भर्खरै :

बेचियो कुमारीपाटीको ऐतिहासिक पोखरी

बेचियो कुमारीपाटीको ऐतिहासिक पोखरी

काठमाडौँ, ९ वैशाख (बीमा पोष्ट) । ललितपुरको कुमारीपाटीमा ऐतिहासिक तः पुखु मासेर व्यक्तिले घर बनाएको भेटिएको छ । २०२१ सालको नापीमा पोखरी कायम रहेको उक्त सरकारी जग्गा २०५० सालको नापीमा नेपाल सरकारको नाममा आएको रेकर्ड ललितपुर मालपोत र नापी कार्यालयमा भेटिएको हो ।
२०५० पछि पोखरी मासेर सीमित व्यक्तिहरूको नाममा नामसारी भएको भेटिएको सम्पदा संरक्षणकर्मीहरूले जानकारी दिए । तः पुखु कित्ताकाट भएर व्यक्तिका नाममा दर्ता गरिनुको पछाडि तत्कालीन मेयर बुद्धिराज बज्राचार्य संलग्न रहेको तथ्य खुलेको छ ।
उनी ललितपुर उपमहानगरको मेयर हुँदा पोखरी बेचेर कर्मचारीलाई तलब खुवाएका थिए । पञ्चायतकालमा लगातार २५ वर्ष प्रधानपञ्च चलाएका बुद्धिराज बहुदल आएपछि एमालेबाट मेयर निर्वाचित भएका थिए । अहिले आफूलाई सम्पदा संरक्षणकर्मी भनेर चिनाउने बुद्धिराजले सम्पदा जोगाउने भन्दा मास्नेतिर बढी योगदान दिएको अभियन्ताहरूको आरोप छ ।
सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री समेत भएका बुद्धिराजले हालै मात्रै भारतीय दूतावासको सहयोग लिएर ५–६ वटा बौद्ध विहार निर्माण गरेका छन् । तर, त्यसको स्थापना, निर्माण र खर्चबारे उनी कसैलाई जानकारी दिँदैनन् । कतिपय विहार अहिले पनि निर्माणाधीन छन् ।
सम्पदा संरक्षणको नाममा त्यसको मौलिकता र ऐतिहासिक मूल्य मान्यता मास्ने कार्यमा बुद्धिको बुद्धि बढी नै चल्ने गरेको एक नागरिक अगुवाले बताए । ती नागरिक अगुवाका अनुसार पोखरीमात्र नभई बुद्धिराजले थुप्रै फल्चाहरू व्यक्तिलाई जिम्मा लगाएको भेटिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *