भर्खरै :

विदेशमा बस्ने नाति–नातिनालाई हजुरबुबाको पत्र

प्रिय नाति अमर र अमृता,
धेरै धेरै माया !
तिमीहरूको पत्र प्राप्त गरें, नेपालको हालैको संसद र प्रदेशको निर्वाचन गतिविधिबारे जिज्ञासा राख्यौ, आफ्नो देश नेपालको चिन्ता ग¥यौ र जनताको मनोभावलाई जान्न खोज्यौ, मलाई ज्यादै खुशी लाग्यो । अध्ययनपछि देशमै आएर जनताको सेवा गर्ने तिमीहरूले सँधै मनमा राख्यौ, त्यसको निम्ति हरेक अभिभावक खुशी हुनु स्वाभाविक छ ।
अहिले म निर्वाचनका गतिविधिबारे सांकेतिक रुपमा उल्लेख गर्न चाहन्छु –
१) निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूमा मन्त्रीहरू र शासक दलकै उम्मेदवारहरू देखिएको समाचार पत्रहरूले बताउँछन् ।
२) निर्वाचन आयोगले आपत्ति जनाउने, खबरदारी गर्ने र चेतावनी दिने गरेको छ, तर कमजोर ऐन–कानुन र व्यवहारिक कठिनाईकै कारण तत्काल ती उम्मद्वारहरूको उम्मेदवारी खारेज गर्न सकेको छैन ।
४) पहिलो चरणको निर्वाचनमा स्थानीय निकायको चुनावमा भन्दा कम मत खसेको समाचार छ । २–४ ठाउँमा बम पड्केको र गोली हानेर प्रहरी घाइते भएको समाचार छ । विप्लप समूह र तराईको एउटा समूहले बहिष्कारको नीति लिएका छन् ।
५) भोजभतेर, सडक नै ढाकिने गरी प्रचारको तुल कपडा झुण्ड्याउने, साना–ठूला दलहरूको झण्डा र चुनावचिन्ह प्रदर्शन गर्ने, दिइएको आकारको भन्दा ठूल्ठूला कागजका प्रचार सामग्रीले गाउँ, सहर र टोललाई नै फोहर र विकृत पार्ने गतिविधिबारे २–४ दिन र हप्तापछि मात्रै  सम्बन्धित कार्यालयहरू सचेत हुने गरेका छन् ।कुनै एउटा दलले आचारसंहिता विपरीत तुल कपडा, झण्डा, चिन्ह झुण्ड्याइएको वा टाँसेको २४ घण्टाभित्रै सम्बन्धित दल र दलका उम्मेद्वारहरूलाई पत्र दिएर हटाउन दिएको भए अन्य दलहरूले त्यसो गर्ने अवसर पाउने थिएनन् । बरोबर ऐन–कानुन, आदेश र नियम फेरि रहने हुँदा एउटा दलले आचारसंहिता उल्लंघन गर्नासाथै कारबाही गरेको भए अन्य दलहरू सचेत हुने थिए । त्यसो नहुँदा सबै दलको खर्च बढ्ने भयो, सामान खेर गयो र सबै दलको नाम आचारसंहिता उल्लंघन गर्नेको सूचीमा आउने भयो । सबै दलहरूलाई आरोप लगाउने अवसर नदिनु पनि सकारात्मक विषय बन्छ । हाम्रो देशमा प्रशासन र प्रशासकहरू अझै भनिएजस्तो चुस्त र दुरुस्त भइसकेको छैन । जात–जाति, भाषा–भाषी, धर्म र क्षेत्रीय साम्प्रदायिक भावना शासक दलका नेताहरू र प्रशासकहरूमा पनि यथेष्ट बाँकी छ ।
६) निर्वाचनसम्बन्धी टिभीको छलफल कार्यक्रममा समेत प्रस्तोता र विश्लेषक भनिएका व्यक्तिले समेत वर्गीय र जातीय रुपले हेला होचो गरेको देखियो । कम्युनिष्ट आन्दोलनको गम्भीर ज्ञान नै नभएका व्यक्तिले कसरी कम्युनिष्ट आन्दोलनबारे विद्यावारिधीको प्रमाणपत्र हासिल गरे अचम्म लाग्छ । यसबारे त संरा अमेरिकाकै विश्वविद्यालय समेत असफल भएको देखिन्छ ।
सन् १९४७ तिरै माओ त्से तु·लाई उहाँका बुद्धिजीवी मित्र र विदेशी मित्रहरूले ‘माओवाद’ घोषणा गर्न पत्र लेखेका थिए । सन् १९४९ मा चिनियाँ जनगणतन्त्र चीनको स्थापनापछि पनि त्यस्तै सुझाव देशी र विदेशी विद्धानहरूले गरेका थिए । तर माओ त्से तुङले आफू माक्र्सवादी र लेनिनवादी भएको र आफ्नो कुनै ‘वाद’ नभएको बताउनुभएको थियो । पछि चिनियाँ कम्युनिष्ट पार्टीले नै देशी र विदेशी मित्रहरूको जिज्ञासालाई शान्त पार्न ‘माक्र्सवाद र लेनिनवादलाई चिनियाँ भूमिमा प्रयोग गर्दाको अनुभवलाई माओ त्से तुङ विचारधारा’ को नाम दियो । माओ त्से तु· विचारधारा कुनै सार्वभौम सिद्धान्त नभई कहीं लागू हुने कहीं लागू नहुने मार्गनिर्देशनको रुपमा व्याख्या गरियो ।
तर संरा अमेरिकाको एकजना अध्येताको ‘माओवाद’ को थेसिसलाई एक विश्वविद्यालयले विद्यावारिधि दिएको आधारमा भारतमा प्रचण्ड र बाबुरामजीहरूको पार्टीको नाम नै ‘माओवादी’ पार्टी राखे ।  तर भारतमा ‘माओवादी’ दललाई चीनले निर्माण गरेको पार्टी र ‘नेपाली नक्सलाइट’ भनी प्रचार गरिएको थियो । भारतीय साधारणजनताको मनमा चीनले नेपालमा गृहयुद्ध गर्न दियो र नेपालमा चीनले ‘हस्तक्षेप’ ग¥यो भन्ने प्रचारको गहिरो छाप छोडेको थियो, जब कि प्रचण्डजी दिल्लीको एउटा पाँचतारे होटलको एउटा कोठामा ८ वर्ष बस्नुभएको थियो ।
यस्ता अनेक विषयमा जानकारी नराख्ने बुद्धिजीवी भनी टोपलेका व्यक्तिहरूकै कारण नेपालको ‘वाम’ वा ‘कम्युनिष्ट’ दल र विचारमाथि अनेक भ्रमहरू छन् ।नाति अमर र अमृता, वर्तमान निर्वाचनमा नेपाली कांग्रेसले ‘लोकतान्त्रिक गठबन्धन’ भनी धार्मिक, जात–जाति, भाषा–भाषी र क्षेत्रीय साम्प्रदायिक दलहरूलाई समेत संगाली नेपालको ‘कन्जरभेटिभ’ अर्थात् ‘रुढीवादी’ गठबन्धन बनायो भने आफूलाई ‘माक्र्सवादी–लेनिनवादी’ र ‘माओवादी’ भनिने  दलका नेता के.पी. ओली र प्रचण्डले ‘वाम गठबन्धन’ को नामबाट अर्को  पूँजीवादी मोर्चा खडागरे । यी दुवै गठबन्धनलाई एकै सिक्काको दुई पाटा (खुकुरी र त्रिशुल) भनेजस्तै एकै पूँजीवादी दलका दुई रुप भन्ने संज्ञा राजनैतिक वृत्तमा चर्चाको विषय बन्यो । जे होस्, समाजमा आमुल परिवर्तन ल्याउन एक ऐतिहासिक अवधि लाग्छ ।
ऐतिहासिक अवधिको अर्थ ५० वर्ष, १०० वर्ष र त्योभन्दा बढी समय पनि लाग्न सक्छ । निर्वाचनहरूले युगको आमूल परिवर्तन गर्दैन भन्ने बेलायत, संरा अमेरिका र अन्य पश्चिमी देशहरूको ४–५ सय वर्षको इतिहासले नै देखाउँछ । तर बेलायतको पूँजीवादी क्रान्ति, अमेरिकी स्वतनत्रता आन्दोलन र फ्रान्सेली राज्य क्रान्तिले सामन्तवादी व्यवस्थाको ठाउँमा पूँजीवादी व्यवस्था ल्याएको थियो । तर निर्वाचनले ती देशमा समाजवादी क्रान्ति ल्याउन सकेन । नेपाल र नेपाली जनताको निम्ति यो नै ठूलो ऐतिहासिक शिक्षा हो ।मेरा नातिना र नाति अमृता र अमर पत्र लामो भयो, आजलाई यति नै भयो । अर्को पत्रमा तिमीहरूको जिज्ञासालाई शान्त पार्नेछु । धेरै धेरै माया !

सधैं सम्झीरहने हजुरबुबा

क्रिश्चिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *