भर्खरै :

कीर्तिपुरमा सहिद दिवस मनाइयो

कीर्तिपुरमा सहिद दिवस मनाइयो

कीर्तिपुर, २० चैत । सहिद स्मृति व्यवस्थापन समिति कीर्तिपुरको आयोजनामा चैत २० गते कीर्तिपुरमा सहिद दिवस मनाइयो ।
ऐतिहासिक जनआन्दोलन २०४६ मा शहादत प्राप्त लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको सम्झनामा सहिद दिवस मनाइएको हो ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष एवं नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सहिदको बलिदान र घाइते योद्धाहरूको योगदानस्वरुप प्राप्त प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्म पनि सहिदको सपना पूरा नभएको बारे सबैले चिन्तन गर्नुपर्ने बताउनुभयो । उहाँले सहिदको सपना निःशुल्क शिक्षा, स्वास्थ्योपचार र रोजगारीको बन्दोबस्त सत्तासीन दलले पूरा नगरेको बताउनुभयो ।
उहाँले सहिद दिवसको अवसरमा एक दिनमा सहिदको बलिदानको चिन्तन होइन हरेक दिन चिन्तन मनन हुनुपर्ने बताउनुभयो ।
सांसद राजन केसीले सहिदको बलिदानबाट प्रजातन्त्र प्राप्त भएकोमा सबै आन्दोलनकारी कीर्तिपुरलाई धन्यवाद दिँदै सहिदको आकाङ्क्षाअनुसार जनताको जनजीवन उठाउने काम नभए पनि प्रयास जारी रहेको बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यले हरेक वर्ष सहिदको सम्झनामा कार्यक्रम गर्दै आइरहेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो ।
समितिका सचिव कृष्णमान डंगोलले सहिदको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सहिदको परिवारजनबाट सहिदको प्रतिमामा माल्यार्पण गरिएको थियो ।
सहिदप्रति १ मिनेट मौनधारण गरी सुरु भएको ¥याली नगर परिक्रमा गर्दै कीर्तिपुर, पाँगा नगाउँमा पुगी समापन भएको थियो ।
समापन कार्यक्रममा समितिका अध्यक्ष नारायण महर्जनले सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *