भर्खरै :

संरा अमेरिकी प्रशासनका अधिनायकवादी अभ्यासहरू

संरा अमेरिकी प्रशासनका अधिनायकवादी अभ्यासहरू

खण्ड–४

वास्तवमा संरा अमेरिकामा केही सामाजिक समूहको बेरोजगारीका प्रमुख कारणमध्ये आन्तरिक नीतिमा भएका खोटहरू र प्रविधिमा भएको विकास तथा आर्थिक पुनर्संरचनाको पृष्ठभूमिमा आवश्यक पुनर्वितरण र पुनः रोजगारी प्रणालीका अभाव हुन् । इन्डियाना राज्य (State of Indiana) को राज्य विश्वविद्यालयको एक अध्ययनअनुसार संरा अमेरिकामा सन् २००० देखि २०१० सम्म कुल ५६ लाख गुमेको रोजगारीको ८८ प्रतिशत उत्पादन (Manufacturing) को कारण उत्पादकत्व वृद्धि हो । सम्पूर्ण उत्पादनका कारकहरू प्रवाहमा बग्ने बजार अर्थतन्त्रमा कुनै पनि रोजगारी सदाको लागि अमर हुनसक्दैन । संरा अमेरिकाको तुलनात्मक फाइदाको विकासले विभिन्न उद्योगमा रोजगारी सृजनामा फरक–फरक प्रभाव पा¥यो । आर्थिक विकास र संरचनागत पुनः संरचनाको समयमा केही परम्परागत उद्योगहरूमा रोजगारी कम हुनु सामान्य घटना हो । संरा अमेरिकी सरकारले सम्पूर्ण दिशामा आर्थिक संरचनागत पुनः संरचनाका प्रणाली अपनाउनुपथ्र्यो । उदीयमान उद्योगहरूमा बेरोजगारहरूले रोजगारीका निम्ति सक्रिय र प्रभावकारी उपाय अवलम्बन गर्नुपथ्र्यो । तर, आफ्नो परम्परागत वितरण प्रणाली र निहित स्वार्थमा अल्झेर संरा अमेरिकी सरकारले समयमै उचित पुनर्वितरण तथा पुनः रोजगारी प्रणाली स्थापना गर्न चुक्यो । यसको परिणामस्वरूप केही सामाजिक समूहले लामो समय बेरोजगारी कहर सहनुप¥यो । यसले राजनैतिक लोकप्रियतावाद (Populism) र अलगवाद (Isolationism) को लागि मलजल ग¥यो ।
आफ्नो आन्तरिक बेरोजगारी समस्याको दोष अन्तर्राष्ट्रिय व्यापार निर्यात गर्ने मुलुकमाथि थोपर्ने संरा अमेरिकी प्रशासनको कोसिसलाई तथ्यले अस्वीकार गर्छ । यसको उद्देश्य आन्तरिक राजनैतिक समस्याबाट जनताको ध्यान अन्यत्र मोड्नु हो । गहिरोसँग जरा गाडेको आफ्नो संरचनागत समस्यालाई सही समाधान नगरिकन विकल्पमा संरक्षणवादको प्रयोग गरी उत्पादन क्षेत्रलाई पुनः प्राप्ति गर्ने संरा अमेरिकी प्रयास पूर्णतः प्रत्युत्पादक कदम हो । यो आफ्नो समस्याको समाधानको निम्ति छिमेकी मित्रराष्ट्रको हितविपरीतको कार्य (Beggar Thy Neighbor) र हार–हार (Lose-Lose) उपाय अर्थतन्त्रका नियमहरूको विरुद्ध जान्छ । विश्व अर्थतन्त्रको प्रभावकारितालाई कम गर्छ र विश्वभरिका मुलुकबाट विरोधको उभार ल्याउँछ । संरा अमेरिकाले अरूलाई जति क्षति पु¥याउँछ आफूले पनि उति नै क्षति व्यहोर्नुपर्ने हुन्छ ।

५. संरा अमेरिकी प्रशासनले आफ्नै प्रतिबद्धताहरूको उल्लङ्घन गर्दै छ 
आधुनिक समयको आगमनदेखि नै नियम र करारप्रतिको सम्मान, बजार अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय व्यवस्था (Order) को जगको रूपमा रहेको छ र यसैले फरक व्यक्ति, समूह तथा देशबिचको सहकार्य सम्भव बनायो जसले सभ्य मानव समाजको चरित्र परिभाषित गर्छ । हालको संरा अमेरिकी प्रशासनले अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देश गर्ने विश्वव्यापी मान्यता प्राप्त र व्यापकरूपमा रहेको अभ्याससामु आफ्नो पिठ्युँ फर्काएको छ; आफ्नै प्रतिबद्धताहरू पनि निरन्तर उल्लङ्घन गरेको छ र अन्तर्राष्ट्रिय सम्बन्धमा संरा अमेरिकी अवसरवादविरुद्ध अन्तर्राष्ट्रिय समुदायद्वारा व्यापकरूपमा चुनौती र आलोचना गरेको छ । तत्कालको स्वार्थ पूर्तिका निम्ति संरा अमेरिकाको साँघुरो दृष्टिकोणका कारण उसको अन्तर्राष्ट्रिय विश्वसनियतामा ¥हास आएको छ । यसले उसको अन्तर्राष्ट्रिय अडान (Standing) लाई कमजोर बनाउनेछ । उसको रणनीतिक उद्देश्यलाई आघात पु¥याउनेछ ।
अन्तर्राष्ट्रिय महत्व (Sanctity) लाई संरा अमेरिकी प्रशासनले कुनै सम्मान गर्दैन र विश्व शासन व्यवस्थालाई दखल गर्छ । एउटा देशले सरकारको परिवर्तन नै भए तापनि आफ्ना प्रतिबद्धता र सम्झौताहरू पालना गर्नुपर्छ । एउटा देशको विश्वसनियताका लागि यो अनिवार्य हुन्छ । बहुपक्षीय व्यापारका समस्या र मुलुकहरूबिचको मतभेदलाई अतिरञ्जित गर्दै अहिलेको संरा अमेरिकी प्रशासन अन्तर्राष्ट्रिय व्यवस्था (Order) को पालना गर्न मूल्य चुकाउन चाहँदैन र अन्तर्राष्ट्रिय नियमहरू आपूm अनुकूल मात्र व्यवहारमा लागु गर्छ । यसले UNESCO र UNHRC जस्ता अन्तर्राष्ट्रिय सङ्गठनबाट आफूलाई अलग्याएको छ । यस अगाडिको अमेरिकी प्रशासनको लामो प्रयासबाट निष्कर्षमा पुगेको त्एए र पेरिस समझदारीबाट हात झिकेको छ, उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (NAFTA) र संरा अमेरिका – कोरिया स्वतन्त्र व्यापार सम्झौतामा पुनः छलफलको माग गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ (UN), विश्व बैङ्क (WB), अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र भन्सार तथा व्यापारबारे साधारण सम्झौता (GATT) को स्थापनासँगै यिनीहरूमा भएका निरन्तर सुधारद्वारा नै विश्व राजनीति तथा आर्थिक शासन प्रणाली निर्माण भएको छ । महत्वपूर्ण बहुपक्षीय व्यापार सहकार्यका निम्ति १६० सदस्य राष्ट्र भएको विश्व व्यापार सङ्गठन अत्यावश्यक छ र विश्वभर यसलाई सम्मान एवम् मान्यता दिइएको छ । तथापि, संरा अमेरिका विश्व व्यापार सङ्गठनका नियमहरू बारम्बार उल्लङ्घन गर्छ । विश्व व्यापार सङ्गठनका सदस्य मुलुकहरूले विवाद समाधान अङ्ग (DSB) को निर्देशनबमोजिम संरा अमेरिकाले कार्य नगरेको भन्दै भन्सार छुटको आवेदन स्थगित गर्न अथवा स्थगित भन्सार छुट कडाइका निम्ति धेरै पटक आग्रह गरे । सन् १९९५ देखि २०१५ सम्ममा दर्ता भएका यस्ता आग्रहमा संरा अमेरिकाको विरुद्धमात्र दुईतिहाइ छ ।
संरा अमेरिकाको यस्तो कार्यले अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन भएको छ र व्यापार सहकर्मीको अपमान भएको छ । एक देशको रूपमा विश्वसनियता गुमाएको छ । विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको ‘विश्व जोखिम प्रतिवेदन २०१८ (Global Risk Report 2018)’ का अनुसार संरा अमेरिकाले बहुपक्षीयता कमजोर बनाएको छ र यसले विश्व व्यापार सङ्गठनको न्यायिक (Appellate) अङ्गमा नियुक्तिहरूलाई निषेधका कारण २०१८ मा जोखिम उच्च हुनेछ ।
संरा अमेरिकी प्रशासनले व्यापार सञ्चालनमा प्रत्यक्ष हस्तक्षेप गरी बजार संयन्त्रलाई कमजोर बनायो । हालको संरा अमेरिकी प्रशासनले बजारका प्रमुख खेलाडीहरूसँग प्रत्यक्ष हस्तक्षेप गर्न समय–समयमा आफ्नो दायरा उल्लङ्घन ग¥यो । उदाहरणको लागि बजारको नियम जस्तोसुकै भए पनि उसले एपल र अन्य अमेरिकी कम्पनीलाई विदेशबाट आफ्ना कारखाना अमेरिकामै फिर्ता ल्याउन निर्देशन ग¥यो । विदेशमा लगानी गर्ने अमेरिकी कम्पनीहरूलाई प्रशासनले तर्साउने र बाधा व्यवधान पु¥याउने कार्य ग¥यो । उदाहरणको लागि सन् २०१७ जनवरी ३ को दिन जेनेरल मोटर्सलाई मेक्सिकोमा सेभ्रोटश क्रुज मोडेल निर्माणमा निरन्तरता दिए भारी भन्सार दर लगाउने धम्की दियो । सन् २०१८ जुलाई ३ का दिन हार्ले डेभिड्सनलाई आफ्नो निर्माणको अंश संरा अमेरिकाबाट बाहिर नलान धम्की दिएको थियो । विभिन्न बहानामा साधारण मर्जर समझदारीहरूमा प्रशासनको अनुगमनमा कडाइ गरिएसँगै अमेरिकी कम्पनीका प्रमुखहरूको नाम सामाजिक सञ्जालमार्फत बदनाम गरियो ।
संरा अमेरिकी प्रशासनले निरन्तररूपमा दुईपक्षीय व्यापार वार्तामा आफूले गरेका प्रतिबद्धताबाट पछि हट्ने र लत्याउने काम ग¥यो एवम् चीनले स्थिर चीन–अमेरिका सम्बन्धबाट ठुलो भन्डार जम्मा ग¥यो । चीनले संरा अमेरिकी व्यापारसम्बन्धी चासोलाई सक्रिय सम्बोधन ग¥यो, विशेषगरी सन् २०१७ पछि । विमतिहरू साँघुरो पार्दै समस्या सुल्झाउने उद्देश्यसहित संरा अमेरिकाको कडा आग्रहलाई स्वीकार गर्दै चीन–संरा अमेरिकी प्रशासनसँग थुप्रै चरणमा उच्च इमानदारी र धैर्यका साथ वार्ताहरूमा बस्यो । संरा अमेरिकाको कडा आग्रहलाई स्वीकार गर्दै सन् २०१८ को फेब्रुअरी मसान्तदेखि मार्चको पहिलो हप्तातिर संरा अमेरिकासँग व्यापार वार्ताका लागि चीनले प्रतिनिधि पठायो । तथापि अप्रिल ३ का दिन संरा अमेरिकाले ५० अर्ब डलर बराबरको चिनियाँ सामग्री निर्यातमा २५ प्रतिशतको भन्सार दर लागु ग¥यो । संरा अमेरिका निरन्तर आफ्ना प्रतिबद्धताबाट पछि हट्ने र माग बढाउँदै लगे पनि चीनले वार्तामार्फत नै समस्याको समाधान खोज्न प्रयास गरिरह्यो र मे महिनाको सुरुआतमा संरा अमेरिकाबाट आएका प्रतिनिधिसँग चीन वार्तामा बस्यो । संरा अमेरिकाको आग्रहमा, मे १५ देखि १९ सम्म चीनले अर्को चरणका लागि वार्ता गर्न प्रतिनिधि संरा अमेरिका पठायो । प्रतिनिधिहरूले संरा अमेरिकी चासोलाई सक्रियतापूर्वक सम्बोधन गरे । दुवै पक्षको अथक प्रयासका कारण मे १९ का दिन ‘व्यापार युद्ध नलड्ने’ सहमतिमा पुग्ने संयुक्त विज्ञप्ति निकाल्न सफल भयो । तथापि, यसको ठीक १० दिनपछि सहमतिपत्रमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै संरा अमेरिकाले त्यो सहमतिपत्र च्याट्यो र व्यापार युद्ध नलड्ने आफ्नो प्रतिबद्धता तोड्यो । उसले विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणाली लत्याउँदै चिनियाँ आयातमा ठुलो परिणामको भन्सार दर घोषणा ग¥यो र नयाँ चरणको सङ्घर्षको एकतर्फीरूपमा सुरुआत ग¥यो ।

बक्स ७ : संरा अमेरिकाले चीनसँग २०१८ मे १९ का दिन गरेको संयुक्त व्यापार परामर्श वक्तव्य च्यातिसकेको छ ।
सन् २०१८ मे १९ का दिन संरा अमेरिका र चीनबिच वासिङटन डीसीमा व्यापार परामर्शबारे संयुक्त वक्तव्य जारी भएको थियो ।
सो वक्तव्यमा संरा अमेरिकाको चीनसँगको व्यापार घाटालाई उल्लेखनीयरूपमा घटाउने सहमति भएको थियो । चिनियाँ जनताको उपभोगका लागि बढेको माग र उच्चस्तरीय आर्थिक विकासको लागि चीनले संरा अमेरिकी वस्तु तथा सेवाको खरिदलाई बढाउनेछ । यसले संरा अमेरिकाको आर्थिक वृद्धिलाई मद्दत गर्नुका साथै बेरोजगारी समस्या समाधान गर्न सहयोग पु¥याउनेछ ।
संरा अमेरिकी कृषिजन्य तथा ऊर्जासम्बन्धी आयातलाई बढाउने विषयमा पनि सहमति भएको थियो । संरा अमेरिकाले यो विषयमा विस्तृत अध्ययन गर्न चीनमा टोली पठाउनेछ । बैठकका सहभागीहरूले उत्पादित सामग्री तथा सेवाको व्यापार विस्तारको लागि पनि छलफल गरेका थिए । यी क्षेत्रहरूमा अनुकूल वातावरण सृजना गर्नेबारेमा सहमति भएको थियो । दुवै पक्षले बौद्धिक सम्पत्ति सुरक्षण र आपसी सहकार्यको विषयलाई उच्च प्राथमिकता दिएका थिए । चीनले सो विषयका कानुन तथा नियमावलीहरू विशेषगरी पेटेन्ट कानुनमा आवश्यक संशोधन गर्ने सहमति गरेका थिए । दुवै पक्षले दुईपक्षीय लगानीलाई बढावा दिने तथा व्यापारिक प्रतिस्पर्धाको लागि उचित तथा निष्पक्ष तरिकाको वातावरण बनाउने कुरामा सहमत भएका थिए । यी विषयहरूलाई उच्च महत्व दिने तथा आर्थिक तथा व्यापारिक विषयमा सक्रिय भूमिका निर्वाह गर्ने सहमति जनाएका थिए ।
यसको ठीक १० दिनपछि अर्थात् मे २९ मै ह्वाइट हाउसले चीनबाट निर्यात हुने ५० अर्ब बराबरको सामानमा थप भन्सार लगाउने र चीनको लगानीमा समेत प्रतिबन्ध लगाउने र चीनमा हुने आयातमा नियन्त्रण गर्ने निर्णय ग¥यो । यो मे १९ को दुईपक्षीय निर्णयको स्पष्ट उल्लङ्घन हो ।

The Facts and China’s Position on China – US Trade Friction
September 2018
अनुवाद : हौसला
स्रोत : चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *