भर्खरै :

वाङ यी र इन्डोनेसियाका विदेशमन्त्रीद्वारा संयुक्त पत्रकार सम्मेलन

वाङ यी र इन्डोनेसियाका विदेशमन्त्रीद्वारा संयुक्त पत्रकार सम्मेलन

पेइचिङ, १८ अप्रिल (सीआरआई) । स्थानीय समय अप्रिल १८ का दिन चीनका परराष्ट्र मन्त्री वाङ यीले जाकार्तामा इन्डोनेसियाका विदेशमन्त्री रेटनो मार्सुदीसँग भेटवार्तापछि संयुक्तरूपमा पत्रकारसँग कुराकानी गर्नुभएको छ ।
वाङ यीले इन्डोनेसियाको यस पटकको भ्रमणको उद्देश्य दुई मुलुकका राष्ट्रानायकबिच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्नु, इन्डोनेसियाको समर्थन दिनु र द्विपक्षीय सम्बन्धलाई नयाँ तथा थप विकासलाई अगाडि बढाउनु रहेको बताउनुभयो । उहाँले विदेशमन्त्री रेटनोसँग फलदायक भेटवार्ता भएको र व्यापक सहमति प्राप्त भएको पनि उल्लेख गर्नुभयो ।
वाङ यीले चालु वर्ष जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव रहेको बताउँदै आगामी वर्ष इन्डोनेसिया स्वतन्त्रताको ८० औँ वार्षिकोत्सव हुने र चीन तथा इन्डोनेसियाबिच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव हुने कुरामा जोड दिनुभयो । सो अवसरमा चीनले इन्डोनेसियासँग दुई मुलुकको भाग्य समुदायको सिर्जनालाई अगाडि बढाउने आशा लिएको कुरा पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *