भर्खरै :

स्वयम्सेवीहरूमाथि एमालेद्वारा आक्रमण 

भक्तपुर, २१ मंसिर। भक्तपुर क्षेत्र नं. १ मा पर्ने भक्तपुर नगरपालिकाको वडा नं ६ मा स्वयम्सेवीहरूमाथि एमालेको दस्ताले विवेकहीन आक्रमण गरेको छ।
भनपा वडा नं. ६ को वडा कार्यालय निर्वाचन केन्द्रको करिब २०० मिटर बाहिर भोलाछेंमा मतदाताहरूलाई मतदाता नम्बर र क्रमसङ्ख्या भिडाएर सहयोग गरिरहेका स्वयम्सेवीहरुमाथि एमालेका प्रदेशसभा सदस्य उम्मेदवार रोमण शिलाकारसगै आएको एमालेले भाडामा लिएको गुन्डा टोलीले स्वयमेसेवीहरूमाथि एक्कासी आक्रमण गरेको हो।
स्वया्सेवीहरूले कुनै पार्टीको होइन, कुनै पार्टीको प्रचार गरिरहेको होइन भन्दा पनि कुरै नसुनी ती गुन्डाहरूले विद्यार्थी, महिला, वृद्धवृद्धा केही नभनी हातपात गरेका थिए। स्वयम्सेवीहरूको बचाउमा उभिएका नेपाल क्रान्तिकारी युवा संघका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश थुसामाथि पनि आक्रमण गरिएको थियो।
आक्रमणमा परी स्थानीय प्रकाश थुसा, पूर्व वडाध्यक्ष कृष्णराम थुसा, केशव सत्ता, चन्द्र केशरी कुसाथा, रामदेवी थुसालगायत एक दर्जन स्थानीय घाइते भएका छन्।
नेक्रायुसंघका निवर्तमान अध्यक्ष प्रकाश थुसाले विवेक र तर्कलाई वास्तै नगरी निर्दोष स्वयम्सेवीहरू र स्थानीय जनतामाथि एमालेका गुन्डाहरूको आक्रमणको निन्दा गर्नुभयो।
तिनीहरू पराजित मानसिकताले निर्वाचन भाड्ने उद्देश्यले परिचालित रहेको अनुमान उहाँले गर्नुभयो।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *