भर्खरै :

के इरान र इजरायलबिचको सङ्कट चुलिएला ?

के इरान र इजरायलबिचको सङ्कट चुलिएला ?

अप्रिलको सुरुमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको बदला लिन इरान र सहयोगी सशस्त्र समूहहरूले शनिबार राति इजरायलमा समन्वित ड्रोन र मिसाइल हमलाहरू गरे ।
इरानको सैन्य कारबाहीले आफ्नो शक्ति र मनोवृत्ति प्रदर्शन गरेको छ । इरानले सयौँ मिसाइल र ड्रोनहरू प्रक्षेपण गरेको छ र इराकी शिया मिलिशियाहरू, लेबनानी हिजबुल्लाह र यमनी हुथीजस्ता सेनाहरूले इरानी सङ्गठनहरूसँग समन्वय गरी मध्यपूर्वमा इरानको प्रभाव देखाउँदै इजरायलविरुद्ध रकेट र ड्रोन आक्रमणहरू प्रक्षेपण गरे । इरानले इजरायल वा यसका विदेशी संस्थाहरूमा लगातार आक्रमण गरेन र द्वन्द्वलाई लम्ब्याउन इच्छुक नभएको मनोवृत्ति देखाउँदै आक्रमणहरू समाप्त भएपछि पहिलो अवसरमा ‘प्रतिशोधको अन्त्य’ घोषणा ग¥यो ।
चयन गरिएका लक्ष्यहरू हेरी हमला सञ्चालन गरिएको थियो । यसले इरानको मनसाय क्षेत्रीय तनाव बढाउनु होइन भन्ने तथ्यलाई सङ्केत गर्दछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अप्रिल १३ मा भएको फोनवार्तामा इरानविरुद्धको कुनै पनि इजरायली जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने बताए । यद्यपि, इजरायलको भावी सम्भावित प्रतिशोधका साथै इरानका क्षेत्रीय सहयोगीहरूको आक्रमण गतिविधिलाई ध्यानमा राख्दा क्षेत्रीय द्वन्द्व बढ्ने खतरा अझै छ । इजरायलले भविष्यमा इरानमाथि ठुलो मात्रामा सीधा आक्रमण गर्ने सम्भावना छैन, तर इराक, सिरिया र लेबनान द्वन्द्वको केन्द्रबिन्दु बन्ने उच्च सम्भावना छ ।
इरानले आक्रमण गर्नुअघि संयुक्त राज्य अमेरिकाले क्षेत्रीय देशहरू, विशेषगरी इजरायललाई तयार रहन आग्रह गर्दै लगातार चेतावनी जारी ग¥यो । इरानी आक्रमणको सुरुवातपछि, इजरायल, संयुक्त राज्य अमेरिका र तिनीहरूका सहयोगीहरूले मध्यपूर्वमा इरान र अन्य सशस्त्र समूहहरूबाट ड्रोन र मिसाइलहरू तिनीहरूको सैन्य अड्डाहरू र जलसेनाका फ्लीटहरूमार्फत रोके ।
संरा अमेरिका इजरायल र इरानबिचको द्वन्द्वमा गहिरोरूपमा संलग्न हुन चाहँदैन । संयुक्त राज्य अमेरिका र इजरायलबिचको ‘अटुट बन्धन’ ले इजरायलको सुरक्षाको रक्षा गर्न अमेरिकालाई आवश्यक बनाउँछ । यद्यपि, यो पनि चिन्तित छ कि इजरायलको लापरबाहीपूर्ण आक्रमणले संयुक्त राज्य अमेरिकालाई मध्यपूर्वको जटिलताहरूमा पुनः संलग्न गराउनेछ, जसले घरेलु जनमत र राजनीतिक विरोध र विवाद उत्पन्न गर्न सक्छ ।
इजरायलको लागि इरानमा लक्ष्यहरूविरुद्ध बदला लिने दबाब आवश्यक छैन । यद्यपि, इजरायलले बदला लिने धम्की दिएको छ । इरानको विरुद्धमा ठुलो मात्रामा प्रत्याक्रमण सुरु गर्न पर्याप्त प्रेरणाको कमी छ : इजरायलका जनता चिन्तित छैनन्† द्वन्द्वको रातमा इजरायलीहरूको सामान्य सामाजिक जीवन त्यति प्रभावित भएको थिएन । द्वन्द्वको हालको चरणले इजरायलमा ठुलो क्षति पु¥याएको छैन । यसबाहेक, संयुक्त राज्य अमेरिकाको समर्थन र सहयोगबिना इजरायललाई इरानविरुद्ध पूर्ण मात्रामा प्रत्यक्ष आक्रमण गर्न निकै कठिन हुनेछ ।
तर, सङ्कट रातारात अन्त्य हुँदैन । इजरायलले भविष्यमा प्रतिशोधात्मक कदम चाल्न बाध्य छ र यसले इरानमा प्रत्यक्ष र ठुलो मात्रामा आक्रमण गर्ने सम्भावना नरहेको हुनाले, यसले सिरिया, लेबनान र अन्यमा इरानी लक्ष्यहरूमा आक्रमण गर्ने सम्भावना छ । त्यसैले द्वन्द्वको सम्भावित वृद्धिको जोखिम अझै अवस्थित छ र द्वन्द्व छोटो अवधिमा समाप्त हुँदैन ।
उही समयमा, गाजापट्टीमा लडाइँ अझै समाप्त भएको छैन र इजरायल र हमासको बिचको भिन्नता यति ठुलो छ कि तिनीहरूलाई छोटो अवधिमा बराबर गर्न सकिँदैन । यो डर छ कि गाजामा द्वन्द्व जारी रहनेछ र भविष्यमा त्यस क्षेत्रको स्थिति अझै धेरै तनावपूर्ण रहनेछ । त्यसको अन्त्यको लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग र राम्रो प्रयास आवश्यक हुनेछ ।
अक्टोबर २०२३ मा प्यालेस्टिन–इजरायली द्वन्द्वको वर्तमान चरणको प्रकोपपछि, विभिन्न परम्परागत द्वन्द्वहरू देखा पर्दै र द्वन्द्वका नयाँ जोखिमहरूसँग मध्यपूर्वमा तनाव निरन्तर जारी छ । अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय राज्यहरूले द्वन्द्व अन्त्य गर्न र शान्ति र स्थायित्वको बाटो खोज्न पक्षहरूलाई पूर्णरूपमा सहयोग गर्न आवश्यक छ ।
– ‘सीजीटीएन’ बाट
अप्रिल १६, २०२४
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *