भर्खरै :

दोषपूर्ण शिक्षा नीतिले अर्थतन्त्रमा नराम्रो प्रभाव

५–१० वर्षदेखि नेपालका विश्वविद्यालय र कलेजका प्राध्यापक र उपप्राध्यापकहरूले कक्षा होस् वा शिक्षासम्बन्धी विषयमा भन्ने गर्थे, “विदेशी बजारमा बिक्ने शिक्षाको आवश्यकता छ ।” सोअनुसार आईएलाई उच्च माध्यमिक शिक्षाको दुईवर्षे ११–१२ कक्षाको रूप दिइयो । बीएलाई दुई वर्षको ठाउँमा ३ र ४ वर्ष लगाइयो । यसको मुख्य कारण विदेशी विश्वविद्यालयहरूले मान्यता दिएनन् ।
छलफलहरूमा प्रश्न उठ्थ्यो, ‘के शिक्षा पनि बजारमा बिकिने वस्तु हो – लुगा र जुत्ताजस्तो ?’
दोस्रो प्रश्न थियो, ‘हाम्रा शिक्षा प्राप्त युवाहरू नेपालकै निम्ति हो वा कुनै अरू देशको बजारको निम्ति ?’
ती विश्वविद्यालय र कलेजका प्राध्यापकहरूको आशय नेपालको विमानस्थलमा पढ्न जाने निहुँमा विदेशमा काम जाने लाखौँ युवाहरूको लामले प्रस्ट पा¥यो । के ती प्राध्यापकहरूले त्यो विचार नेपालमै बसेर गरेका थिए वा विदेशी पुस्तक वा विदेशको अध्ययनपछि फुरेको हो ? छलफलकै विषय हो ।
१९ औँ शताब्दीमा बेलायती साम्राज्यवादको निम्ति नेपाल स्वयं एक ‘समस्या’ वा ‘च्यालेन्ज’ थियो । यसकारण, बेलायती साम्राज्यवादीहरूले नेपाली युवाहरूलाई ‘गोर्खा भर्ती’ र ‘गोर्खा सिपाही’ को रूपमा लगे – संसारका अन्य मुलुकहरूमा साम्राज्य विस्तारको निम्ति ।
२००७ सालपछि बेलायती साम्राज्यवाद र स्वतन्त्रतापछिको भारतीय विस्तारवादले ‘गोर्खाली सेना’ लाई बेलायतीहरूले जस्तै भारतीय कामदार जनताको तेलंगाना आन्दोलन दबाउन र अन्य आन्दोलनहरू दबाउन प्रयोग ग¥यो ।
भारत–चीनबिचको सीमा लडाइँ र पाकिस्तानविरुद्ध ‘मुक्ति बाहिनी’ को नाम दिई नेपाली गोर्खालीहरूलाई भारतीय विस्तारवादले प्रयोग ग¥यो ।
अहिले नेपाली युवाहरूलाई गोर्खालीको बिल्ला नलगाई अफगानिस्तान, इराक, सिरिया, लिबिया, इजरायल, युक्रेन र रूसमा राणा र नेपाली काङ्ग्रेसको सरकारले जस्तै नक्कली कम्युनिस्ट सरकारले पनि पठाएको साबित हुँदै छ ।
यस परिणामबारे नेपाली काङ्ग्रेसको सरकारले २०–३० वर्ष अगाडि डा. रामशरण महतले आफ्नो बजेट भाषणमार्फत पहिलोचोटि हरेक संसदीय निर्वाचन क्षेत्रबाट दुई दुई सय युवाहरू श्रमको निम्ति विदेश पठाउने घोषणा गरेका थिए । यसबाट प्रस्ट भयो – विश्वविद्यालयका केही प्राध्यापकहरूको ‘नेपालको शिक्षा विदेशी बजारमा’ विकाउने योजनाको अर्थ । ती प्राध्यापकहरू नेपालको हितमा होइन साम्राज्यवादीहरूको हितमा बोल्दै छन् । विदेशी पुँजी र साम्राज्यवादको हितमा बोल्नेहरूलाई नरम भाषामा विदेशी ‘परस्त’ वा तड्कारो भाषामा एजेन्ट वा दलाल । एजेन्ट र दलालको अर्थ बिचौलिया भई पैसा लिने हो । अब नेपाली युवाहरूले सोच्ने र खोज्ने बेला भएको छ – ती तथाकथित प्राध्यापकहरू कुन कुन देशको कुन कम्पनी र विभागबाट सञ्चालित छन् ?
नेपाली विद्यार्थीहरूलाई ‘विश्व बजारमा बिक्ने सामान बनाउने’ दोषपूर्ण दृष्टिकोणलाई व्यवहारमा ल्याउँदा ‘प्रतिमहिना ९–१० अर्ब रकम विद्यार्थीबाट बाहिरिने गरेको राष्ट्र बैङ्कले आकलन’ ग¥यो । ‘गत आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ९० करोड अर्थात् ५२३ प्रतिशत बढी बाहिरियो ।’ समाचारको शीर्षक छ – ‘वैदेशिक अध्ययनमा सात महिनामा बाहिरियो ६६ अर्ब ६४ करोड ।’ (नयाँ पत्रिका, २१ चैत २०८०)
विडम्बनाको विषय हो, ‘मध्य चैतसम्म ८५ हजारले वैदेशिक अध्ययनको अनुमति लिएको’ सो शाखाले बतायो । (नयाँ पत्रिका, २१ चैत २०८०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *