भर्खरै :

महिला राजनैतिकरूपमा सचेत हुनुपर्ने

महिला राजनैतिकरूपमा सचेत हुनुपर्ने

भक्तपुर, २१ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित आधारभूत सिलाइ तालिम, बुटिक तालिम र हेयर कटिङ तालिममा सहभागी समूहको आयोजनामा बिस्का जात्रा तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सृजना सैजुले नेमकिपाले महिलाहरूलाई सचेत पार्दै आएको बताउनुभयो ।
अहिले शिक्षिकाहरूले विद्यालयको नेतृत्व गरिरहेको चर्चा गर्दै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा ६० प्रतिशत महिलाहरूको सहभागिता रहेको उल्लेख गर्नुभयो ।
तालिम एक प्रकारको शिक्षा भएको धारणा राख्दै उहाँले महिलाहरू राजनैतिकरूपमा सचेत हुनुपर्ने र स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकिय अधिकृत वसन्त भट्टराईले बिस्का जात्राको शुभकामना दिँदै तालिममा सिकेको सीप व्यवहारमा उतार्नुपर्ने र आम्दानी हुने खालको व्यवसाय गर्नुपर्ने बताउनुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैया सुवालले भनपाले २०४४ सालदेखि नै आधारभूत सिलाइ तालिम दिदै आएको जानकारी दिनुभयो ।
धर्मलक्ष्मी लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैया सुजखु प्रजापति, प्रशिक्षक कमला शाक्य, बद्री कवाङ र प्रशिक्षार्थी अनिता खोंजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *