भर्खरै :

समाजको हित नभई व्यक्तिगत हित पनि स्थायी नहुने

समाजको हित नभई व्यक्तिगत हित पनि स्थायी नहुने

भक्तपुर, १० वैशाख । “मानिस सामाजिक प्राणी भएको कारण सामाजिक परिवेशले हरेक व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित परिरहेको हुन्छ । समग्र समाजको हितबिना व्यक्तिगत सफलता प्रायः अल्पकालीन हुने गर्छ ।” उक्त विचार नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सिपाडोलमा सम्पन्न युवा भेलामा व्यक्त गर्नुभएको हो ।
समाजका टाठाबाठा, शोषक, सामन्तहरूले सोझासाझा जनतालाई राजनीति गर्न नहुने भनी भ्रमको षड्यन्त्रको राजनीति गर्ने तर आफू भने भित्रभित्रै राजनीतिक धरातल बलियो बनाउँदै भएभरको राजनीतिक फाइदाहरू लुटिरहेको यथार्थ बिर्सन नहुने यथार्थ उहाँले आँैल्याउनुभयो ।
समाजमा हेपिएका, दबाइएका, सोझासिधा निमुखा, गरिब, मजदुर जनता र तिनका नयाँ पुस्ताको आर्थिक, सामाजिक, राजनीतिक शिक्षासँगै प्रगतिशील साहित्यहरूको अध्ययन र साङ्गठनिक भावनाको विकल्प नभएकोमा उहाँले जोड दिनुभयो ।
भेलामा नेमकिपा सूर्यविनायक–८ सिपाडोलका अध्यक्ष श्यामसुन्दर सुवालले नेक्रायुसङ्घ पार्टीको हातखुट्टासरह भएको कारण युवाहरूको सक्रियताले मात्र पार्टी अगाडि बढ्न सक्छ भन्नुभयो ।
नेक्रायुसङ्घ तेस्रो सूर्यविनायक नगर सम्मेलन तयारी समितिका संयोजक रोशन मचामसीले बोल्नुभएको उक्त युवा भेलाले रागीव ख्याजुको अध्यक्षतामा नेक्रायुसङ्घ सूर्यविनायक –८ वडा समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *