भर्खरै :

संरा अमेरिकाको व्यापार संरक्षणवादी अभ्यास

संरा अमेरिकाको व्यापार संरक्षणवादी अभ्यास

खण्ड–३

बक्स ५ – युरोपेली सङ्घद्वारा संरा अमेरिकी नागरिक हवाई अनुदानलाई चुनौती
सन् २००४ र २००५ मा युरोपियन युनियनले दुईपटक संरा अमेरिकासँग बोइङलाई प्रदान गरेको अनुदान विषयमा परामर्शका लागि आग्रह ग¥यो । सन् २००६ मा विश्व व्यापार सङ्गठनले DS353 प्यानलको स्थापना ग¥यो । सन् २०१२ को मार्चमा विश्व व्यापार सङ्गठन (WTO) ले पुनरावेदन निकायको प्रतिवेदनअनुसार नासा, रक्षा विभाग, व्यापार विभाग तथा अन्य सङ्घीय विभागहरू वासिङटन, कान्सास र इलिनियस राज्यहरूले बोइङलाई लामो अवधिसम्म अनुसन्धान तथा विकासको नाममा सङ्घीय सरकारले र अन्य सरकारहरूलाई कर छुटका नाममा कम्तीमा ५ अर्ब ३० करोड अमेरिकी डलर दिएका छन् । यो अनुदान प्रतिबन्धित एवम् कारबाही योग्य छ । साथै उक्त प्रतिवेदनले संरा अमेरिकालाई आफ्नो अनुदान नीति विश्व व्यापार सङ्गठनसँगको सम्झौताअनुसार संशोधन गर्न भनेको छ । संरा अमेरिकाले छ महिनाको अवधिसम्म यस निर्णय लागु गर्ने आफ्नो नियत सार्वजनिक ग¥यो । सन् २०१३ को नोभेम्बरमा वासिङटन राज्यले आफ्नो स्थानीय करसम्बन्धी कानुन संशोधन ग¥यो । साथै, बोइङको एसेम्बली लाइन आफ्नै राज्यमा राख्नका लागि आन्तरिक उड्डयन कम्पनीहरूको लागि कर क्रेडिट नीतिलाई निरन्तरता दिने घोषणा ग¥यो । युरोपियन युनियनले संरा अमेरिकालाई सम्झौताअनुसार नचलेकोमा कैयौँ आरोपहरू लगायो ।
सन् २०१७ को जून ९ का दिन विश्व व्यापार सङ्गठनले एक प्रतिवेदन सार्वजनिक ग¥यो । त्यस प्रतिवेदनमा वासिङटन राज्यले अहिले पनि बोइङलाई प्रतिबन्धित अनुदानहरू दिँदै आएको उल्लेख गरेको छ । प्रतिवेदनमा A320neo/A320ceo परिवारले ठुला हवाईजहाज बजारमा उल्लेख्य बिक्री घाटा व्यहोर्नुपरेको उल्लेख छ । साथै बोइङलाई वासिङटनको कर घटाउने नीतिका कारण संरा अमेरिका र संयुक्त अरब इमिरेट्सको बजारमा A320ceo को आयातमा बाधा पुग्ने खतरा रहेको उल्लेख छ । यस नीतिले सन् २०१२ मा संरा अमेरिकाले निर्णय मान्छु भन्ने प्रतिबद्धता उल्लङ्घन गरेको छ ।

सवारीसाधन उद्योगमा, संरा अमेरिकाको सङ्घीय एवम् प्रादेशिक सरकारले सवारी साधन उद्योगहरूलाई प्राथमिकता दिने नीतिसहित सहयोग गर्छन् । केही प्रमुख कम्पनीहरूलाई ठुलो उद्धार एवम् छद्म अनुदान सहयोग गर्छन् । संरा अमेरिकी ट्रेजरी विभागअनुसार अन्तर्राष्ट्रिय आर्थिक मन्दीको बेला संरा अमेरिकाले ट्रवल्ड एसेट रिलिफ प्रोग्राम (TAPR) अन्तर्गतको अटोमोटिभ इन्डस्ट्रिज फाइनान्सिङ प्रोग्राम (AIFP) मार्फत प्रमुख अटो कम्पनीहरूलाई ८० अर्ब अमेरिकी डलरको सहयोग गरेको थियो । संरा अमेरिकी ऊर्जा विभागका अनुसार सन् २००७ मा २५ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्न, संरा अमेरिकी संसद्बाट आधिकारिकता प्रदान गर्दै संरा अमेरिकाको ऊर्जा विभागले स्वतन्त्र ऊर्जा एवम् सुरक्षा ऐन २००७ को सेक्सन १३६ लाई टेक्दै एड्भान्स्ड टेक्नोलोजी भेइकल म्यानुफ्याक्चरीङ प्रोग्राम (ATVM) प्रस्तुत ग¥यो । ‘गुड जब फस्र्ट’ का अनुसार सन् २००० मा टेस्लाले संरा अमेरिकी सङ्घीय एवम् प्रदेश/स्थानीय सरकारहरूबाट साढे तीन अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान प्राप्त गरे ।


कम्प्युटर तथा सेमिकन्डक्टर उत्पादनको क्षेत्रमा, संरा अमेरिकाले धेरै अघिदेखि सरकार नियन्त्रित औद्योगिक नीति अवलम्बन गर्दै आएको छ । सन् १९८० को दशकमा संरा अमेरिकाको अगुवाइ कायम राख्ने र विदेशी आपूर्तिकर्तामा अत्यधिक परनिर्भरताबाट जोगिने उद्देश्यका साथ सेमाटेक (SEMATECH) को अत्याधुनिक अनुसन्धानलाई सहयोगस्वरूप एक अर्ब अमेरिकी डलर विनियोजन गरेको थियो । माउस, डिस्प्ले, अपरेटिङ सिस्टम र टच स्क्रिनलगायत एप्पलको करिब सम्पूर्ण उत्पादनको अनुसन्धान एवम् विकासमा संरा अमेरिकाको सरकारी विभागहरूको सहयोग छ । साथै, तीमध्ये केही त संरा अमेरिकी सरकारद्वारा सञ्चालित प्रयोगशालामै निर्माण गरिएका हुन् । सैन्य रक्षा उद्योगको हकमा, संरा अमेरिकाले सम्बन्धित उद्योगहरूलाई करमा सहुलियत, ऋण सुनिश्चितता, खरिद प्रतिबद्धता आदि सहयोग ग¥यो । टाट पल्टिन लागेका ठुला सैन्य रक्षा इन्टरप्राइजेजहरूका लागि विशेष सरकारी ऋण, पुनःसंरचना कोषहरू, टाट पल्टनबाट सुरक्षा, सङ्क्रमणकालीन कोषहरू, ऋण राहत तथा सहुलियत नीतिहरू अघि सारिएका थिए । रक्षा उत्पादन ऐन २०१४ मा लेखिएअनुसार “राष्ट्रपतिले कुनै ग्यारेन्टी एजेन्सीलाई निजी संस्थानहरूलाई ऋणको सुनिश्चितता दिने अधिकार प्रत्यायोजन गर्न सक्छ । राष्ट्रिय रक्षा तथा आयात वा सेवाहरूको निर्माण गर्न, कायम गर्न, तीव्रता दिन, विस्तार गर्न, संरक्षण गर्न वा पुनस्र्थापना गर्न ग्यारेन्टी एजेन्सीले लगानी गर्ने उद्देश्यले कुनै ठेकेदार, सब–कन्ट्रयाक्टर, महत्वपूर्ण संरचना निर्माताहरू वा अन्य व्यक्तिलाई उत्पादन क्षमतामा वा आपूर्तिमा सहयोग पु¥याउन सक्छ ।”
सन् २०१६ मा लकहिड मार्टिन नामक संसारको सबैभन्दा ठुलो सैनिक रक्षा कम्पनीले कनेक्टिकट (Connecticut) राज्यबाट २० करोड अमेरिकी डलर प्राप्त ग¥यो । कृषिको क्षेत्रमा उच्च अनुदानको नीति लामो समयदेखि संरा अमेरिकामा चल्दै आएको छ । धेरै प्रकारका कृषि अनुदानको सम्झौताको फलस्वरूप, संरा अमेरिकाले सम्पूर्ण वस्तुहरूमा १९.१ अर्ब अमेरिकी डलरसम्म एम्बर बक्स अनुदान दिन सक्छ । यथेष्ट आर्थिक उपलब्धता र अनुदानका लागि उपलब्ध व्यापक क्षेत्र भएका कारण संरा अमेरिकाले कृषि निर्यातमा निकै उच्च अनुदान दिन्छ । यी अनुदानले निष्पक्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई कमजोर बनाउँछन् । अन्य मुलुकले निरन्तररूपमा यसमाथि चुनौती दिँदै छन् । उदाहरणको लागि कपासमा दिएको अनुदानको विषयमा ब्राजिलसँग भएको १२ बुँदा लामो विवाद । सन् २०१४ मा कृषि अनुदान नीतिको एक महत्वपूर्ण समायोजनको रूपमा संरा अमेरिकाले सीधा अनुदानका कार्यक्रमहरूलाई प्रतिस्थापित ग¥यो । उदाहरणको लागि प्रति–चक्रीय भुक्तानी (Counter Cyclical Payment) लाई प्राइस लस कभरेज प्रोग्राम र एग्रिकल्चर रिस्क कभरेज प्रोग्रामद्वारा विस्थापित ग¥यो । सामान्यतया यो एम्बर बक्स अनुदानको अर्को रूप हो । जुन स्थिर मूल्य (Price-Peg) अनुदानले उच्च तहको सहयोग प्रदान गरेको छ । संरा अमेरिकी कृषि विभागका पूर्वप्रमुख अर्थशास्त्री जोसेफ ग्लाउवरले यी दुई कभरेज प्रोग्रामलाई औँल्याउँदै भनेका छन्, “विगतको लक्षित मूल्त्न्दा हालको सन्दर्भ मूल्य उच्च तोकिएको अर्थात् अनुदान सहयोगको तह बढाइएको छ ।”
कङ्ग्रेसनल रिसर्च सर्भिसका अनुसार यी दुई कभरेज प्रोग्रामको संयुक्त लागत सन् २०१५ मा १० अर्ब १० करोड अमेरिकी डलर र सन् २०१६ मा १० अर्ब ९० करोड अमेरिकी डलर रह्यो । सन् २०१६–२०१७ मा सहयोगको तह २०१४ मा ऐन बनेको बेलाभन्दा उच्च रहेको थियो । छुट्टाछुट्टै वस्तुमा करिब १५ अर्ब अमेरिकी डलर कुल खर्च गरिसकेको छ, जुन यस दशककै उच्च हो । संरा अमेरिकाले आफ्नो कृषि निर्यातलाई विभिन्न ऋण अनुदान कार्यक्रममार्फत समेत बढावा दियो । तीमध्ये सबैभन्दा माथि, संरा अमेरिकाले ठुलो परिमाणमा अधिक उत्पादन, गैरआकस्मिक खाद्य सहयोगको नाममा विदेश निर्यात ग¥यो । जसले व्यावसायिक प्रतिस्थापनको गम्भीर समस्या खडा ग¥यो । सहयोग ग्रहण गर्ने देशको आन्तरिक कृषि बजार विकृत बन्यो भने अन्य कृषि निर्यातकर्ता देशहरूको चासोको अवमूल्यन भयो ।

४. ठुलो परिमाणको गैरभन्सार बाधाको प्रयोग
विश्व व्यापार सङ्गठनले राष्ट्रिय उद्योगहरूलाई रक्षा गर्न मुलुकहरूलाई पूर्ण निषेध गरे तापनि, निम्न गैरभन्सार बाधा, नीति नियमहरूमा उच्च पारदर्शिता र व्यापारमा न्यूनतम तहको विकृतिलगायत केही सिद्धान्त लागु गर्नु आवश्यक छ । संरा अमेरिकाले ठुलो सङ्ख्यामा विभेदपूर्ण गैरभन्सार बाधाहरू लागु गरेको छ । आन्तरिक बजारका केही विशेष हिस्सा कडा नियन्त्रणमा राख्ने प्रयासका यी कदमहरू लक्ष्यसहितका छन् तर हाल अदृश्य राखिएका छन् । यो प्रवृत्तिले व्यापारको स्थिति र बजार वातावरणमा उल्लेख्य विकृति थप्यो ।
विश्व व्यापार सङ्गठन (WTO) को प्रतिवेदनअनुसार संरा अमेरिकामा ३,००४ ओटा स्यानिटरी तथा फाइटोस्यानिटरी (SPS) उपायहरू र १,५७४ व्यापारका निम्ति प्राविधिक बाधाहरू (TBT) छन् । जसले समग्र विश्वको क्रमशः १८ प्रतिशत र ६.६ प्रतिशत भाग ओगटेको छ । (रेखा चित्र ९)
व्यापार विकास विषयमा संयुक्त राष्ट्र सङ्घको सम्मेलन (The United Nations Conference on Trade and Development- UNCTAD) को जून २९, २०१८ को ‘Analysis of Trade Regulations Data Flags Important New Findings’ प्रतिवेदनका अनुसार संरा अमेरिकामा निर्यात हुनुपूर्व एउटा रुखले ५४ SPS पार गर्नुपर्ने हुन्छ । यी प्राविधिक अड्चनहरूले भन्सारको क्षमता घटायो भने व्यापार खर्च बढायो ।

५. व्यापार उपचार उपायहरूको दुरूपयोग
विश्व व्यापार सङ्गठन (WTO) ले आफ्नो सदस्य राष्ट्रको आन्तरिक उद्योगहरूमाथि डम्पिङ, अनुदान वा आयातमा उच्च वृद्धि, कडा सीमा आदिका कारण अर्थतन्त्रमा क्षति भएमा व्यापार उपचारका उपायहरू अवलम्बन गर्ने छुट दिएको छ । तर, संरा अमेरिकाले आफ्ना राष्ट्रिय उद्योगहरूको संरक्षणका निम्ति व्यापार उपचारका उपायहरूको ठुलो परिमाणमा दुरूपयोग गरेको छ र यीमध्ये धेरै चीनप्रति लक्षित छन् ।
संरा अमेरिकाले अपनाएका व्यापार संरक्षणवादी उपायहरूको सङ्ख्या बढ्दो छ र समग्र विश्वको अनुपातमा पनि बढ्दै छ । विश्व व्यापार सतर्कता (World Trade Alert) का अनुसार सन् २०१७ मा विश्वभरि अपनाइएका ८३७ नयाँ संरक्षणवादी उपायमध्ये १४३ (१७.१ प्रतिशत) त संरा अमेरिकी हुन् । सन् २०१८ को जनवरीदेखि जून महिनासम्म समग्र विश्वको संरक्षणवादी उपायहरूमा संरा अमेरिकी अनुपात ३३ प्रतिशत रहेको छ ।
संरा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०१८ को जुलाई १७ सम्ममा संरा अमेरिकामा ४४ ओटा एन्टिडम्पिङ तथा काउन्टरभेलिङका उपायहरू प्रभावमा छन् । जसमध्ये ५८ प्रतिशत सन् २००८ को आर्थिक मन्दीपछि अपनाइएका हुन् । चीन, युरोपियन युनियन र जापान यसका प्रमुख निशाना हुन् ।
एन्टिडम्पिङ अनुसन्धानका क्रममा, संरा अमेरिकाले चीनसँगको विश्व व्यापार सङ्गठन परिग्रहण प्रोटोकलको धारा १५ को जिम्मेवारी मान्नबाट अस्वीकार ग¥यो । साथै, आन्तरिक कानुनलाई देखाउँदै वैकल्पिक सदस्य राष्ट्रको व्यवहार गरिरहेको छ । संरा अमेरिकी संसद्को सरकारी जवाफदेहिता कार्यालय (GAO) को मूल्याङ्कनअनुसार गैरबजार अर्थतन्त्रका रूपमा हेरिएका मुलुकहरूको भन्दा बजार अर्थतन्त्रका मुलुकमाथि लगाइएको एन्टिडम्पिङ करको दर न्यून छ । संरा अमेरिकाले चीनमाथि लगाएको एन्टिडम्पिङ करको औसत ९८ प्रतिशत छ । जबकि, बजार अर्थतन्त्रहरूको ३७ प्रतिशत मात्र छ । सन् २०१८ को सुरुआतपछि संरा अमेरिकद्वारा चिनियाँ उत्पादनमाथि गरिएको नियन्त्रणमा १४ ओटाको दर १०० प्रतिशतभन्दा धेरै छ । साथै, संरा अमेरिकाले वैकल्पिक सदस्य राष्ट्रहरूलाई जथाभावी छान्ने गर्दछ । परिणामस्वरूप चिनियाँ निर्यातकर्तामाथिको एन्टिडम्पिङ अनुसन्धान अति नै अनुचित र भेदभावपूर्ण बनिरहेको छ ।

The Facts and China’s Position on China- US Trade Friction, September 2018
अनुवाद : सुजन
स्रोत : चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *