भर्खरै :

बिस्का जात्रा शान्तिपूर्ण, अनुशासित र मर्यादित बनाउन सद्भाव ¥याली काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक केन्द्र

बिस्का जात्रा शान्तिपूर्ण, अनुशासित र मर्यादित बनाउन सद्भाव ¥याली काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक केन्द्र

भक्तपुर, २७ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मङ्गलबार सद्भाव ¥याली भयो ।
भक्तपुर नगरको वडा नं. ९ स्थित दत्तात्रय र वडा नं. १ स्थित इनागबाट सुरू भएको ¥याली बजार परिक्रमा हुँदै भैरवको रथ तान्ने पुरातात्विक स्थल टौमढीमा पुगी सभामा परिणत भएको थियो ।
उक्त सभामा नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले मानव सभ्यताको विकासको सिलसिला संस्कृति हो† संस्कृति हाम्रो पुर्खाको गौरव हो, हाम्रो सम्पति हो† यहाँको संस्कृति पर्यटनको केन्द्र भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पुर्खाको गौरव र पर्यटनको लागि हाम्रो संस्कृतिलाई संरक्षण गर्नु जरुरी छ । पर्व, जात्रा, दाफा, भजन, वास्तुकला, मठ, मन्दिर, पोखरी, ढुङ्गेधारा सबै हाम्रो संस्कृति र सम्पदा हुन् । विज्ञान र गणितअनुसार १२ घण्टाको दिन र १२ घण्टाको रात हुने विषुवकाल बिस्का जात्रा भएको बताउनेहरू पनि छन् । हाम्रो संस्कृति प्रकृतिसँग पनि जोडिएको छ । भनिन्छ, प्रकृतिविना संस्कृति बाँच्दैन । रुसका साहित्यकार म्याक्सिम गोर्कीले मानिसको दोस्रो प्रकृति वा समाजद्वारा निर्मित स्वभाव संस्कृति बताउनुभएको थियो ।”
उहाँले भन्नुभयो, हाम्रो भूमि, हाम्रो देश, नेपाली, भक्तपुरवासी, हामी उपत्यकावासी जीउँदो नभए यहाँको हाम्रो संस्कृति पनि रहने छैन । काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक केन्द्र हो । संस्कृतिको लागि शिक्षा जरुरी छ । यसकारण, भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरेर ७७ ओटै जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा दिइरहेको हो । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न सरकारबाट छिट्टै अगाडि बढाइए नयाँ पुस्तालाई सुसंस्कृत बनाउन थप मद्दत पुग्नेछ ।”
बिस्का जात्रा बाल, बच्चा, महिला, ज्येष्ठ नागरिक, युवा सबै सहभागी भई हेर्न पाउने अवस्थामा सफल बनाउनु जरुरी रहेको उल्लेख गर्दै उहाँले बिस्का जात्रा सफल बनाउन यसमा सरोकार राख्ने सबैको सहयोग र सहभागिता जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल वायु सेवा निगमको ५० अर्ब ऋण भएको बताइयो । सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण ल्याई दुई ओटा वाइडबडी जहाज खरिद गरिएको थियो । यसबारे सुरुमा आम सञ्चारमा ८ खर्ब रुपैयाँ भ्रष्टाचार भएको समाचार प्रकाशित भयो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा साढे ४ अर्ब रुपैयाँ भ्रष्टाचार भएको उठ्यो । अहिले अख्तियारबाट १ अर्ब ३७ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपसहित ३२ जना नेपाली र ८ जना विदेशीलाई विशेष अदालतमा मुद्दा दायर भयो ।”
निगमका अधिकारीहरू कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको ब्याज महँगो हुँदा विदेशीसँग सस्तो ब्याजको डेढ खर्ब रुपैयाँ ऋण ल्याएर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण फिर्ता गरी थप हवाईजहाज खरिद गर्ने बताइरहेको चर्चा गर्दै उहाँले हामीले विदेशीसँग ऋण लिनु देशलाई उपनिवेश बनाउनु हुनेतर्फ सरकारलाई सचेत गराएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “एसियाली विकास बैङ्कको ऋणमा मेलम्चीको खानेपानी काठमाडौँ ल्याउन ६३ अर्ब रुपैयाँ खर्च गरियो । खानेपानी मन्त्रालयमा केही दिन अगाडि भएको बैठकमा अधिकारीहरूले मेलम्ची खानेपानीको मुहानमा बनाइएको मुख्य प्रवेशद्वार पहिरोमा पुरिएको हुँदा थप ४–५ अर्ब रुपैयाँ खर्च अलिकति माथिबाट पानी ल्याउने बताए । हामीले देशको सन्तुलित विकास गरी काठमाडौँ उपत्यकामा बसाइँसराइ बन्द गरेर यहाँको वरिपरिको डाँडामा पानी आउने जातको रुख रोपे एक अर्ब रुपैयाँ पनि नलाग्ने गरी पानीको व्यवस्था गर्न सकिनेतर्फ मन्त्रालयको ध्यानाकर्षण गरायौँ । काठमाडौँमा बसाइँसराइ निकै बढेको हुँदा यहाँको प्रदूषण दिनको दुई बट्टा चुरोट खाए बराबर भएको विज्ञहरूको मत रहेको छ ।”
“नेपालमा बिजुली उत्पादन भएको ११२ वर्ष भयो । सरकारहरूले कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायत जलविद्युत्मा नेपालको अधिकार छोड्दा नेपालको पानीको अधिकारसमेत गुम्यो । अहिले भारतबाट बिजुली नपठाउँदा औद्योगिक क्षेत्रमा राति ४ घण्टा लोडसेडिङ भएको सार्वजनिक भयो ।” उहाँले भन्नुभयो ।
सञ्चारमाध्यमा दैनिकरूपले भ्रष्टाचार र अनियमितताको समाचार प्रकाशित भइरहेको औँल्याउँदै उहाँले ललितानिवासको सार्वजनिक जग्गा, थँहीको कमलपोखरी, झौखेलको कमलपोखरी व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत र गुठी कार्यालयका अधिकारी दोषी हुन्† भक्तपुर च्वङापाको सांस्कृतिक स्थल, रानीपोखरी, दूध सङ्कलन केन्द्र २०४०।४१ सालमा नेपाली सेनाको नाममा दर्ता गरिएको पुनःसार्वजनिक गर्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चैत २७ गतेबाट सुरु भई वैशाख ५ गतेसम्म हुने बिस्का जात्रामा हजारौँ स्वदेशी र विदेशी पर्यटकहरूले प्रत्यक्ष अवलोकन गर्न आउने तथा विभिन्न सञ्चार माध्यमहरूबाट विश्वभरका नागरिकहरूले प्रत्यक्ष हेर्ने हुनाले जात्रालाई शान्तिपूर्ण, व्यवस्थित र सभ्य बनाउनु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले चाड–पर्व र जात्राहरूको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिन भक्तपुर नगरपालिकाले कक्षा १ देखि ८ सम्म नगरभित्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागु गरी पठनपाठन गराइरहेको जानकारी दिँदै मूर्त र अमूर्त सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार तथा संरक्षण र संवद्र्धन भक्तपुर नगरपालिकाले निरन्तर गर्दै आइरहेको बताउनुभयो । उहाँले जात्राको बेला कसैलाई पनि अप्ठेरो महसुस गर्न नपरोस् भन्ने हेतुले नगरको जात्रा हुने भेलुखेललगायतका केही स्थानहरूलाई मदिरा निषेधित गरिएको जानकारी दिनुुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जात्रालाई व्यवस्थित गर्न सुरक्षा निकायको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै जात्रालाई शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
गुठी संस्थान, भक्तपुर शाखाका प्रमुख खिमा ओलीले गुठी संस्थान, भक्तपुरले प्रसिद्ध बिस्का जात्रा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गरिसकेको जानकारी दिँदै चैत २७ गते दिनको ३ बजेबाट समयमै जात्रा सुरु गरी जात्रालाई सफल बनाउन पुजारी, नाइके तथा नगरवासीहरूको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले जात्रालाई भव्य, सभ्य, शान्तिपूर्ण, सुरक्षित, अनुशासित, मर्यादित र मैत्रीपूर्ण तरिकाले जात्रा सम्पन्न गर्न जनसमुदायले आप्mनै जात्रा हो भन्ने भावनाका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
¥याली सुरु हुनुअघि दत्तात्रयमा रवीन्द्र ज्याख्व र वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले बोल्नुभएको थियो भने वडा नं. १ इनागमा भनपाका उपप्रमुख रजनी जोशी र वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बोल्नुभएको थियो ।
¥यालीमा सुरक्षाकर्मी, स्काउट, खेलाडी, स्वास्थ्यकर्मी, सहकारीकर्मी, रेडक्रस, शिक्षक, विद्यार्थी, विभिन्न सामाजिक संस्था, विभिन्न वाद्यवादनको टोली, महिला, युवा, किसान, मजदुर, कर्मचारी, व्यवसायी, जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूको व्यापक उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *