नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
गाजा, ७ अप्रिल (एएफपी) । इजरायल र हमासबिचको युद्ध आइतबार सातौँ महिनामा प्रवेश गरेको छ । युद्धविराम र बन्धक रिहाइ सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कार्यक्रम तय भएको छ ।
इजिप्टको ‘अल–काहेरा न्यूज’ का अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बन्र्स, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका मध्यस्थकर्ताले इजरायली र हमास प्रतिनिधिमण्डलबिच आइतबार हुने अप्रत्यक्ष वार्ताका लागि इजिप्टका मध्यस्थता गर्नेछन् ।
गाजामा पूर्ण युद्धविराम र इजरायली सेनाको फिर्ताको मुख्य माग रहेको पुष्टि वार्ताअघि हमासले गरेको छ । इजरायली सेनाले गाजामा सात जना सहायताकर्मीको हत्याको आरोपमा दुई जना अधिकारीलाई बर्खास्त गर्न लागेको बताएपछि युद्धविरामको प्रयास भएको हो ।
गत अप्रिल १ मा मानवीय सहायता समूह ‘वल्र्ड सेन्ट्रल किचेन (डब्लुसिके)’ का कर्मचारीको मृत्यु भएको इजरायली स्वीकारोक्तिपछि घटनाको स्वतन्त्र छानबिनको माग गरिएको छ । डब्लुसीकेका संस्थापक जोस एन्ड्रेसले एबिसी न्यूजसँग भन्नुभयो, “युद्धको छ महिनामा मानवता विरोधी धेरै घटनाहरू भएका छन् । ती घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”
गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच भएको वार्ताले इजरायललाई वार्तामा बस्न बाध्य बनाएको छ । राष्ट्रपति बाइडेनले ‘तत्काल युद्धविराम’ गर्न, नागरिकको हत्या कम गर्न र मानवीय अवस्था सुधार गर्न वा त्यसो नगरेमा अमेरिकी सहयोग रोकिन सक्ने पहिलोपटक सशर्त दबाब दिएपछि इजरायल वार्ताका लागि तयार भएको छ ।
गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्धको कारण बनेको अक्टोबर ७ मा हमासका लडाकुले इजरायली भूमिमा गरेको अकल्पनीय आक्रमणमा एक हजार १७० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ । उक्त आक्रमणपछि प्यालेस्टिनी लडाकूहरूले करिब २५० इजरायली र विदेशी बन्धकहरूलाई पनि बन्धक बनाएका थिए जसमध्ये १०० को हाराहारीमा गत नोभेम्बर महिनामा भएको युद्धविरामपछि फिर्ता भएका थिए । बन्धक बनाइएका करिब १३० व्यक्ति गाजामा रहेका र ३० भन्दा बढीको मृत्यु भइसकेको हुनसक्ने इजरायली सेनाले बताएको छ ।
इजरायली सेनाले आइतबार गाजामा आफ्ना थप चार सैनिक मारिएको घोषणा गरेसँगै अक्टोबरको अन्त्यमा स्थलगत कारबाही सुरु भएयता मृतक इजरायली सैनिकको सङ्ख्या २६० पुगेको जनाएको छ ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले ‘क्रूर आतङ्कवादी आक्रमण र भयानक नरसंहार’ बाट सुरु भएको ‘रक्तपातपूर्ण र कठिन युद्ध’ को छ महिना बितेको र यो समयमा इजरायलले हमासविरूद्धको कारबाहीलाई निकै प्रभावकारी बनेको उल्लेख गरेको छ ।
हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३३ हजार ४३८ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् । दुई हप्ताको इजरायली आक्रमणले ध्वस्त भएको गाजाको सबैभन्दा ठुलो अस्पताल अल–शिफामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को नेतृत्वमा रहेको टोली अन्ततः अस्पताल परिसरमा प्रवेश गरेको छ ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले गाजा सहरको महत्वपूर्ण र ठुलो अस्पताल ‘अब मानव चिहान भएको खाली खोल’ मा परिणत भएको बताउनुभएको छ । उहाँले डब्ल्युएचओको टोलीले कम्तीमा पाँच वटा शव देखेको बताएको छ ।
बाइडेनले इजिप्ट र कतारका नेताहरूलाई पत्र लेख्दै हमासबाट ‘सम्झौतामा सहमत हुने र त्यसको पालना गर्ने’ प्रतिबद्धता सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा इजरायलले हिरासतमा लिएका प्यालेस्टिनी कैदी र केही बन्धकको आदानप्रदान भएको थियो । त्यसपछि भङ्ग भएको युद्धविरामले पुनः चर्चा पाएको छ ।
यसैबिच बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार भयानक द्वन्द्व अन्त्य हुनैपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हमासका आतङ्ककारीहरूको खतरालाई परास्त गर्न र उनीहरूको सुरक्षाको रक्षा गर्न इजरायलको अधिकारको पक्षमा हामी अडिग छौँ । तर, यो रक्तपातबाट बेलायतलगायत सिङ्गो संसार स्तब्ध भएको छ ।”
ड्रोन आक्रमणमा परी डब्लुसीकेका कामदारको ज्यान जाने गरी भएको त्रुटि फेला परेपछि इजरायली सेनाले दुई जना अधिकारीलाई बर्खास्त गर्ने घोषणा गरेको छ ।
हमासले रातको समयमा हिँडिरहेका सहायता गाडीहरू जफत गरेको ‘गलत अनुमान’ का कारण घटना भएको इजरायली सैन्य कमान्डरले बताएका छन् ।
अस्ट्रेलियाले सहायताकर्मीहरूको मृत्युमा इजरायलको प्रतिक्रियाको आलोचना गरेको छ । आक्रमणमा मारिनेमा अस्ट्रेलियाली नागरिक लालजावमी ‘जोमी’ फ्रैङ्ककम पनि रहनुभएको थियो ।
अस्ट्रेलियाले आफ्नो अनुसन्धानमा ‘पारदर्शिता’ सुनिश्चित गर्न इजरायलसँग काम गर्न एक विशेष सल्लाहकार नियुक्त गर्ने जनाएको छ ।
आक्रमणपछि डब्लुसिकेको गाजा अभियान स्थगित गरिएको छ भने अन्य विश्वव्यापी सहायता समूहहरूले यस क्षेत्रमा राहत कार्य लगभग असम्भव भएको बताएका छन् ।
बाइडेन र नेतन्याहूको टेलिफोन वार्ताको केही घण्टामा नै अश्दोद बन्दरगाह र एरेज सीमा पार गरेर ‘अस्थायी’ सहायता वितरण गर्न अनुमति दिने इजरायलले घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले छरिएर रहेका उपात्न्दा पनि आमूल उपायको खोजी गर्न आह्वान गर्नुभएको छ ।
गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले शनिबार एएफपीसँग कुरा गर्दै गाजामा २४ लाख मानिसका लागि सहायता पर्याप्त नभएको बताउनुभएको छ ।
करिब १५ लाख गाजावासीले इजिप्टसँगको सीमा नजिक दक्षिणमा रहेको रफाहमा आश्रय लिइरहेका छन् । शरणार्थी अवस्थामा बसेकी ५० वर्षीय महिला सिहाम अचुरले आफ्नो परिवार बस्दै आएको पालबाट आफूलाई सुरक्षित महसुस हुने गरी घरमा फिर्ता हुने वातावरण बनाइदिन आग्रह गर्दै भन्नुभयो, “हामी सामान्य नागरिक हौँ । युद्धसँग हाम्रो कुनै संलग्नता छैन । आफ्नो घर फर्किने वातावरण छिट्टै बनोस् ।”
Leave a Reply