संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
भक्तपुर, १४ वैशाख । भक्तपुर नगरपालिका वडा नं. २ स्थित सानो ब्यासीको तुमर्चास्थित फर्निचर उद्योगमा आगलागी भएको छ ।
वैशाख १४ गते बिहान करिब ३ बजेतिर फर्निचर कारखानामा भएको आगलागी प्रभावित क्षेत्रमा शुक्रबार बिहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थलगत निरीक्षण गर्नुभई आगलागी पीडितलाई भेटेर सहानुभूति व्यक्त गर्नुभयो ।
सो आगलागीबाट प्रेम गारु र विक्रम जतिको फर्निचर उद्योग पूर्णरूपमा क्षति पुगेको थियो । आगलागी भएको फर्निचर कारखानामा रहेको सीएनसी मेसिन, कम्प्रेसर मेसिन, भ्याकुम मेसिन, घोडा मेसिन, काठ र प्लाइ जलेर नष्ट भएको छ ।
सो आगलागीबाट करिब रु. ४० लाखको क्षति भएको अनुमान गरिएको छ । आगलागी के कारण भएको हो अहिलेसम्म खुल्न सकेको छैन । आगलागी करिब ३ः४५ बजे जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको २ वटा दमकलले नियन्त्रण गरेको थियो ।
Leave a Reply