भर्खरै :

विश्व अर्थतन्त्रमा संरा अमेरिकी सरकारको नकारात्मक प्रभाव

विश्व अर्थतन्त्रमा संरा अमेरिकी सरकारको नकारात्मक प्रभाव

खण्ड– ५

संरा अमेरिकी सरकारको अति संरक्षणवादी नीतिका कारण अन्तर्राष्ट्रिय अर्थ व्यवस्थाका नियमहरूलाई लत्याएको छ । यसले चीन–संरा अमेरिका व्यापारमा क्षति पु¥याउनुका साथै विश्वकै व्यापार सम्बन्धमा नकारात्मक असर पारेको छ । त्यसैगरी, विश्व मूल्य चक्र र अन्तर्राष्ट्रिय श्रम विभाजनमा बाधा पु¥याउनुका साथै अन्तर्राष्ट्रिय बजारको अपेक्षालाई निराशाजनक बनाउनुका साथै वित्तीय व्यवस्था र वस्तु बजारमा उथलपुथल ल्याइदिएको छ । यो विश्व अर्थव्यवस्थाको उत्थानका लागि सबैभन्दा ठुलो अनिश्चितता र जोखिमको स्रोत बन्न पुगेको छ ।

१. यस्तो प्रावधानका कारण बहुपक्षीय व्यापार र अन्तर्राष्ट्रिय अर्थ व्यवस्थाका नियमलाई कमजोर बनाउँछ ।
सभ्यताको विकासको गतिसँग मानव समाजले नियम र विश्वसनीयतामा आधारित अन्तर्राष्ट्रिय शासन व्यवस्थालाई स्वीकारेको छ । संसारका देशहरू साना होस् वा ठुला, कमजोर होस् वा शक्तिसम्पन्न सबैले एकले अर्काको सम्मान गर्नुपर्छ । बराबरीको सिद्धान्तको आधारमा वार्ता गरिनुपर्छ भने सम्झौताका अन्तर्राष्ट्रिय ऐन नियमको बचाउ सबैले गर्नुपर्छ । विश्व व्यापार तथा लगानीको सुरक्षा र विश्वव्यापी विकासलाई बढावा दिने यो एक आधारभूत नियम हो । यसको ठीकविपरीत अमेरिकी प्रशासनले बरोबर स्थापित बहुराष्ट्रिय व्यापार नियमहरूलाई लत्याउँदै गम्भीर तथा विध्वंसात्मक पाइलाहरू चाल्यो तथा चालु अन्तर्राष्ट्रिय आर्थिक बन्दोबस्तलाई खोइरो खन्ने काम गर्दै छ । संरा अमेरिकी प्रशासनले धेरै अवसरमा विश्व व्यापार सङ्गठनका नियम र कार्यप्रणालीलाई हाकाहाकी आलोचना ग¥यो । उसले बहुपक्षीय व्यापार व्यवस्थालाई समर्थन गर्न अस्वीकार ग¥यो । साथै, विश्व आर्थिक प्रशासनबारेमा नकारात्मक दृष्टिकोणका कारण एपेक (APEC) वाणिज्य मन्त्रीहरूको भेला २०१७ र २०१८ असफल हुन पुग्यो जसले गर्दा बहुपक्षीय व्यापारका विषयहरूमा सहमति हुन सकेन । संरा अमेरिका व्यापारमा संरक्षणवादको विरोधको विपक्षमा हुँदा एपेकका सबै सदस्यहरू सो ‘विरोधको विरोध’ मा उभिएका थिए । अमेरिकाले WTO को पुनरावेदन अङ्ग (Appellate body) लाई बहिष्कार गर्दा सो अङ्गमा हुने नियुक्तिलाई रोकेको कारण पदाधिकारीहरूको आवश्यक सङ्ख्या नपुग्दा विवाद समाधान प्रणाली नै शिथिल अवस्थामा पुग्यो ।

२. यस्तो तरिकाले विश्व व्यापार र विश्व अर्थतन्त्रको पुनरुत्थानमा बाधा पु¥याउँछ
भू–मण्डलीकरणसँगै विश्वका अर्थतन्त्रहरू एक आपसमा व्यापारमार्फत जोडिँदै आएका छन् । विश्वव्यापी आर्थिक वृद्धिको निम्ति व्यापार मुख्य यन्त्र हो । विश्व बैङ्कका अनुसार अन्तर्राष्ट्रिय अर्थतन्त्रको व्यापारमा निर्भरता १९६० देखि २०१७ सम्ममा १७.५ प्रतिशतबाट ५१.९ प्रतिशतसम्म वृद्धि भएको छ ।
सन् २००८ को आर्थिक सङ्कटको छायाबाट विश्व अर्थतन्त्र बिस्तारै निस्किने प्रयास गर्दै गरेको अवस्था छ तर पूर्णरूपमा तङ्ग्रिन अहिलेसम्म कुनै ठोस आधार भेट्टाइसकेको छैन । यस्तो अवस्थामा संरा अमेरिकी प्रशासनको क्रियाकलापले सुरू गरेको ठुलो परिमाणको व्यापारिक मतभेद र विश्व व्यापारको प्रवाहमा आएको बाधाका कारण विश्व अर्थतन्त्र पुनः तङ्ग्रिने कार्यमा नराम्रो असर परेको छ । संरा अमेरिकाको व्यापारिक संरक्षणवादका कारण बाँकी देशसँग त्यसको विरुद्ध कदम चाल्नेबाहेकका उपाय नै रहेन । यसको कारण विश्व अर्थ व्यवस्था र व्यापार प्रणालीमा अवरोध सृजना भई विश्वव्यापी अर्थतन्त्र उकास्ने कार्यमा बाधा पुग्नेछ र व्यापारिक कम्पनीदेखि सबै देशका जनताको हितलाई समेत यसको असर पर्न गई विश्व अर्थतन्त्र पुनः आर्थिक सङ्कटमा फस्ने सम्भावना छ ।
विश्व बैङ्कले प्रकाशन गरेको ‘विश्व आर्थिक सम्भावनाहरू’ को जून ५, २०१८ को तथ्याङ्कका अनुसार संसारभर व्यापकरूपमा देखिएको करको वृद्धि नकारात्मक असरहरूका कारण सन् २०२० सम्ममा विश्व व्यापारमा ९ प्रतिशतले गिरावट आउन सक्नेछ । यसको गम्भीर असर विशेषगरी उदीयमान बजार र संरा अमेरिकासँग व्यापारिक एवम् वित्तीय सम्बन्ध बढी भएका देशहरूमा पर्ने देखिन्छ । विश्व व्यापार सङ्गठन (WTO) का निर्देशक (Director General) रोबर्टो अजेवेडोका अनुसार यदि भन्सार दर GATT/WTO पूर्व अवस्थामा पुग्ने हो भने विश्व अर्थतन्त्र २.५ प्रतिशतले खुम्चिनेछ र ६० प्रतिशतभन्दा बढी विश्वव्यापारमा कमी आउनेछ र २००८ को आर्थिक सङ्कटभन्दा बढी प्रभाव पार्नेछ । व्यापार युद्धले सबैलाई नोक्सान पु¥याउँछ, विशेषगरी गरिबलाई यसले धेरै असर पार्नेछ जसको क्रयशक्ति ६३ प्रतिशतसम्म घट्ने सम्भावना छ । इतिहासले पनि पुष्टि गरिसकेको छ कि व्यापार युद्धले कसैलाई जिताउँदैन बरु विश्वशान्तिमा समेत नराम्रो असर पर्न गई विकासमा धेरै बाधा पु¥याउँछ ।
३. विश्वव्यापी मूल्य चक्र (Value Chain) मा असर
गहिरो ढङ्गले एकीकृत आजको विश्व अर्थतन्त्रमा देशहरू मिलेर अति प्रभावकारी विश्वव्यापी मूल्य चक्र बनेको छ र आर्थिक विश्वव्यापीकरणका लाभहरू श्रम विभाजन गर्दै प्रविधि, श्रम र पुँजीलाई आ–आफ्नो हितमा डो¥याइरहेका छन् । कम्पनीहरूले, विशेष गरेर बहुराष्ट्रिय कम्पनीहरूले विश्वव्यापीरूपमा स्रोतहरूको बाँडफाँड गरेर वस्तुहरूको उत्पादन मूल्य घटाएर तथा गुणस्तर बढाएर आफ्नो तथा उपभोक्ता दुवैको लागि फाइदा पु¥याइरहेका छन् ।
भन्सारको वृद्धि र व्यापारमा अवरोध सृजना गरी संरा अमेरिकी प्रशासनले व्यापारिक विवाद उत्पन्न गरेर विश्वलाई नै चिढ्याएको छ । संरा अमेरिकी बहुराष्ट्रिय कम्पनीलाई संरा अमेरिकामै नफर्के धोकेबाजको संज्ञा दिने तथा दमनकारी करहरू लागु गर्ने धम्की दिइरहेको छ । त्यस्ता कार्यले विश्वव्यापी मूल्य चक्रलाई बिथोल्ने मात्र नभई ध्वस्त पार्नुका साथै विश्वको व्यापारको सामान्य प्रवाह र स्रोत व्यवस्थापनलाई समेत विशृङ्खलित गर्न सक्दछ । त्यसैगरी, विश्व नै व्यापार र आर्थिकरूपले एकअर्कासँग जोडिएको कारण यसको नकारात्मक असर पर्न गई विश्व अर्थतन्त्रकै क्षमता कम हुनेछ । उदाहरणको लागि अटोमोबाइल, इलेक्ट्रोनिक्स र हवाईजहाजजस्ता क्षेत्रहरू जटिल एवम् विशाल औद्योगिक शृङ्खलाहरूको सहयोगमा मात्र सम्भव छ । खुम्चिँदो व्यापारका कारण जापान, युरोपेली सङ्घ र दक्षिण कोरियाजस्ता आपूर्ति चक्र (Supply Chain) अर्थतन्त्रका देशहरूलाई नकारात्मक असर पर्नेछ । संरा अमेरिकी आपूर्तिकर्ताहरू पनि यसका तरङ्गहरूबाट अछुतो रहन सक्ने अवस्था छैन । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाद्वारा पहिलो चरणको भन्सार वृद्धिअन्तर्गत लक्ष्य लिएको ३४ अर्ब अमेरिकी डलरको चिनियाँ उत्पादनको २० अर्ब डलर अर्थात् ५९ प्रतिशत बराबरको मूल्यका वस्तुहरू संरा अमेरिका, युरोपेली सङ्घ, जापान र दक्षिण कोरियालगायतका चीनमा सञ्चालित अर्थतन्त्रका उत्पादनहरू छन् । अतः अमेरिकी प्रशासनले गरेको भन्सार वृद्धिको मोल विश्व औद्योगिक शृङ्खलाका सबै देशका कम्पनीहरू सँगसँगै अमेरिकी कम्पनीले समेत तिर्नु पर्नेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषको १७ अप्रिल २०१८ को ‘World Economic Output’ प्रतिवेदनका अनुसार करको वृद्धि तथा व्यापारमा अवरोधका कारण विश्वव्यापी मूल्य चक्रमा बाधा पुग्नुका साथै नयाँ प्रविधिको विकास तथा फैलावटमा सुस्तता आउनेछ जसको कारण विश्वको उत्पादकत्व तथा लगानीमा समेत कमी आउनेछ । Peterson Institute for International Economics (PIIE) का अनुसार यदि अमेरिकाले चीनमाथि व्यापारिक प्रतिबन्ध लगायो भने चीनको तत्कालको जवाफी कारबाहीसँगै चीनमा मध्यवर्ती वस्तुहरू तथा कच्चा पदार्थ आयात गर्ने देशहरूले पनि ठुलो प्रहार गर्नेछन् ।


४. व्यापार संरक्षणवादले अन्ततोगत्वा अमेरिकालाई नै घाटा गर्नेछ
आर्थिक शक्तिहरू विशेष गरेर ठुला आर्थिक शक्तिहरू अहिले धेरै स्वतन्त्र छन्, यसका लागि अहिलेको आर्थिक विश्वव्यापीकरणलाई श्रेय दिनुपर्दछ । यस अर्थमा संरा अमेरिकी प्रशासनद्वारा एकतर्फीरूपमा सुरू गरेको व्यापार युद्धले अरू अर्थतन्त्रलाई मात्र नभई स्वयम् अमेरिकालाई पनि असर पर्नेछ ।
यसले उत्पादन मूल्य बढाउनुका साथै संरा अमेरिकामा रोजगारीका अवसर घटाउनेछ । PIIE को रिपोर्टअनुसार चीनमा उच्च भन्सार लगाइएका वस्तुहरूको ९५ प्रतिशत पार्टपुर्जा र इलेक्ट्रोनिक्स सामग्रीहरू संरा अमेरिकामा बनेका सामग्रीहरूमा प्रयोग हुने सामग्रीहरू हुन् । यसको कारण चिनियाँ वस्तुमा गरिएको कर वृद्धिको उल्टै अमेरिकालाई नै असर पर्नेछ । ‘न्युयोर्क टाइम्स’ का अनुसार संरा अमेरिकाको नाउ उद्योगका लागि चीनमा उत्पादन भएका इलेक्ट्रिक मोटर तथा अरू पार्टपुर्जाहरू अत्यन्त महत्वपूर्ण छन् र हाल यसलाई प्रतिस्थापन गर्न यसका निर्यातकर्ताहरूलाई गा¥हो छ । यसमा अहिलेको नाफा कममात्र हुँदा २५ प्रतिशतको कर वृद्धिलाई थाम्न सक्नेछैन र मूल्य वृद्धि गर्दा बजारको सेयरमा ठुलो असर पर्नेछ । त्यसैगरी, जेनरल इलेक्ट्रिक्स (General Electrics) का अनुसार चीनबाट हुने आयातमा गरिएको कर वृद्धिले उसको उत्पादन मूल्य ३०–४० करोड डलरले वृद्धि हुनेछ । फोर्ड मोटर्स (Ford Motors) र फियाट क्राइस्लर अटोमोबाइल्स (Fiat Chrysler Automobiles) ले भन्सार वृद्धिले गर्दा आफ्नो वर्षभरिको नाफाको पूर्वानुमान नै घटाएको छ । अमेरिकाको सबैभन्दा ठुलो किला–काँटी कारखाना मिड–कन्टिनेन्ट (Mid-Continent) ले स्टिलको भाउ बढाएपछिको मूल्य समायोजन गर्न मूल्य वृद्धि गर्दा किलाको बिक्री ५० प्रतिशतले घटेको छ, जसको कारण ५०० मध्ये ६० जना कामदारले जून महिनादेखि काम छोड्नु परेको छ भने अरू २०० जना कामदार घटाउने योजना रहेको छ । मिड कन्टिनेन्ट (Mid-Continent) को समस्याले बिस्तारै तलतिर पनि असर पर्न थालेको छ । उदाहरणको लागि मिड कन्टिनेन्ट (Mid-Continent) र त्यो जस्तै कम्पनीहरूबाट बट्टा (Packaging) को माग घटेपछि सेमो प्याकेजिङ (Semo packaging) ले पनि कामदारको सङ्ख्या घटाएको छ । PIIE का अनुसार पनि आयातीत अटोमोबाइलहरूमा भन्सार वृद्धिका कारण संरा अमेरिकामा १,९५,००० ले आफ्नो रोजगारी गुमाउनु पर्नेछ । यदि यही किसिमले अन्य देशहरूले जवाफी कारबाही गरेमा ६ लाख २४ हजार संरा अमेरिकी जनताले रोजगारी गुमाउनेछन् । यसले संरा अमेरिकी बजारभाउ बढाउने र उपभोक्ताहरूलाई नोक्सानी पु¥याउनेछ । चीनबाट संरा अमेरिकामा निर्यात वस्तुको महत्वपूर्ण भाग दैनिक उपभोग्य वस्तुहरू हुन् । खानेकुरा र अटोमोबाइलबाहेकका अन्य उपभोग्य वस्तुहरूको अनुपात सन् २०१७ मा ४६.६ प्रतिशत रहेको कुरा संरा अमेरिकी वाणिज्य विभागअन्तर्गतको आर्थिक विश्लेषण विभागले जनाएको छ । चीनबाट निर्यात गरिएका सस्तो तर गुणस्तरीय उत्पादनहरूका कारण नै संरा अमेरिकामा कैयौँ वर्षदेखि मुद्रास्फीति नबढेको हो । उत्पादकहरूले अर्थतन्त्र बिगार्ने भन्सार वृद्धि नगर्न प्रशासनलाई अनुरोध गरेको छ । यसको उल्टो असरका कारण संरा अमेरिकी उपभोक्तालाई थप करको भार बढाउनेछ । सन् २०१८ मे ३ का दिन संरा अमेरिकी करदाता सङ्घले खुला पत्रमार्फत संरा अमेरिकी काङ्ग्रेसलाई यस्तो किसिमको भन्सार वृद्धिले सर्वसाधारण अमेरिकी जनतामाथि करको भार वृद्धि हुनुका साथै बजार भाउ वृद्धिका कारण थोरैलाई मात्र नाफा हुने र बहुमतलाई यसले घाटा नै गर्नेछ ।
संरा अमेरिकी अटोमोबाइल उत्पादकहरूको गठबन्धनले सन् २०१७ मा भएको अटोमोबाइलको बिक्रीका आधारमा विश्लेषणको आधार तयार गरिएको प्रतिवेदनअनुसार यदि संरा अमेरिकामा निर्यात गरिने अटोमोबाइलमा २५ प्रतिशतले भन्सार वृद्धि गरिएमा संरा अमेरिकी उपभोक्ताहरूले सरदर ५८०० डलरको हिसाबले अतिरिक्त मूल्यमा खरिद गर्नुपर्नेछ ।
यसको कारण व्यापारिक साझेदारहरूको जवाफी कार्यले गर्दा उल्टै अमेरिकालाई नै नोक्सान हुनेछ । अमेरिकी प्रशासनले चीन र अरू महत्वपूर्ण व्यापारिक साझेदारहरूसँग छेडेको व्यापार युद्धका कारण जवाफी कार्यका लागि सबै देश बाध्य भएका छन्, जसको कारण संरा अमेरिकालाई केही महत्वपूर्ण प्रान्त, उद्योग र फर्महरूमा नराम्रो असर पर्नेछ । जुलाई २०१८ को अन्तसम्ममा संरा अमेरिकाका महत्वपूर्ण व्यापार साझेदारहरू – चीन, क्यानाडा, मेक्सिको, रसिया, युरोपेली सङ्घ र टर्कीले संरा अमेरिकाको व्यापारिक संरक्षणवादको विरुद्ध जवाफी कार्यहरूको घोषणा गरिसकेका छन् भने विश्व व्यापार सङ्गठनमा समेत उजुरी दिइसकेका छन् । उदाहरणका लागि क्यानाडाले जून २९ मा घोषणा गरी १२.६ अर्ब बराबरको अमेरिकी वस्तुमा जुलाई १ देखि लागु हुनेगरी भन्सार वृद्धि गरिसकेको छ । त्यसैगरी, रुसको अर्थ मन्त्रालयले केही संरा अमेरिकी उत्पादनमा २५ देखि ४० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा जुलाई ६ मा गरेको थियो । संरा अमेरिकाले युरोपको स्टिल र आल्मुनियममा लगाएको करको विरुद्ध युरोपेली सङ्घले पनि संरा अमेरिकामा उत्पादन हुने मोटरसाइकलमा ६ देखि ३१ प्रतिशतसम्मको भन्सार वृद्धि गरेको छ ।
संरा अमेरिकी वाणिज्य विभाग (US Chamber of Commerce) ले व्यापार युद्धले अमेरिकाका केही प्रान्तमा नराम्रो असर पु¥याउनेछ भनी औँल्यायो । उदाहरणको लागि जवाफी भन्सार वृद्धिका कारण टेक्सासमा ३ अर्ब ९० करोड, साउथ क्यारोलिनामा ३ अर्ब, टेनेस्सीमा १ अर्ब ४० करोड अर्ब बराबरको निर्यातमा कमी आउनेछ । अमेरिकी सरकारले कर वृद्धि गरेर साँचो अर्थमा आफ्ना मतदातालाई सजाय दिइरहेको छ, यसको कारण निर्यातमुखी अर्थतन्त्र भएका नर्थ क्यारोलिनामा १,५०,०००, साउथ क्यारोलिनामा ६५०० कामदारहरूको रोजगारी गुम्ने तथ्य उपभोक्ता छनौट केन्द्र (Consumer Choice Center) ले प्रस्तुत गरेको छ । युरोपेली सङ्घको जवाफी कर वृद्धिका कारण युरोपमा निर्यात गरिने हरेक हार्ले डेभिड्सनका मोटरसाइकलमा २२०० डलर बराबरको मूल्य बढ्नेछ जसको कारण हार्ले डेभिड्सन, अमेरिकाको प्रसिद्ध मोटरसाइकल कम्पनीलाई मात्र २०१८ को बाँकी समयमा ३ करोडदेखि ४ करोड ५० लाख डलरसम्म भन्सारकै कारण मात्र मूल्यमा वृद्धि हुने अनुमान गरिएको छ । यसको कारण उसले आफ्नो मोटरसाइकलका केही उत्पादनलाई अरू देशमा स्थानान्तरण गर्दै छ ।
यसले गर्दा संरा अमेरिकी वित्तीय वातावरणप्रति लगानीकर्ताहरूको विश्वास घट्नेछ, जसको कारण संरा अमेरिकामा कुल बाह्य लगानी घट्नेछ । जसै व्यापारिक घर्षण बढ्छ, कम्पनीहरूको लगानी गर्ने आत्मविश्वास पनि घट्नाले लगानी गर्न हिच्किचाउनेछन् । पिटर्सन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनिमिक्स (PIIE) का अध्यक्ष एडम एस. पोसेनका अनुसार व्यापार युद्धबाहेक पनि संरा अमेरिकी सरकारको आर्थिक राष्ट्रवाद (Trade nationalism) का कारण अर्काे महत्वपूर्ण क्षेत्र, आन्तरिक लगानीमा बढी नोक्सानी पु¥याएको छ । संरा अमेरिकामा लगानी गर्ने अमेरिकी तथा बाह्य बहुराष्ट्रिय कम्पनीहरूको अमेरिकामा कुल आन्तरिक लगानी घटेर शून्यप्रायमा झरेको छ । लगानीकर्ताहरू संरा अमेरिकाबाट अरूतिर यसरी स्थानान्तरण भइरहँदा दीर्घकालीनरूपमा संरा अमेरिकाको आम्दानी घट्नेछ र विश्व अर्थतन्त्र अमेरिकाबाट अरूतिर सर्नेछ । अमेरिकी वाणिज्य विभाग आर्थिक विश्लेषण ब्यूरोका अनुसार २०१६ र २०१७ को पहिलो ३ महिनामा विदेशी लगानीको आन्तरिक प्रवाह क्रमशः १४६.५ अर्ब र ८९.७ अर्ब डलर थियो । सोही अवधिमा सन् २०१८ मा घटेर ५१.३ अर्ब पुगेको छ । दीर्घकालीन लगानीको प्रतिबद्धताको कमीका कारण संरा अमेरिकामा लागानीको आकर्षणमा आएको ¥हासका कारण यस्तो अवस्था आएको हो ।

बक्स ८ः सन् १९३० स्म्रट—हाउले भन्सार ऐनको पाठ
सन् १९३० मा आफ्नो आन्तरिक बजारको संरक्षणको लागि संरा अमेरिकाका राष्ट्रपति हुवरले स्म्रट हाउले भन्सार ऐनमा सही गरे । यसले संरा अमेरिकामा निर्यात गरिने २०,००० भन्दा बढी वस्तुमाथि भन्सार कर थपियो साथै भन्सार योग्य सामग्रीहरूमा ६० प्रतिशतसम्म कर बढाइयो । यो प्रावधानले देशभित्र र बाहिर हल्लीखल्ली भयो । यसको विरोधमा देशभित्रकै १०२८ जना अर्थविद्हरूले ‘याचिका’ मा सही गरेका थिए । ३० भन्दा बढी देशहरूले यसको कडा आलोचना गर्दै तुरुन्तै जवाफी कारबाहीहरू गरेका थिए । जसको कारण संरा अमेरिकी निर्यातमा ठाडो गिरावट आयो । ६७ प्रतिशत डलरको मूल्यमा गिरावट आएर सन् १९२९ को ४ अर्ब ४५ करोड डलरबाट सन् १९३३ सम्म १ अर्ब ४५ करोडमा पुग्यो । आयातमा त झन् ५ अर्ब १६ करोडबाट १ अर्ब ६५ करोडमा ६८ प्रतिशतको गिरावट आयो । यसले संरा अमेरिकाको कुल गार्हस्थ उत्पादन ५० प्रतिशत उच्च वृद्धि भयो जसको कारण विश्व अर्थ व्यवस्थामा नै सङ्कट ल्यायो र हिटलरको नाजी शासन र जापानको सैनिक विस्तारवादलाई हुर्कन मलजल गर्यो । इतिहासका यी गल्तीहरूलाई कहिल्यै भुल्न हुँदैन तथा यस्तो घटना कहिल्यै दोहो¥याइनु हुँदैन ।

Damage of the improper practices of the US administration to global economy

अनुवाद : हौसला
स्रोत : चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *