कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
दैलेख, २२ चैत । नेपाल मजदुर किसान पार्टी दैलेखको आयोजनामा ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकको अन्तरक्रिया कार्यक्रम दुल्लुमा सम्पन्न भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टी दैलेखका अध्यक्ष जगतबहादुर ओलीले सन् १९२५ को डिसेम्बरमा रुसको जारशासनविरुद्ध खानदानी परिवारका युवा तथा सैन्य जर्नेलहरूले गुप्त सङ्गठनमार्फत गरेको सङ्घर्ष नै डिसेम्बर विद्रोह हो भन्दै तत्कालीन रुसका कुलीनवर्गका युवा तथा क्रान्तिकारी सेनाले जारविरुद्ध गरेको विद्रोहले जनतामा उत्साह जागेको चर्चा गर्नुभयो । उहाँले यसले रुसका अन्य क्रान्ति तथा विद्रोहरूलाई थप बल पुगेको दाबी गर्दै रुसको डिसेम्बरवादीहरूको सङ्घर्ष आज विश्वको लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी दैलेखका सल्लाहकार सदस्य बमबहादुर सिंहले कार्यकर्ताहरूले विभिन्न देशमा भएका विद्रोह र क्रान्तिहरूको अध्ययन गरी सो विषयमा जनताबिच निरन्तर छलफल र अन्तरक्रिया गर्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न देशमा भएका विद्रोहहरू कमजोर बनाउन सामन्तवर्ग र पुँजीपतिवर्ग क्रियाशील रहेकोले यस वर्गलाई समाप्त पार्न जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दैलेखका अध्यक्ष मनोज दाहालले रुसका विभिन्न विद्रोहमध्ये रुसको डिसेम्बर विद्रोह एक महत्वपूर्ण विद्रोह भएको भन्दै यस विद्रोह विश्वका मजदुरवर्गको लागि एक मार्गनिर्देशक पथ भएको बताउनुभयो । रुसको डिसेम्बर विद्रोह जारविरुद्धको लडाइँ भएको चर्चा गर्दै उहाँले भूदासहरूले आफूलाई शान्ति, रोटी र जग्गाको माग राखी सङ्घर्ष गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विकको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टी दैलेखका सहसचिव टीकाराम कठायतले पनि बोल्नुभएको हो ।
Leave a Reply