भर्खरै :

विश्व शान्ति : अमेरिकाले बिगार्छ, चीनले सम्हाल्छ !

विश्व शान्ति : अमेरिकाले बिगार्छ, चीनले सम्हाल्छ !

म सानो छँदा आफूले खेलेको खेलौनालाई सम्झँदा र अहिले मेरो छोराले खेल्ने खेलौनालाई देख्दा चीनलाई धन्यवाद भन्नैपर्छ । सानोमा साइकलको काम नलाग्ने पाङ्ग्रासँग खेलेका ती सम्झनाले नेताहरू इमानदार र सिद्धान्तनिष्ट हुँदा करोडौँ जनताको जीवनमा कस्तो प्रभाव पार्दो रहेछ भन्ने सन्दर्भले मलाई बहुमूल्य पाठ सिकाएको छ । नेपालीदेखि संसारका सबैभन्दा गरिब अफ्रिकी मुलुक युगान्डाका जनतालाई आरामदायी जीवनको सपना देखाएकोमा चीनलाई धन्यवाद दिनैपर्छ । चिनियाँ नेताहरूले आफ्ना ८० करोड जनतालाई गरिबी रेखाबाट माथि मात्र उठाएनन्, विश्वका कैयौँ करोड मानिसलाई गरिबीको रेखामुनिबाट मुक्त गरेका छन् ।
जसरी अति आवश्यक थुपै्र वस्तुमा विश्वभरका सिमान्तकृत जनताको पहुँच पु¥याइयो त्यसरी नै अहिले समय आएको छ; विश्व शान्तिमा चिनियाँ व्यवस्था र चिनियाँ नेताहरूले चालेका कदमको प्रशंसा गर्नुको साथै अझ बढी भूमिका खेल्नुपर्ने आवश्यकता विश्व जनमतले महसुस गरिरहेका छन् ।
चीनले संसारलाई राम्रो बनाउने कोसिस गर्दै छ । तर, यसको ठीक उल्टो अमेरिका नेतृत्व पश्चिमाहरू यसलाई नष्ट गर्दै छन् । यो संसारमा राक्षसहरू छन् भने ती को हुन् भनेर विश्व जनमतले बुझ्दै छन् । अमेरिका संसारभर सङ्कट सिर्जना गर्छ तर चीन उक्त सङ्कटलाई समाधान गरोस् भन्ने चाहन्छ । चीन त्यस्तो खेल खेल्न चाहँदैन । त्यही निहुँमा अमेरिका चीनलाई एक विघटनकारी शक्तिको ठप्पा लगाउँछ ।
संयुक्त राज्य अमेरिका वास्तवमा आफ्नो विदेश नीति, सैन्य हस्तक्षेप वा आर्थिक गतिविधिहरूमार्फत विभिन्न वैश्विक सङ्कटहरूमा प्रत्यक्ष वा परोक्षरूपमा संलग्न भएको छ । यी कार्यहरूले तनाव बढाएर थुप्रै क्षेत्रहरूमा अस्थिरता निम्त्याउँदै छन् । संयुक्त राज्य अमेरिकाले द्वन्द्व समाधानमा कूटनीतिक प्रयास, आर्थिक पहल वा जलवायु परिवर्तन न्यूनीकरणजस्ता केही विश्वव्यापी चुनौतीमा चीनको सहयोग चाहन्छ । चीनलगायत कुनै पनि देशले सबै विश्वव्यापी सङ्कट समाधान गर्ने अपेक्षाहरू यथार्थपरक हुँदैनन् । संयुक्त राज्य अमेरिका र बेलायतले हाल हुथीहरू भनेर चिनिने यमनमा अन्सार अल्लाह मिलिशिया समूहविरुद्ध बमबारी अभियान चलाइरहेका छन् । हुथीहरूले गाजामा जारी द्वन्द्वको जवाफ दिँदै लाल सागरमा सामान ढुवानी गर्ने जहाजमाथि आक्रमण गरेर भूराजनीतिकरूपमा महत्वपूर्ण अडेनको खाडीलाई विश्वको सबैभन्दा महत्वपूर्ण व्यावसायिक मार्गहरूबाट विच्छेद गर्ने प्रयास गरिरहेका छन् । निस्सन्देह, अमेरिकाले इजरायलको सैन्य अभियानलाई बिनासर्त समर्थन दिन पूर्णतया अनुपयुक्त भएको छ र समस्याको सीधा सामना गर्नुको सट्टा चीनलाई मद्दत गर्न आग्रह गरेको छ । संरा अमेरिकालाई अनुकूल हुने सर्तहरूमा चीनको ‘उत्तरदायित्व’ हो भन्ने कथन तयार पार्दै रुस–युक्रेन युद्धमा पनि त्यस्तै गरेको छ ।
अमेरिकी विदेश नीतिले सम्झौताको लागि थोरै ठाउँ छोड्छ । संरा अमेरिकाको लागि कुनै पनि हालतमा पूर्ण रणनीतिक लाभहरूमा जोड दिन्छ । अमेरिकाले शान्तिका लागि आफ्ना विरोधीहरूसँग वार्ता गर्दैन, बरु दबाब वा अन्य माध्यमबाट उनीहरूले अन्ततः आत्मसमर्पण गर्ने छन् भन्ने आशामा दीर्घकालीन रणनीतिक स्थिति कायम राख्ने प्रयास गर्दछ । उदाहरणको लागि युक्रेन युद्धको बारेमा अमेरिकाको स्थिति रूससँग वार्ता वा यसको रणनीतिक स्थानको सम्मान गर्नको लागि होइन, बरु रुसमा रणनीतिक पराजय थोपर्नको लागि हो र अमेरिकी दबाबको अर्को माध्यमको रूपमा नाटोको थप विस्तारको लागि प्रयास गरिरहेको छ । अमेरिकाको विदेश नीतिमा कुनै परिवर्तन भएको देखिँदैन ।
अमेरिकाले जानाजानी चीनलाई ‘खराब देश’ को रूपमा चित्रण गर्न खोजेको छ । त्यसैले चीन नै अन्तर्राष्ट्रिय व्यवस्थाको लागि चुनौती र शान्तिको लागि खतरा हो भन्ने धारणालाई अझ अगाडि बढाउन खोजेको छ । अमेरिकाले सुरु गरेको द्वन्द्वका लागि चीनलाई नैतिकरूपमा गलत देखाउन खोजिरहेको छ तर चीन अमेरिकाले चाहेको कुरामा सहमत हुँदैन ।
त्यसैगरी, शान्तिमा जोड दिएको दाबी गरे पनि अमेरिका गाजा युद्धमा इजरायललाई निःसर्त समर्थन गर्न पाउँदा खुसी नै भएको देखिन्छ । अमेरिकाले द्वन्द्व जारी राख्न अनुमति दिएको छ र युद्धविरामको लागि कुनै पनि हालतमा आह्वान गर्न अस्वीकार गरेको छ । यसको प्रतिक्रियास्वरूप हुथीहरूले आक्रमण गरे । तार्किकरूपमा भन्नुपर्दा यदि अमेरिकाले गाजामा द्वन्द्व समाप्त ग¥यो भने हुथीहरूको आक्रमण रोकिनेछ । तर, अमेरिका कुनै पनि हालतमा वर्तमान रणनीतिक स्थितिमा कुनै परिवर्तन चाहँदैन । यही सोचले अमेरिकालाई इरानसँगको आणविक सम्झौता त्याग्न र उत्तर कोरियासँगको शान्ति प्रक्रियालाई असफल बनायो ।
अहिले अमेरिकाले चीनलाई दोष दिएर द्वन्द्वको जिम्मेवारी लिनबाट जोगिने रणनीति लिइरहेको छ । गाजा, यमन, युक्रेन वा अन्य कुनै पनि ठाउँमा ‘चीनले चाह्यो भने शान्ति हुन्छ’ भन्ने सामान्य भाष्य निर्माण गरेको छ । तर, यो शान्ति तब मात्र सम्भव हुन्छ जब चीनले अमेरिकाले तोकेका सर्तहरू मान्छ । उदाहरणको लागि यदि चीनले युक्रेनमा रुसको हारबिना मध्यस्थता गर्नेजस्ता शान्ति स्थापना गर्ने प्रयास गर्छ भने ती शान्ति प्रयासहरूलाई अमेरिकाले तुरुन्तै खारेज गर्छ ।
सकारात्मक पहल गर्दा पनि चीनलाई जहिल्यै पनि द्वन्द्वमा समस्या निम्त्याउने भनेर चित्रण गर्ने प्रयास अमेरिकाले गरिरहन्छ । या त शान्ति रोक्ने वा अर्को पक्षलाई लडाइँ जारी राख्न मद्दत गर्ने देशको रूपमा चीनलाई देखाइएकोे हुन्छ । अमेरिकाले आफूले चाहेको कुरा चीनले नगरेसम्म चीनलाई विश्व शान्तिका लागि खतरा भएको चित्रण अमेरिका गरिरहन्छ । चीन रुसलाई हानि पु¥याउन काम गरोस् भन्ने अमेरिका चाहन्छ । त्यसैगरी, चीन आफ्नो सहयोगी इरानको विरोध गरोस् भन्ने चाहन्छ । यो वास्तविकताले अमेरिकाले यी द्वन्द्वहरूलाई कसरी निरन्तरता दियो भन्ने कुरालाई बुझाउँछ । यसरी अमेरिका राजनीतिको जटिल वास्तविकतालाई विचार नगरी आफ्नो फाइदाबारेमा मात्र सोच्छ । वास्तवमा चीन द्वन्द्वमा कसैको पनि पक्ष नलिने र सन्तुलनको लागि प्रयास गर्ने भूमिकाको लागि सधँै तत्पर हुन्छ । उदाहरणको लागि दशकौँदेखि शत्रुतामा रहेको इरान र साउदी अरबबिच मध्यस्थता गरेर चीनले अरब क्षेत्रमा शान्ति कायम गर्ने प्रयास ग¥यो । तर, सबैको हित हुने शान्तिको विपरीत राजनीतिक लाभको मात्रै चिन्ता गर्ने अमेरिकाका लागि यस्तो पहल कदापि स्वीकार्य हुने भएन ।
आज विश्वले सामना गरिरहेका जटिल समस्याहरूलाई प्रभावकारीरूपमा समाधान गर्न रचनात्मक संलग्नता, संवाद र सहकार्य आवश्यक छ । अन्ततः विश्वव्यापी द्वन्द्वबाट सिर्जेको चुनौतीहरूको सामना गर्न अहम्वादी सोच भएको अमेरिका होइन खुला हृदय भएका चीनजस्ता देश र अन्तर्राष्ट्रिय संस्थाहरूबिचको सहयोगी प्रयासहरू आवश्यक पर्दछ ।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *