नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
टोकियो, ४ अप्रिल (सिन्ह्वा) । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पूर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ ।
ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय (यूएसजीएस) ले जनाएको छ ।
ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली रहेको बताएका छन् ।
चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठुला नौवटा परकम्प गइसकेका अधिकारीहरूले बताएका छन् ।
भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।
आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवम् विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने भिडियो तथा तस्वीर स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।
ताइवानमा भूकम्पका कारण पहाडी भेगमा निकै ठाउँमा पहिरो गएको छ ।
जापानको दक्षिण–पश्चिमी क्षेत्रको ठुलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाए पनि पछि यसलाई संशोधन गर्दै कुनै ठुलो सुनामीको जोखिम नरहेको बताएको छ ।
चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सन १९९९ को सेप्टेम्बरमा ताइवानमा ७ दशमलब ६ म्याग्निच्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० व्यक्तिको ज्यान गएको थियो ।
Leave a Reply