यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २१ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधुनिक जीवनशैली, खानपान, प्रदूषण, धूमपान तथा मद्यपानबाट नसर्ने रोगको जोखिम बढिरहेको बताउँदै नसर्ने रोगको जोखिम न्युनीकरणको लागि समुदायमा जनचेतना जगाउनु आवश्यक भएको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा भएको सहरी स्वास्थ्य कार्यक्रमबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले भक्तपुर नपाले वडा वडाबाटै स्वास्थ्य सेवा प्रवाह गर्न वडा वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्देश्यअनुरूप भवन निर्माण कार्य जारी रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवा अत्यन्त महँगो हुँदै गएको अवस्थामा भक्तपुर नपाले गुणस्तरीय सेवा प्रदान गर्न एक सय शैøयाको ख्वप अस्पताल सञ्चालन र अस्पतालबाट दैनिक ८ सत्न्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले सहरी स्वास्थ्य कार्यक्रमको उद्देश्य र भक्तपुरमा त्यसको अवस्थाबारे प्रस्तुतीकरण दिँदै नसर्ने रोगबारे अभिमुखीकरण गर्ने कार्यक्रमको प्रमुख उद्देश्य भएको बताउनुभयो ।
Leave a Reply