नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
तेहरान, १८ अप्रिल (एएफपी) । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ । मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहर नजिक विस्फोटको आवाज सुनिएको बताएको छ ।
सप्ताहन्तमा इरानले इजराइलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजरायलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई रोकिएको थियो ।
इरानको फार्स समाचार समितिले कहजावरेस्तान, इस्फहान विमानस्थल र शेखरी सेनाको विमानस्थल नजिक ‘तीन वटा विस्फोट’ सुनिएको बताएको छ । इरानको अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डेलिरियनले भने ‘धेरै’ ड्रोनलाई ‘सफलतापूर्वक खसालिएको’ बताउनुभयो । “मिसाइल आक्रमणको कुनै रिपोर्ट गरिएको छैन,” उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।
आधिकारिक आइआरएनए समाचार समितिले भनेको छ, “कुनै पनि हवाई खतराको प्रभावले कुनै ठुलो क्षति वा ठुलो विस्फोट नभएको रिपोर्टहरूले सङ्केत गरेका छन् ।” इरानको तस्निम समाचार समितिले इस्फहानमा आणविक केन्द्रहरू ‘पूर्णरूपमा सुरक्षित रहेको’ रिपोर्ट गरिएको बताएको छ ।
एबीसी र सीबीएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आक्रमण गरेको बताएका छन् । ह्वाइट हाउस वा पेन्टागनका तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन । सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै इजरायली आक्रमणको लक्ष्य आणविक नभएको बताएको छ । इजरायली सेनाले एएफपीलाई भनेको छ, “हामीसँग अहिले कुनै टिप्पणी छैन ।”
सप्ताहन्तमा इरानले क्षेत्रीय शत्रु इजराइलमाथि आफ्नो पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो । इजरायलले आफ्ना सहयोगीहरूको सहयोगमा इरानले प्रहार गरेका तीन सय मिसाइल र ड्रोनमध्ये अधिकांशलाई रोकेको र कसैको मृत्यु नभएको बताएको छ ।
युरोपेली सङ्घ (ईयू) ले इरानको ड्रोन कार्यक्रमलाई प्रतिबन्ध लगाउने बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्दै भन्नुभयो, “हामी इरानलाई जवाफदेही बनाउँदै छौँ ।”
आइआरएनएले भनेको छ, “इरानको हवाई रक्षालाई मुलुकका धेरै प्रान्तको आकाशमा सक्रिय बनाइएको छ ।” मेहर समाचार समितिले भनेको छ, “तेहरान, इस्फहान र शिराजका लागि उडानहरू र पश्चिम, उत्तरपश्चिम तथा दक्षिणपश्चिममा विमानस्थलहरू निलम्बन गरिएको छ ।”
आक्रमणबारे अमेरिकालाई अग्रीम चेतावनी दिइएको थियो– अमेरिकी सञ्चारमाध्यम
यसैबिच वासिङ्टनबाट प्राप्त समाचारअनुसार अमेरिकालाई इरानमाथि इजरायलको कथित आक्रमणबारे अग्रीम सूचना प्राप्त भएको अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । यद्यपि, अमेरिकाले उक्त अपरेसनको समर्थन नगरेको वा कार्यान्वयमा कुनै भूमिका निर्वाह नगरेको एनबीसी र सिएनएनले बताएका छन् ।
इजरायलले बिहीबार अमेरिकासँग आगामी दिनहरूमा इरानविरुद्ध जवाफी कारबाही गर्ने बताएको छ ।
Leave a Reply