भर्खरै :

लेनिनको जन्म दिनको अवसरमा प्रवचन

लेनिनको जन्म दिनको अवसरमा प्रवचन

सुर्खेत, ९ वैशाख । विश्व सर्वहारावर्गका महान् गुरु लेनिनको १५४ औँ जन्म दिनको अवसरमा समसामयिक राजनैतिक विषयमा वीरेन्द्रनगर २ गुप्तीपुरमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले लेनिनले रुसी क्रान्तिको नेतृत्व गरेर रुसी समाजलाई समाजवादी व्यवस्थामा परिवर्तन गरेको चर्चा गर्दै पार्टीले नेपाली जनताले आफ्ना सन्तानलाई अनुशासित बनाउन पनि नेमकिपाको शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीको विचारलाई गाउँ गाउँसम्म पु¥याई शासक दलहरूले जनतामा छरेको भ्रम चिरफार गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले प्रजातान्त्रिक वैज्ञानिक समाजवादले मात्र बहुमत जनताको हित गर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका अध्यक्ष निरकबहादुर शाही, जगत लामिछाने, इन्द्रप्रसाद न्यौपाने, अङ्गबहादुर शाही, अम्मर भण्डारी र मनबहादुर विकलगायतका वक्ताहरूले बोल्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता शेरबहादुर शाहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *