भर्खरै :

नेमकिपा उम्मेदवार लवजूमाथि एमाले कार्यकर्ताको दुव्र्यवहारः खुकुरी हान्नेसम्मको धम्की

भक्तपुर, २० मंसीर । नेपाल मजदुर किसान पार्टीको भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा सदस्य १ का प्रत्यक्ष उम्मेदवार नीरज लवजूमाथि एमाले कार्यकर्ताहरुले सुडालस्थित रातोपाटीमा दुव्र्यवहार गरे । भोलि हुने निर्वाचन तयारीको क्रममा मतदानस्थलको निरिक्षणमा निस्केका लवजूलाई एमालेका कार्यकर्ताहरुले गाडी रोकेर गाली गलौज गरेका थिए । ती मध्ये केहीले उम्मेदवार लवजूमाथि खुकुरी प्रहार गर्ने र गोली हान्ने धम्की दिएका एमाले कार्यकर्तालाई स्थानीय जनताले सम्झाई बुझाई गरेका थिए । एमालेले आफ्ना कार्यकर्तालाई अनुशासित नबनाएको बारे पनि जनताको गुनासो छ । निर्वाचनको बेला एमालेको उच्छृंखल गतिविधिहरु तत्काल बन्द गर्न जनताले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *