कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, १५ वैशाख । भक्तपुर नगरपालिका वडा नं. ६ छिकोङ प्रशिक्षणको आयोजनामा शनिबार दक्षिणकालीमा एक कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले आफ्नो जिल्ला र ठाउँभन्दा टाढा वनभोज वा अन्य कार्यक्रममा पुग्नुको अर्थ त्यहाँको भूगोल र संस्कृतिको अध्ययन गर्नु पनि हो भन्नुभयो ।
मानिसलाई ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन (व्यायाम) र ८ घण्टा आराम (निद्रा) को व्यवस्था हुने जरूरी रहेको आवश्यकता आँैल्याउँदै सांसद सुवालले यस्तो व्यवस्था समाजवादी व्यवस्थामा मात्र सम्भव हुने र पुँजीवादी व्यवस्था सम्भव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतका रामदेवले आफ्नो योग अभ्यासबाट क्यान्सर र छारेरोगसमेत ठीक हुने दाबी गरे । उनले ‘आधुनिक औषधि खराब’, डाक्टरले दिएको औषधिले राम्रो गर्दैन ‘उच्च रक्तचाप, मधुमेह या क्यान्सर सबैका लागि पतञ्जलीका औषधि प्रभावकारी छन्’ भनेर प्रचार गरेको हुँदा दुई वर्षअघि भारतमा डाक्टरहरूले रामदेवविरूद्ध अदालतमा मुद्दा दिएको र रामदेवले अदालतसमक्ष माफी मागेको समाचार प्रकाशित भयो ।”
“रामदेव योग सिकाउँदै नेपालविरूद्ध बोल्ने भारतीयमध्ये एक हुन् । यसरी नै ठगी गरेका भारतको ‘निरज क्लिनिक’ का डाक्टरलाई पक्राउ गरिएको थियो । भारतीय एकाधिकार पुँजी र विस्तारवाद रामदेवको योगमार्फत पनि नेपालमा घुसपैठ भइरहेका छन्, सार्वभौम नेपाली जनता सचेत हुनु जरूरी छ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “मानिस स्वस्थ रहन प्याकेजिङ गरिएका तयारी खाद्यान्न उपभोग गर्नु हुँदैन । वाईवाई चाउचाउलगायत कतिपय तयारी खानेकुरामा म्याद नाघेको मैदा र अण्डा प्रयोग गरिन्छ । २०६४ सालमा एमालेबाट संविधानसभा सदस्य भएका र २०७४ र २०७९ मा नेकाबाट सांसद भएका विनोद चौधरीको वाइवाइ चाउचाउ खराब हुँदै काठमाडौँ महानगरपालिकाले जरिवाना गरेको छ । तर, त्यही चाउचाउ कम्पनीको शेयर निष्काशन गरी जनतालाई समेत मुछ्ने प्रयास भइरहेको छ । यसतर्फ पनि जनता सचेत हुनु आवश्यक छ ।”
स्वास्थ्य विषय अध्येताहरूले चिसो पेय पदार्थ कोक, फान्टा, ड्यु पिउन नहुने, मादक पदार्थ बियर रक्सी पनि खान नहुनेतर्फ जनतालाई सचेत गराउँदै आएको सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शारीरिक अभ्यासले रोग प्रतिरोध क्षमता बढाउने हो, चिरफार गर्नुपर्ने बिरामीको रोग निको गर्दैन ।
छिकोङ व्यायाम सहयोग समिति भनपा ६ का संयोजक जगनाथ सुजखूको संयोजनमा भएको उक्त कार्यक्रममा गोपीकृष्ण चाँगुभारी र सानुमाया बजिकोले पनि बोल्नुभएको थियो । पुनम दुवालले छिकोङसम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply