भर्खरै :

इलामको विभिन्न स्थानमा नेमकिपाको घरदैलो कार्यक्रम

इलामको विभिन्न स्थानमा नेमकिपाको घरदैलो कार्यक्रम

इलाम, ९ वैशाख । वैशाख १५ गते इलाम क्षेत्र नं.२ मा हुने उपनिर्वाचनको प्रचारप्रसारको क्रममा आइतबार नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामबहादुर दर्जी तथा कार्यकर्ताहरूको उपस्थितिमा शान्ति डाँडा, पानीटार, देउमाई नपा वडा ३, जितपुर देउमाई नपा वडा ७, सोयाक, सिद्धिथुम्का इलाम नपा ११ वडा, माई खोले, बिहीबारे माई नगरपालिकालगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भयो ।
घरदैलोको क्रममा उम्मेदवार श्यामबहादुर दर्जीले शासक दलले अहिलेसम्म जनतालाई अन्धकारमा राखेकोले पार्टीको घोषणापत्र अध्ययन गरेर मतदान गर्न आग्रह गर्नुभयो ।
देशलाई परनिर्भर बनाउने, युवालाई सस्तो ज्यामीको रूपमा बिदेसिन बाध्य बनाउनेको विरुद्ध जनता सचेत भई नेमकिपाको मादल चिन्हमा गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका संयोजक दिनेश खड्गीले लेनिनवादी नीतिअनुसार जनतालाई सचेत र सङ्गठित गर्दै शासक दलले गरेका विकृतिको विरोधमा आवाज बुलन्द गर्न पार्टीले निर्वाचनलाई उपयोग गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *