सामूहिक बचत तथा ऋण सहकारीको २८ औँ वार्षिक साधारणसभा सम्पन्न
- आश्विन ३, २०८३
उदयपुर, १४ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ सिरुवानी एकाइ समितिको आयोजनामा शुक्रबार भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कोसी प्रदेशका सदस्य महेन्द्र बखुन्छेले पुँजीवादी व्यवस्थामा किसानहरूले उत्पादन गरेका तरकारीले बजार नपाउने हुँदा समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
सरकारले समयमै मल, बीउबिजन, कृषि औजार उपलब्ध नगराउँदा समस्या भएको बताउँदै उहाँले किसानहरू सङ्गठित भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले शासक दलले चुनावको बेलामा जनतालाई पैसा, सामान, भोज खुवाएर जितेका कारण अहिले भ्रष्टाचार बढिरहेको बताउनुभयो ।
नेमकिपा कोसी प्रदेश सदस्य दिनेश खड्गीले जनता शिक्षित र सङ्गठित नभएसम्म कामदार जनताले सुख नपाउने भएकोले एकजुट हुनुपर्छ भन्नुभयो । समाजवादी व्यवस्थामा मात्र निःशुल्क शिक्षा, स्वास्थ्य र योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुने भएकोले सङ्घर्षको विकल्प नभएको उहाँले बताउनुभयो । अहिले विश्वमा अमेरिकी साम्राज्यवादले आतङ्क मच्चाइरहेको उल्लेख गर्दै उहाँले नेपाललाई पनि एमसीसी सम्झौतामार्फत सैनिक सङ्गठनमा आबद्ध गरेकोमा जनता सचेत हुनुपर्ने बताउनभयो ।
नेक्राकिसङ्घ सिरुवानीका मोहनबहादुर थापामगरको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा उदयपुर जिल्ला समितिका सचिव पूर्णबहादुर बुढाथोकी, बलबहादुर मगर र सीता थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply