भर्खरै :

संरा अमेरिकी प्रशासनको अधिनायकवादी अभ्यासहरू

संरा अमेरिकी प्रशासनको अधिनायकवादी अभ्यासहरू

खण्ड–४

दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाको महत्वपूर्ण निर्माता र बहुपक्षीय व्यापारिक साम्राज्यको प्रमुख सहभागीका हिसाबले संरा अमेरिकाले बहुपक्षीय व्यापार नियमहरू हेर्ने र विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणालीमा रही यसका सदस्य राष्ट्रहरूबिच हुने व्यापारका सङ्घर्षहरू सही ढङ्गले समाधान गर्न नेतृत्व गर्नुपथ्र्यो । अन्तर्राष्ट्रिय समुदायसामु संरा अमेरिकी प्रशासनले यही अनुरोध गरेको थियो । तथापि, संरा अमेरिकी नयाँ प्रशासनले कार्यालय समालेयता ‘अमेरिका पहिलो’ जस्तो साँघुरो नीतिमा केन्द्रित रही एकपक्षीयवाद र आर्थिक अधिनायकवादको अभ्यास ग¥यो । उसले अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई लत्यायो र विश्वभरि अन्तर्राष्ट्रिय व्यापार विवाद चर्कायो । संरा अमेरिकाको यस कदमले चीनलगायत अन्य मुलुकको अहितमात्र गरेन, संरा अमेरिकाकै अन्तर्राष्ट्रिय प्रतिष्ठा खतरामा पा¥यो र सबैभन्दा महत्वपूर्ण त यसले विश्व बहुपक्षीय व्यापार व्यवस्थाको जग नै हल्लाइदियो । अन्तत्वगत्वा, यसले संरा अमेरिकाको दीर्घकालीन स्वार्थमा आघात पु¥याउने निश्चित छ ।

१. संरा अमेरिकाको आन्तरिक कानुनमा टेकेर एकपक्षीयरूपमा व्यापार सङ्घर्ष चर्काइयो
औद्योगिक चोट र बौद्धिक सम्पत्ति अधिकार सुरक्षाको उद्धरण गर्दै संरा अमेरिकी प्रशासनले विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणाली पन्छाएर अन्तर्राष्ट्रिय व्यापार सङ्घर्ष चर्काइरहेको छ । यस्तो काम गर्न संरा अमेरिका आफ्नो आन्तरिक कानुनको हवाला दिँदै दफा २३२, दफा २०१ र दफा ३०१ अन्तर्गत अनुसन्धान गर्दै छ । यस्ता अनुसन्धानहरूमा प्रायः चुनिएका प्रमाणका आधारमा गलत निष्कर्ष निकालिन्छ । विश्व व्यापार सङ्गठनको आधिकारिकताबिना संरा अमेरिकाले गैरकानुनीरूपमा दण्ड दिने काम गर्दै छ । विश्व व्यापार सङ्गठनका अन्य सदस्य मुलुकहरूलाई चर्को भन्सार दर लाद्ने काम गर्दै छ जुन विश्व व्यापार सङ्गठनको सबैभन्दा आधारभूत तथा केन्द्रीय नियम र अनुशासनको गम्भीर उल्लङ्घन हो । संरा अमेरिकाले सबैभन्दा सहयोगी मुलुकको व्यवहार र भन्सार बाध्यकारी नीति लागु गर्दै छ । यस्तो एकपक्षीय कार्यले चीनलगायत विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रको हितमा आघात पु¥याउँछ । मुख्यतः यस्ता कदमले विश्व व्यापार सङ्गठनको अधिकार र उसको विवाद समाधान प्रणालीलाई कमजोर पार्छ, बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय व्यापार सन्तुलनलाई ठुलो जोखिमतिर धकेल्छ ।
संरा अमेरिकी प्रशासनले आफ्नो व्यापार संरक्षणवादको निम्ति ‘राष्ट्रिय सुरक्षा’ को बहानामा धेरै मुलुकहरूको उत्पादनका विरुद्ध दफा २३२ अनुसार अनुसन्धान ग¥यो । सन् २०१७ को अप्रिलमा आफ्नो व्यापार विस्तार ऐन १९६२ को दफा २३२ मा टेकेर संरा अमेरिकी प्रशासनले ‘राष्ट्रिय सुरक्षा’ को बहानामा चीनलगायत अन्य प्रमुख अर्थतन्त्रहरूको स्टिल तथा आल्मुनियम उत्पादनविरुद्ध अनुसन्धानको सुरुआत ग¥यो । सन् २०१८ मार्चमा, यही एकपक्षीय अनुसन्धानको निष्कर्षको आधारमा संरा अमेरिकाले स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत भन्सार दरको घोषणा ग¥यो । जसको चौतर्फी विरोध र प्रतिकार भयो । सन् २०१८ अप्रिल ५ का दिन चीनले स्टिल र आल्मुनियमविरुद्धको संरा अमेरिकी दफा २३२ विरुद्ध विश्व व्यापार सङ्गठनमा मुद्दा दायर ग¥यो । संरा अमेरिकाले आफ्नो नीतिलाई निरन्तरता दिँदै युरोपेली युनियनविरुद्ध पनि स्टिल र आल्मुनियममा जून १ बाट भन्सार दर बढाउने घोषणा ग¥यो । युरोपेली युनियनले यसको प्रतिकार ग¥यो र विश्व व्यापार सङ्गठनको नियम उल्लङ्घन गरेको आरोप लगाउँदै संरा अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठनमा अपिल ग¥यो । युरोपेली व्यापार आयुक्त सिसिलिया माल्म्स्ट्रोम (Cecilia Maalmstrom) ले भने, “संरा अमेरिका ‘खतरनाक खेल’ खेल्दै छ र युरोपेली सङ्घ (EU) ले यसको प्रतिक्रिया नदिएमा गैरन्यायिक भन्सार स्वीकार्नुपर्ने हुन्छ ।” सन् २०१८ को अगस्टसम्ममा स्टिल र आल्मुनियममा लगाइएको दफा २३२ विरुद्ध नौ मुलुकले विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गरे । सन् २०१८ जुलाईमा संरा अमेरिकी प्रशासनले ‘राष्ट्रिय सुरक्षा’ को नाममा आयात हुने साधन र पार्टपुर्जामा दफा २३२ अनुसार अर्को चरणको अनुसन्धान सुरु ग¥यो ।
स्टिल र आल्मुनियम दुवै उत्पादनका आधारभूत कच्चा पदार्थ भएको र सवारी साधनहरू सामान्य उपभोग्य साधन भएको स्वतः पुुष्टि हुन्छ । यसलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोडेर हेर्नु तर्कसङ्गत देखिँदैन । पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सका वरिष्ठ प्राज्ञ चाद बाउन (Chad Bown) का अनुसार संरा अमेरिकी सवारी साधन उत्पादन उद्योगहरूको क्षमता उपयोगको दर ८० प्रतिशतभन्दा उच्च छ र संरा अमेरिकामा सञ्चालित सवारी साधनको करिब ९८ प्रतिशत आयात युरोपियन युनियन, जापान, क्यानाडा, दक्षिण कोरिया र मेक्सिकोबाट हुन्छ । तसर्थ, सवारी साधनको आयातले संरा अमेरिकी सुरक्षामा खतरा हुन्छ भन्ने तर्कबाट थालिएको अनुसन्धान आधारहीन छ । संरा अमेरिकी प्रशासनले स्वेच्छाचारी ढङ्गले बढाएको राष्ट्रिय सुरक्षा दायराको न कुनै सैद्धान्तिक न त कुनै ऐतिहासिक तर्क छ । वास्तविकता त यो हो कि संरा अमेरिकी राष्ट्रपतिले केही कानुनका दफाहरूले दिएको कार्यकारी शक्तिको प्रयोग गर्दै व्यापार संरक्षणवादको अभ्यास गर्नु नियमित कानुनी प्रतिबन्धहरूलाई छल्नु हो ।
संरा अमेरिकाले विभिन्न मुलुकका उत्पादनविरुद्ध दफा २०१८ अन्तर्गत अनुसन्धान ग¥यो । सन् २०१७ मेमा आफ्नो व्यापार ऐन १९७४ को आधारमा टेकेर संरा अमेरिकाले आयातीत वासिङ मेसिन र सौर्य ऊर्जासम्बन्धी उत्पादनविरुद्ध दफा २०१ अनुसन्धानको थालनी ग¥यो । सन् २०१८ जनवरीमा संरा अमेरिकाले वासिङ मेसिनमा तीन वर्षका लागि अधिकतम ५० प्रतिशतको भन्सार दर लगाउने र सौर्य ऊर्जाका उत्पादनमा चार वर्षका लागि अधिकतम ३० प्रतिशत भन्सार दर लगाउने निर्णय ग¥यो । संरा अमेरिकाले सन् २००१ बाट दफा २०१ अन्तर्गत अनुसन्धान गरेको यो नै पहिलो पटक हो । दक्षिण कोरियाबाट संरा अमेरिका निर्यात हुने प्रमुख उत्पादन वासिङ मेसिन भएको कारण उसले परामर्शका निम्ति विश्व व्यापार सङ्गठनमा मे महिनामा निवेदन बुझायो र प्रतिवादस्वरूप संरा अमेरिकी केही सामग्री आयातमा दिँदै आएको भन्सार छुट स्थगन ग¥यो । सन् २०१८ अगस्ट १४ का दिन चीनले सौर्य ऊर्जाका उत्पादनविरुद्ध संरा अमेरिकी दफा २०१ उपायहरूविरुद्ध विश्व व्यापार सङ्गठन विवाद समाधान प्रणालीमा मुद्दा दायर ग¥यो ।
सन् २०१७ अगस्टमा संरा अमेरिकाले आफ्नो व्यापार ऐन १९७४ मा टेकेर चीनविरुद्ध दफा ं३०१ अनुसन्धानको थालनी ग¥यो । सन् २०१८ को जुलाई र अगस्टबाट करिब ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री अमेरिका निर्यातमा २५ प्रतिशत भन्सार दर लगायो र भन्सार दर बढाउने उपायको निरन्तरता दियो । सन् २०१८ सेप्टेम्बर २४ बाट संरा अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री आयातमा १० प्रतिशत भन्सार दर लागु ग¥यो । दफा ३०१ अनुसन्धान संरा अमेरिकी आन्तरिक कानुनमा उपलब्ध व्यापार अनुसन्धानको प्रावधान हो । यसले अन्य मुलुकलाई संरा अमेरिकी बौद्धिक सम्पत्ति मानक र बजार प्रवेश आवश्यकताहरू स्वीकार गर्न लगाउँछ वा प्रतिशोधपूर्ण व्यापार प्रतिबन्धको सामना गर्न बाध्य बनाउँछ । यस्तो अभ्यासलाई १९९० को दशकमा नै ‘आक्रामक एकपक्षीयवाद’ ‘Aggressive Unilateralism’ का रूपमा परिभाषित गरिएको थियो ।
ऐतिहासिक तथ्यले यस दफा ३०१ अनुसन्धानको थालनी निकै दुर्लभ भएको देखाउँछ । प्रायः मुद्दा परामर्शबाट समाधान गरिएका छन् । सन् २०१८ मार्चमा पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सद्वारा प्रकाशित प्रतिवेदनका अनुसार सन् १९७४ देखि अहिलेसम्म संरा अमेरिकी सरकारले १२२ बाट दफा ३०१ अनुसन्धानहरू गरिसकेको छ । तर, सन् २००१ देखि हालसम्म एउटामात्र नयाँ दफा ३०१ अनुसन्धान गरियो । सन् १९९४ मा संरा अमेरिकी सरकारले एक ‘प्रशासनिक कारबाहीसम्बन्धी वक्तव्य’ जारी ग¥यो । जसमा उल्लेख थियो – अमेरिकी प्रशासनले दफा ३०१ अनुसन्धान विश्व व्यापार सङ्गठनका नियमहरूभित्र बसेरमात्र सञ्चालन गर्नेछ र संरा अमेरिकाले दफा ३०१ मा टेकेर प्रतिबन्ध लगाउन विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणाली (Dispute Settelement Body–DSB) बाट अनिवार्यरूपमा आधिकारिकता लिनेछ । सन् १९९८ मा युरोपेली समाजले दफा ३०१ विरुद्ध विश्व व्यापार सङ्गठनमा विवाद समाधान अङ्गमा मुद्दा दायर ग¥यो । यस क्रममा अदालतले प्रारम्भिक अनुसन्धानबाट वैधानिक भाषाका आधारमा दफा ३०१ विश्व व्यापार सङ्गठनका नियमहरूसँग असङ्गत छ । संरा अमेरिकाले हाल भइरहेको चीनसँगको आफ्नो व्यापार सङ्घर्षका क्रममा दफा ३०१ अनुसन्धान बिउँतायो । विश्व व्यापार सङ्गठनको आधिकारिकताबिना नै चिनियाँ सामग्रीमाथि चर्को भन्सार दर लादेको छ । संरा अमेरिकाले यी कदममार्फत आफ्ना पुराना प्रतिबद्धताहरू स्पष्टरूपमा उल्लङ्घन ग¥यो । यो पूर्णतः गैरकानुनी छ ।

२. अन्य मुलुकका औद्योगिक नीतिविरुद्ध आधारहीन आरोपहरू
बजार असफलतालाई सम्बोधन गर्न र सामाजिक सुरक्षाको सुधार गर्ने एउटा सशक्त हतियारको रूपमा रहेको औद्योगिक नीतिलाई विश्व व्यापार सङ्गठनका नियमहरूसँग तादात्म्य (Consistent) राख्ने हदसम्म आधारहीन आरोपहरू लगाइने विषय बनाइनु हुन्न ।
औद्योगिक नीति लागु गर्ने पहिलो मुलुक नै संरा अमेरिका हो । यस्ता नीतिहरूको प्रयोगलाई संरा अमेरिका खासै महत्व दिँदैन । तर, संरा अमेरिकी सरकारले औपचारिक व्यवस्थाले प्रत्याभूत गर्नेभन्दा निकै धेरै औद्योगिक नीतिहरू अपनाएको छ । नवीन खोजका निम्ति प्रोत्साहन र सरकारी खरिददेखि विशिष्ट क्षेत्र तथा कम्पनीलाई सहुलियतदेखि भन्सार संरक्षण तथा व्यापार सम्झौतासम्मका यस्ता औद्योगिक नीतिले संरा अमेरिकी उद्योगलाई प्रतिस्पर्धी शक्ति बनाउन प्रमुख भूमिका खेलेको देखिन्छ ।
उत्पादन क्षेत्रमा विश्व नेतृत्वदायी भूमिका बलियो बनाउन, संरा अमेरिकाले हालैका वर्षहरूमा ठुलो सङ्ख्यामा औद्योगिक नीतिको निर्माण गरेको छ । प्राविधिक आविष्कारिता सहुलियत र सरकारले खरिद गरिदिने नीति, विशेष क्षेत्र तथा कम्पनीहरूलाई सहायता, भन्सार संरक्षण तथा व्यापारिक समझदारीलगायतका औद्योगिक नीतिहरूले संरा अमेरिकी उद्योगहरू प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरेको छ । उत्पादनमा विश्वभरि आफ्नो नेतृत्वलाई बल पु¥याउन संरा अमेरिकाले धेरै औद्योगिक नीतिहरू अवलम्बन गरेको छ । एक्काइसौँ शताब्दी र विशेषगरी अन्तर्राष्ट्रिय आर्थिक मन्दिपछिको दशकमा संरा अमेरिकाले थुप्रै औद्योगिक नीति अपनायो । उदाहरणका लागि ‘अमेरिकी निर्माण पुनर्जीवनका लागि रूपरेखा’ (२००९), ‘संरा अमेरिकी उत्पादन वृद्धि ऐन’ (२०१०), ‘अत्याधुनिक निर्माण उत्पादन साझेदारी’ (२०११), ‘उत्पादनमा पुनर्जागरण आर्थिक वृद्धिका लागि चार लक्ष्य’ (२०११), ‘आधुनिक उत्पादनका लागि राष्ट्रिय र रणनीतिक योजना’ (२०१२), ‘अमेरिकी नवीन खोजका निम्ति रणनीतिक प्रारम्भिक डिजाइन’
(२०१३) आदि । यस्ता योजनाहरू प्रमुख क्षेत्रका लागि बनाइएका थिए । जस्तैः ग्रिड आधुनिकीकरण अगुवाइ (२०११), स्वच्छ ऊर्जा उत्पादन अगुवाइ (२०१३), संरा अमेरिकी रोबोटिक्सका लागि मार्गचित्र इन्टरनेटदेखि रोबोटिक्ससम्म (२०१३), धातुमा आधारित समष्टि ९बममष्तष्खभ० उत्पादनका लागि नाप विज्ञान मार्गचित्र (२०१३), राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान तथा विकास रणनीतिक योजना (२०१६) र संरा अमेरिकी राष्ट्रिय मेसिन इन्टेलिजेन्स रणनीति (२०१८) आदि ।
अन्य नीतिहरू जस्तै यी नीतिहरूले पनि उत्पादनका लागि लगानी वृद्धि गर्न, केही उत्पादनको सरकारी खरिद वृद्धिका निम्ति निर्यात कम्पनीहरूलाई विश्व बजारमा विस्तार गर्न ऋण सहयोग दिन र उत्पादनका प्रमुख क्षेत्रहरूमा नवीन खोजका निम्ति लगानी जुटाउन सरकारी लगानी समायोजन तथा सुधार गर्ने विशिष्ट उपायहरू बोकेको छ ।
संरा अमेरिकाले आफ्नो औद्योगिक नीति बनाउँदै र बढावा दिँदै गर्दा अन्य मुलुकका जायज औद्योगिक नीतिविरुद्ध निराधार आरोपहरू लगायो । विश्व लगानी प्रतिवेदन २०१८ (UNCTAD) का अनुसार नयाँ औद्योगिक क्रान्तिका अवसर र चुनौतीको प्रतिक्रियास्वरूप कम्तीमा १०१ विकसित तथा विकासोन्मुख अर्थतन्त्रले (विश्व कुल गार्हस्थ उत्पादनको ९० प्रतिशतभन्दा धेरै) पछिल्लो १० वर्षमा औपचारिकरूपमा औद्योगिक विकास रणनीति लागु गरे । संरा अमेरिकाको आधुनिक निर्माणका लागि राष्ट्रिय रणनीति र अमेरिकी नवीन आविष्कारिता रणनीतिजस्ता नीति पत्रहरू (Policy Papers) र आफ्नो राष्ट्रिय परिस्थितिअनुरुप नै चीनले ‘मेड इन चाइना २०२५’ कार्यक्रम लागू गरेको हो ।
‘मेड इन चाइना २०२५’ एउटा परिचयात्मक पत्र हो जसले विकासको एउटा दृष्टिकोण, बजारकेन्द्रित, खुला र समावेशी खाकाको वर्णन ग¥यो । चीन सरकारले मेड इन चाइना २०२५ लाई दुवै आन्तरिक र अन्तर्राष्ट्रिय लगानीलाई लागु हुने गरी खुला प्रणालीको व्यवस्था ग¥यो । विभिन्न अवसरमा चिनियाँ नेताहरूले विदेशी कम्पनीलाई मेड इन चाइना २०२५ मा स्वागत गर्दै छन् । सन् २०१७ मा चीनको राज्य परिषद्ले खुलापनलाई विस्तार गर्ने उपायहरू उल्लेख गर्दै विदेशी लगानीलाई सक्रिय उपयोग गर्ने विषयमा सूचना जारी गरेको थियो । यस सूचनाले स्पष्ट पार्छ कि मेड इन चाइना २०२५ नीति दुवै विदेशी लगानीका कम्पनी र चिनियाँ कम्पनीहरूलाई बराबर लागु हुन्छ । यस पत्रमा विश्व व्यापार सङ्गठनका नियमहरूलाई कडाइका साथ अपनाइएको छ । नियमहरू कानुनी, पारदर्शी, निष्पक्ष र भेदभावरहित प्रकृतिका छन् । मेड इन चाइना २०२५ को कार्यान्वयनसँगै संरा अमेरिकी कम्पनीसहित धेरै विदेशी कम्पनीहरू यसमा सहभागी भएका छन् ।

३. लामो हाते अधिकार क्षेत्र (Long-arm Jurisdiction) र संरा अमेरिकी आन्तरिक कानुनका आधारमा अन्य मुलुकविरुद्ध प्रतिबन्ध
‘लामो हाते अधिकार क्षेत्र’ भन्नाले आफ्नो सिमानाभन्दा परसम्म आफ्नो पहुँच पु¥याउने अभ्यास र आफ्नो मुलुकको आन्तरिक कानुनका आधारमा विदेशी संस्थाहरूमाथि क्षेत्राधिकार लाद्ने अभ्यास हो । पछिल्ला वर्षहरूमा संरा अमेरिकाले नागरिक आर्थिक लगानी एकाधिकारविरोधी निर्यात नियन्त्रण र साइबर सुरक्षालगायत अनेक क्षेत्रमा बृहत् क्षेत्राधिकारको अभ्यास विस्तार गरेको छ । अन्तर्राष्ट्रिय मामिलामा संरा अमेरिकाले बारम्बार अन्य मुलुकका संस्था वा व्यक्तिहरूलाई संरा अमेरिकी आन्तरिक कानुनको पालना गर्न निर्देशन ग¥यो । अन्यथा, उनीहरूले संरा अमेरिकी नागरिक, आपराधिक वा व्यापार प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि निर्यात नियन्त्रणलाई लिन सकिन्छ । आफ्नो प्राविधिक प्रभुत्वलाई बलियो बनाउन अमेरिकाले लामो समयदेखि चौतर्फी निर्यात नियन्त्रण प्रणाली स्थापना गरेको छ । निर्यात नियन्त्रण ऐन, निर्यात प्रशासनिक नियमावली र अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत लाइसेन्स प्राप्त गर्न संरा अमेरिकी निर्यातकर्ताहरू वा निर्यात गर्ने प्रयोगकर्ताहरूले आवेदन दिनुपर्छ । विदेशी खरिदकर्ताहरूले पनि अन्तिम प्रयोग, अन्तिम प्रयोगकर्ताका रूपमा निषेधित नियमावली उल्लङ्घन गर्न पाइँदैन । अन्यथा उनीहरू पनि संरा अमेरिकाबाट आयात गर्न निषेधित संस्थाको सूचीमा पर्नेसम्मको सजायको भागिदार हुनेछन् । सन् २०१८ को अगस्ट १ सम्मको तथ्याङ्कअनुसार संरा अमेरिकी वाणिज्य विभागको यस्तो निषेधित सूचीमा संसारभरिका १,०१३ संस्था सूचिकृत भइसकेका छन् । यस्तो व्यवस्थाले संरा अमेरिकी संस्थासहित सम्बन्धित संस्थाहरूको हित प्रतिकूल मात्र नभई विकासोन्मुख मुलुकहरूको विकासको अधिकारलाई समेत खुम्च्यायो ।
संरा अमेरिका आफ्नो ‘लामो हाते अधिकार क्षेत्र’ लाई बलियो पार्न आफ्नो निर्यात नियन्त्रण कानुनहरू मिहीन ढङ्गले पुनरावलोकन र पुनर्लेखन गर्दै छ । सन् २०१८ अगस्ट १३ का दिन संरा अमेरिकी राष्ट्रपतिले राष्ट्रिय रक्षा प्राधिकार ऐन २०१९ मा हस्ताक्षर गरे जसको एक महत्वपूर्ण खण्ड निर्यात नियन्त्रण पुनःगठन ऐन (Export Control Reform Act – ECRA) हो । निर्यात नियन्त्रण पुनः गठन ऐनले विदेशी स्वामित्वमा रहेका कम्पनीहरूमाथिको नियन्त्रणलाई थप कसिलो बनाउनेछ, ‘उदाउँदो तथा आधारभूत प्रविधि’ माथिको नियन्त्रण थप बलियो बनाउनेछ र अन्तर–संस्था प्रक्रियालाई अनिवार्य बनाई कानुन लागु गर्ने क्षमता अभिवृद्धि गर्नेछ । भर्खरै संरा अमेरिकी वाणिज्य विभागको उद्योग ब्युरो (Bureau of Industry and security of the US Department of Commerce) ले ४४ ओटा चिनियाँ कम्पनीलाई ‘संरा अमेरिकी राष्ट्रिय सुरक्षा वा विदेश नीति हितविपरीत कार्य गरेको’ आरोपमा आफ्नो सङ्ख्या सूचीमा सूचिकृत ग¥यो र वास्तवमा यो ‘लामो हाते अधिकार क्षेत्र’ को विस्तार एवम् विकास नै हो ।

४. आन्तरिक मुद्दालाई अन्तर्राष्ट्रियकरण र आर्थिक तथा व्यापारिक मुद्दालाई राजनीतीकरण गर्दै
हालको संरा अमेरिकी प्रशासन आफ्नो आन्तरिक राजनीतिक मुद्दाहरूको प्रतिक्रियामा आफ्ना आन्तरिक मुद्दाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने र आर्थिक तथा व्यापार मुद्दाहरूलाई राजनीतीकरण गर्दै आफ्ना आन्तरिक समस्याहरूको दोषारोप अन्य मुलुकलाई लगाउँदै छ ।
आफ्नो आन्तरिक नीति र संस्थागत कमजोरीका कारण भएको बेरोजगारीको दोष अन्तर्राष्ट्रिय व्यापारमाथि लगाइयो । संरा अमेरिकी प्रशासनले अन्य मुलुकमाथि ‘अनुचित व्यापार गरेर आफ्नो रोजगारी खोसेको’ आरोप लगायो । चीन–संरा अमेरिकी व्यापार घाटाको सबैभन्दा ठूलो स्रोतको रूपमा आक्षेप लगाउन पहिलो निशाना बनायो । तथापि, संयुक्त राष्ट्र सङ्घको सन् २००१ देखि २०१७ बिचको तथ्याङ्कअनुसार चीन–संरा अमेरिकाबिचको व्यापार ४.४ गुनाले विस्तार भयो भने संरा अमेरिकी बेरोजगारी ५.७ प्रतिशतबाट ४.१ मा झ¥यो । विशेषतः चीनबाट संरा अमेरिकामा आर्पूिर्त सन् २००९ बाट आकासिएको हो र सोही अवधिमा संरा अमेरिकी बेरोजगारी घटेको देखिन्छ । संरा अमेरिकाले दाबी गरेको जस्तो सामान आयात र रोजगारी गुम्नुको सम्बन्ध अस्तित्वमा छैन । सन् २०१७ मा संरा अमेरिकी संसदीय अनुसन्धान सेवाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २०१० देखि २०१५ बिचमा संरा अमेरिकी उत्पादन रोजगारी ६.८ प्रतिशतले बढेको छ जबकि सोही अवधिमा संरा अमेरिकामा चीनबाट सो क्षेत्रमा आयात ३२.४ प्रतिशतले बढेको छ ।

स्रोतः चीन संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *