नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
खण्ड–३
संरा अमेरिकाले अँगालेको लगानी तथा व्यापारलाई निषेध गर्ने कैयौँ नीति एवम् कामले मर्यादा र नियममा आधारित बहुआयामिक व्यापार प्रणालीलाई हानि पु¥याएको छ । बजार प्रतिस्पर्धालाई विकृत बनाइरहेको प्रस्ट छ । निष्पक्ष व्यापारमाथि प्रहार हुँदै छ । विश्व औद्योगिक सम्बन्ध भताभुङ्ग हुँदै छ । चीन–संरा अमेरिकाको आर्थिक एवम् व्यापार सम्बन्धको सामान्य विकासलाई गम्भीर प्रभाव पार्दै छ ।
१. विदेशी उत्पादनमाथि भेदभाव
धेरै अमेरिकी नियमनकारी नीतिहरू स्पष्टरूपमा आत्मकेन्द्रित र संरक्षणवादी छन् । निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तविपरीत छन् । विदेशी उत्पादनमाथि भेदभाव गर्ने खालका छन् । संरा अमेरिका प्रत्यक्ष वा परोक्षरूपमा कानुनी ढङ्गले अन्य देशका उत्पादन खरिदमा निषेध गर्दै छ । संरा अमेरिकामा विदेशी कम्पनीहरूमाथि अनुचित व्यवहार हुन्छ । विशेषगरी चिनियाँ कम्पनीहरूमाथि त्यस्ता खालका प्रतिबन्धहरू लगाइँदै छ ।
अति विकसित देशहरूमा र केही विकासोन्मुख देशहरूमा समेत निष्पक्ष प्रतिस्पर्धाका आधारमा संरा अमेरिकी बजार खस्किँदै छ । सन् २०१३ मा The Organization for Economic Cooperatiom & Development– OECD (आर्थिक सहकार्य र विकासका लागि सङ्गठन, ओसेड) द्वारा प्रसारित उत्पादन बजार नियम (Product Market Regulation) का सूचकहरूको तथ्याङ्कअनुसार ३५ राष्ट्रमध्ये नेदरल्यान्ड, बेलायत र अस्ट्रेलिया सूचीमा सबैभन्दा माथि छन् । अमेरिका भने सूचीको २७ औँ स्थानमा छ र यसले उत्पादन बजारमा निष्पक्ष प्रतिस्पर्धामाथि संरा अमेरिकी बजार नियमनका नीतिहरूले सृजना गरेका अप्ठ्याराहरूप्रति सङ्केत गर्छ । बा¥ह गैर–ओसेड राष्ट्रका सूचकहरू थप्दा संरा अमेरिका ४७ राष्ट्रमध्ये ३० औँ स्थानमा मात्र रहन्छ जसले लिथुआनिया, बुल्गेरिया र माल्ताजस्ता गैर–ओसेड राष्ट्रहरूमा भन्दा संरा अमेरिकामा उत्पादन बजार प्रणाली या वातावरण निष्पक्ष नभएको दर्शाउँछ ।
अधिकांश विकसित राष्ट्रहरू र केही विकासोन्मुख राष्ट्रहरूसमेतको तुलनामा संरा अमेरिका विदेशी उत्पादनमाथि अत्यधिक भेदभाव गर्छ ।
उत्पादन बजार नियमको सूचकको उपसूचक– विदेशी आपूर्तिकर्ताहरूमाथि विभेदपूर्ण व्यवहार (Differential Treatment of Foreign Suppliers) का आधारमा सन् २०१३ मा संरा अमेरिका ३५ ओसेड राष्ट्रमध्ये ३२ औँ स्थानमा रह्यो । यसले संयुक्त राज्य अमेरिकी उत्पादन बजारमा अन्य मुलुकमाथि गरिएको चरम भेदभावतिर सङ्केत गर्छ । यस सूचीमा १२ गैर–ओसेड राष्ट्र थपिएपछि संरा अमेरिका सूचीको ४७ राष्ट्रमध्ये ३९ औँ स्थानमा पर्छ । ब्राजिल, बुल्गेरिया, साइप्रस, भारत, इन्डोनेसिया र रोमानियाजस्ता गैरओसेड राष्ट्रहरूमा भन्दा संरा अमेरिकामा भेदभावको मात्रा उच्च छ ।

रेखाचित्र ७ : उत्पादन बजारमा निष्पक्ष प्रतिस्पर्धाको आधारमा संरा अमेरिकाको बजार नियमनकारी नीतिहरूको अवस्था
संरा अमेरिकाले आफ्ना सरकारी विभागहरूमा ‘अमेरिकी खरिद’ को निम्ति कानुनमैै कडा व्यवस्था ग¥यो । विदेशी उत्पादन खरिद नियममा विभेदकारी बुँदाहरू लेख्यो । उदाहरणको लागि, अमेरिकी खरिद ऐनमा उल्लेख गरिएअनुसार अमेरिकी सङ्घीय एजेन्सीहरूले अमेरिकामा निर्माण भएका उत्पादन र अमेरिकामा निर्माण नहुने सामग्रीका हकमा अमेरिकाकै उपजमात्र खरिद गर्न पाउँछन् । संरा अमेरिकाको कानुन संहिता (Code of Laws) का अनुसार सार्वजनिक यातायातले सङ्घीय वा प्रादेशिक कोष प्राप्त गर्न त्यस प्रोजेक्टमा अमेरिकामा उत्पादित स्टील, फलाम र अन्य निर्माण सामग्री प्रयोग भएको हुनुपर्छ । कृषि, ग्रामीण विकास, खाद्य तथा औषधि व्यवस्था र सम्बन्धित विनियोजन कानुनका अनुसार यी कानुनद्वारा प्रत्यायोजित कोषबाट संरा अमेरिकामा विद्यालय खाना कार्यक्रम, बाल तथा युवा खाद्य सेवा कार्यक्रम, बालबालिकाको लागि गर्मी (Summer) खाद्य सेवा कार्यक्रम वा विद्यालय (नास्ता) कार्यक्रमको लागि चीनबाट कच्चा वा प्रशोधित पोल्ट्री उत्पादन खरिद गर्न र प्रयोग गर्न पाइँदैन । राष्ट्रिय रक्षा प्राधिकरण ऐनले सङ्घीय सरकारलाई राष्ट्रिय सुरक्षाको क्षेत्रमा चिनियाँ कम्पनीका सञ्चारसामग्री तथा सेवा खरिद गर्न निषेध ग¥यो ।

२. संरा अमेरिकामा चिनियाँ कम्पनीहरूको सामान्य लगानी गतिविधिहरूलाई बाधा पु¥याउने उद्देश्यले ‘राष्ट्रिय सुरक्षा पुनरावलोकन (National Security Review)’ को दुरूपयोग
विदेशी लगानीमाथि सुरक्षा पुनरावलोकन गर्ने संरा अमेरिका नै संसारको पहिलो देश हो । सन् १९७५ मा संरा अमेरिकामा विदेशी लगानीको प्रभावबारे अनुगमन गर्ने विशिष्ट उद्देश्यसहित विदेशी लगानी समिति Committee on Foreign Investment in the United States – CFIUS, सिफियस) को स्थापना ग¥यो । सन् १९८८ मा इक्सोन फ्लोरियो (Exon-Florio) संशोधनले १९५० को रक्षा उत्पादन ऐन संशोधन गर्दै संरा अमेरिकी राष्ट्रपति र जनतालाई बाह्य हस्तक्षेप समीक्षा गर्ने अधिकार प्रदान ग¥यो । सन् २००७ को वैदेशिक लगानी तथा राष्ट्रिय सुरक्षा ऐनमार्फत सिफियसलाई विस्तार गरियो । साथै, समीक्षा गर्न सक्ने क्षेत्र फराकिलो बनाइयो । बितेका ५० वर्षमा संरा अमेरिकाको कानुनी प्रक्रियाले के देखाउँछ भने वैदेशिक लगानीसम्बन्धी संरा अमेरिकी सुरक्षा समीक्षाको प्रमुख चरित्र भनेको कडा कानुन, नीति तथा नियम, विस्तारित नियमनकारी टोलीहरू तथा समीक्षाको क्षेत्र र पछिल्लोमा कडा छानबिन एवम् प्रतिबन्धहरू हुन् । विशेषतः यी दबाबमूलक चरित्र चीनप्रति लक्षित छन् ।
व्यवहारमा भने संरा अमेरिकी ‘राष्ट्रिय सुरक्षा समीक्षा’ नीति कमजोर प्रमाणका आधारमा बनेको देखिन्छ र कठोरता बढ्दो छ । संसद्लाई बुझाइएको सिफियसको वार्षिक प्रतिवेदनअनुसार यस समितिले सन् २००५ देखि २००८ सम्मको ४६८ वैदेशिक लगानी कारोबारहरूको समीक्षा गरेकोमा जम्मा ३७ ओटा (८ प्रतिशत) मात्र अनुसन्धानको दायरामा पर्न सफल भयो ।
सन् २००८ मा ट्रेजरी विभागले विलय, अधिग्रहण र विदेशी व्यक्तिबाट हडप्नेसँग सम्बन्धित नियम जारी ग¥यो । सन् २००९ देखि २०१५ सम्म समीक्षा गरिएका ७७० मुद्दामध्ये ३१० ओटा (४० प्रतिशत) अनुसन्धानको तह उत्तीर्ण हुन सफल भयो जसले उल्लेख्य वृद्धि भएको देखाउँछ । सन् २०१५ मा प्रकाशित तथ्याङ्कअनुसार यो बढेर ४६ प्रतिशतसम्म पुगेको देखिन्छ । (रेखाचित्र ८)
रेखाचित्र ८ : CFIUS द्वारा पुनरावलोकन र अनुसन्धान गरिएका मुद्दाहरूको तथ्याङ्क
संरा अमेरिकाको राष्ट्रिय सुरक्षा समीक्षाको निशानामा मुख्यतः चिनियाँ कम्पनीहरू छन् । सिफियसको स्थापनापश्चात् संरा अमेरिकी राष्ट्रपतिले समितिको सिफारिसको आधारमा चिनियाँ संस्था र उनीहरूको सम्बन्धित व्यवसायलाई निशाना बनाउँदै चार कारोबार निषेध गराए । सन् २०१३ देखि २०१५ सम्ममा सिफियसले ३९ अर्थतन्त्रका ३८७ कारोबार समीक्षा गरिसकेको तथ्याङ्क छ । त्यसमध्ये ७४ ओटा कारोबार चिनियाँ कम्पनीको लगानीमा संलग्न कारोबार छन् – जसले १९ प्रतिशत ओगट्छ । लगातार ३ वर्षदेखि सम्पूर्ण राष्ट्रमध्ये चीनले ठुलो भाग ओगट्दै छ । संरा अमेरिकाद्वारा चिनियाँ व्यावसायिक लगानीलाई निषेध तथा प्रतिबन्ध गरिएको तथ्याङ्क (तालिका ४ र ५) नियाल्दा चिनियाँ लगानीलाई सिफियस समीक्षाको दायरा सेमिकन्डक्टर र वित्तीय क्षेत्रदेखि फैलिएर सुङ्गुरको खुराकसहितको खाना प्रशोधनको क्षेत्रसम्म पुगिसकेको देखिन्छ । समीक्षा प्रक्रियामा पारदर्शिताको कमी, अत्यधिक स्वेच्छाचारी शक्ति र निषेधका कारण नखुलाउने आदिले सामान्य कारोबारलाई समेत राष्ट्रिय सुरक्षाको बहानामा बाधा पु¥याइँदै छ । जुन अत्यन्तै गम्भीर मुद्दा बनेको छ ।

तालिका नं ४ : सन् १९९० देखि २०१८ सम्म संरा अमेरिकाद्वारा निषेधित चिनियाँ लगानीसँग विदेशी अधिग्रहण कारोबारहरू –
तालिका नं ४ : चिनियाँ कम्पनीहरूको विदेशी अधिग्रहण खारेजी सन् २००५ देखि २०१८ सम्म सिफियसद्वारा पुनरावलोकनको उपज
अझ कठोर बाह्य लगानी सुरक्षा समीक्षाका लागि संरा अमेरिका नयाँ कानुन निर्माण गर्दै छ । अगस्ट १३, २०१८ का दिन राष्ट्रपतिले आर्थिक वर्ष २०१९ का लागि राष्ट्रिय रक्षा प्राधिकरण ऐनमा हस्ताक्षर गरे । यसको एउटा खण्ड वैदेशिक लगानी चुनौती समीक्षा आधुनिकीकरण ऐन (FIRRMA) हो जसले सिफियसको अधिकारलाई बलियो बनाउँछ, कारोबार हेर्ने क्षेत्र विस्तार गर्छ, थप कर्मचारी नियुक्त गर्छ, ‘विशेष चासोका देशहरू’ पदावली स्थापित गर्छ र समीक्षाका निम्ति थप कारकहरू (Factors) थप्ने व्यवस्था गर्छ । यी सम्पूर्ण बुँदाहरूले अझ कसिलो लगानी समीक्षातिर स्पष्ट सङ्केत गर्छ । विशेषतः यसले सन् २०२६ अगाडि संरा अमेरिकामा चिनियाँ लगानीबारे द्विवार्षिक प्रतिवेदन पेस गर्न वाणिज्य विभागलाई आग्रह गरेको छ ।

३. बजार प्रतिस्पर्धालाई विकृत पार्ने ठुला अनुदान
संरा अमेरिकाको सङ्घीय एवम् उपराष्ट्रिय–तहका सरकारले केही क्षेत्र तथा कम्पनीहरूलाई ठुलो अनुदान उपलब्ध गराउँछ, आर्थिक उद्धार (Bailout), तथा सहुलियत ऋण उपलब्ध गराउँछ । यस्ता गतिविधिले निष्पक्ष बजार प्रतिस्पर्धासामु ठुलो मात्रामा अवरोध खडा गर्छ । अनुदानबारे अध्ययन गर्ने अमेरिकी संस्था ‘गुड जब फस्र्ट’ का अनुसार सन् २००० देखि २०१५ बिचमा सङ्घीय सरकारले कम्तीमा ६८ अर्ब अमेरिकी डलर बराबरको अनुदान एवम् विशेष कर ऋण व्यवसायीहरूलाई दियो । ५८२ ओटा ठुला कम्पनीहरूले सम्पूर्ण भागको जम्मा ६७ प्रतिशत हिस्सा प्राप्त गरे । सोही अवधिमा सङ्घीय एजेन्सीहरूद्वारा निजी क्षेत्रलाई सयौँ अर्ब डलर बराबरको ऋण ग्यारेन्टी र उद्धार सहयोग प्रदान गरिएको छ । व्यापक क्षेत्रले सरकारी अनुदान प्राप्त गरेका छन् । मोटरगाडी, हवाई एवम् सैैनिक ठेक्का, विद्युतीय एवम् इलेक्ट्रोनिक्स सामान, तेल तथा ग्यास, वित्तीय सेवा, रसायन, धातु, रिटेलिङ एवम् सञ्चारका प्रविधिहरू ४९ मध्येका मुख्य क्षेत्रहरू हुन् । प्रान्तीय तहमा प्रदान गरिने अनुदानहरू सामान्यतः सङ्घीय क्षेत्राधिकारभित्र पर्दैनन् । तसर्थ त्यसको यथार्थ परिमाण र चरित्र अध्ययन गर्न कठिन हुन्छ । यस किसिमको प्रदेश तहको अनुदानको परिमाण सार्वजनिक गरिनेभन्दा निकै ठुलो हुने गर्दछ ।
उड्डयन क्षेत्रमा, सन् २००० देखि बोइङले सङ्घीय र प्रदेश÷स्थानीय सरकारबाट १४.५ अर्ब अमेरिकी डलर बराबरको अनुदान पाएको छ । त्यसैगरी, सन् २०११ देखि विभिन्न तहका सरकारका तर्फबाट ७३.७ अर्ब अमेरिकी डलर बराबरको ऋण, ऋणपत्र फाइनान्सिङ, उद्यम पुँजी, ऋण ग्यारेन्टी तथा आर्थिक उद्धार सहयोग प्राप्त गरेको छ ।
स्रोत : चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र
Leave a Reply