलाई जनताले मत नदिने
त्यस्तै प्रदेशसभा क्षेत्र नं १ को १ का उम्मेदवार नीरज लवजूले भारतीय विस्तारवाद र एकाधिकार पूँजीको निर्देशन अनुसार संविधान संशोधन गर्न बाम र लोकतान्त्रिक गठबन्धन बनेको प्र्रस्ट्याउनुभयो । देश जोगाउन र भ्रष्टाचारीहरुलाई सजाय दिन मादल चिन्हमा मतदान गर्नुपर्ने आह््वान गर्दै उहाँले नेमकिपा जातीय पार्टी नभई कामदार जनताको पार्टी भएको बताउनुभयो ।
किसान नेता गोविन्द दुवालले मजदुर र किसानको हकहितमा नेमकिपाले पंचायत कालदेखि संघर्ष गर्दै आएको बताउँदै मादल चिन्हमा मतदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका मीनबहादुर बाटाले पनि बोल्नुभयो ।
https://www.facebook.com/Bhaktapur1.NWPP/videos/1507395669379327/
Leave a Reply