अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ३० चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बिहीबार र शुक्रबार मासु पसल अनुगमन गरियो ।
अनुगमन टोलीले न्यु नवदुर्गा कोल्ड स्टोरमा फोहर व्यवस्थापन व्यवस्थित नभएकोले सरसफाइमा ध्यान दिन र कुखुरा सफा गरेको फोहर ढल निकासमा नपठाउन र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । इन्द्रायणी कोल्ड स्टोरमा मूल्यसूची राख्ने, फ्रिजमा बोरालगायतका अन्य जथाभावी सामानहरू नराख्ने र फ्रिजिङ प्रणाली व्यवस्थित गर्ने, पसलमा जथाभावी राखेका सामग्रीहरू व्यवस्थित गर्ने, सरसफाइमा ध्यान दिने, मासु धुवाँ धुलोले नभन्किने गरी सीसाको बाकस राख्ने र दर्ता प्रमाणपत्र लिएर तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई बिग्रेको मासु ३.५ केजी नष्ट गरियो । त्यस्तै वीएनसी मिट सपमा पसल तीन दिनभित्र दर्ता गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, मूल्यसूची राख्न, फ्रिजमा फ्रिजिङ प्रणाली व्यवस्थित गर्न, लेबल नभएको लगायत कुनै पनि सामान बेचबिखन नगर्न र तीन दिनभित्र दर्ता प्रमाणपत्र लिई नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु दुई थान जफत गरी बिग्रेको मासु १६.५ केजी नष्ट गरेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
बिहीबार भएको अनुगमनमा कार्यविनायक मिट सपमा मासु धुवाँ धुलोले नभन्किने गरी सिसाको बाकस राख्न, पसल फोहर देखिएकोले सरसफाइमा ध्यान दिन, फोहर कपडा हटाई तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो । त्यस्तै सिद्धि गणेश मिट सपमा पुरानो बासी मासु १.५ केजी जफत गरी सरसफाइमा ध्यान दिन निर्देशन दिइयो । बीएस मिट सेन्टरमा धुलो धुवाँले मासु फोहर नहुने गरी सिसाको बाकसमा राख्न, सरसफाइमा ध्यान दिन, फ्रिज फोहर भएकोले सफा गर्न आग्रह गरी बासी रगत ७ लिटर नष्ट गरियो । कमलविनायक मिट सपमा फ्रिजमा मासु स्टोर गर्दा जि बल्क झोला प्रयोग गर्न, सीसाको बाकस राखेर दर्ता नवीकरणसहित ३ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो । सुरेन्द्र मिट सपमा नियमित सरसफाइमा ध्यान दिन र पसल बाहिर सामान नराख्न निर्देशन दिइयो । जुजु मिट सप फ्रिजमा मासु स्टोर गर्दा जि बल्क झोला प्रयोग गर्न निर्देशन दिइयो । त्यस्तै नवीन मिट सपमा सेतो एप्रोन लगाउन, मूल्यसूची राख्न, बाटोमा राखेको पसल छत हटाउन निर्देशन दिइयो । त्यस्तै सुरेन्द्र मिट हाउसमा सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइयो ।
अनुगमन समितिका सदस्य एवम् वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशनमैँया सुवाल, ज्ञानबहादुर मानन्धर, भनपा स्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक अक्कलबहादुर बिष्ट, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य सङ्घका राजेश त्वानाबासु, घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, पशुसेवा कार्यालयका पार्वती योञ्जनको सहभागिता थियो ।
Leave a Reply