सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
भक्तपुर, १५ वैशाख । “भारतले नेपालमा रहेको कच्चा सामान एकपछि अर्को कब्जा गरेकै कारण नेपाल गरिब हुँदै गएको हो, देश परनिर्भर हुँदै गएको हो । सरकारको ध्यान देश बनाउन र जोगाउन होइन कमिसन खान, भ्रष्टाचार गर्नमा केन्द्रित छ ।”
उक्त धारणा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी डकर्मी सङ्घ जिल्ला समिति भक्तपुरद्वारा शनिबार आयोजित ११ औँ डकर्मी भेलामा व्यक्त गर्नुभएको हो ।
डकर्मी र सिकर्मीहरूले आफूसँग भएको कला, सीप, ज्ञान र अनुभव उपयोग गर्दै मौलिक सम्पदा संरक्षण गरिरहनुपर्नेमा जोड दिँदै उहाँले इन्जिनियरहरूसँग पनि राय लिएर काम गरेमा पक्की या भरपर्दो हुने विचार व्यक्त गर्नुभयो ।
विदेशी दलाल र भारतीय एकाधिकार पुँजीले देशका उद्योग, कारखाना र अन्य सम्पदाहरू हातमा लिएर देशमा आर्थिक सङ्कट निम्त्याउने हुँदा त्यस कदमविरुद्ध देशभक्त जनताले सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालको कच्चा सामान सस्तोमा किनेर महँगोमा सामान बिक्री गर्ने कार्यले नेपालको अर्थतन्त्र कमजोर बन्दै गइरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले भारतीय हस्तक्षेप, थिचोमिचो र दबाबको विरोध गर्न नसक्ने सरकारले देश बनाउन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी हरेक क्षेत्रमा सफल, सबल, सक्षम हुनुपर्छ । त्यसको लागि विज्ञहरूसँग परामर्श गर्नुपर्छ, नयाँ नयाँ कुरा सिक्दै जानुपर्छ ।”
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले पुँजीवादी व्यवस्थामा मजदुरहरूले काम नपाउने स्थितिमा पु¥याउन सक्ने हुँदा हरेक पेसामा कार्यरत मजदुरहरू राजनीतिकरूपमा पनि सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुँजीपतिवर्गको सरकारले श्रमजीवीवर्गको हितमा काम नगर्ने स्पष्ट पार्दै उहाँले मजदुर र किसान या श्रमजीवी वर्गको सरकारले मात्रै योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने विश्वास व्यक्त गर्नुभयो ।
हाल क्रान्तिको परिस्थिति तयार नभएको हुँदा नेमकिपाले चुनावलाई क्रान्तिकारी उपयोग गरिरहेको चर्चा गर्दै उहाँले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन दबाउन संरा अमेरिकाले आस्था या विश्वासको आधारमा आक्रमण गरेर आतङ्क मच्चाइरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराम दुमरुले हरेक डकर्मीले आइपर्ने समस्यासँग जुझ्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सङ्घमार्फत डकर्मीहरूको हितमा काम गरिरहेको प्रकाश पार्नुभयो ।
कार्यक्रममा सिकर्मी सङ्घ भक्तपुरका उपाध्यक्ष रामसुन्दर सुजखूले भारतीय कामदारहरूको प्रवेशले नेपाली मजदुरहरूले काम नपाएको प्रसङ्ग उल्लेख गर्दै सङ्घको उद्देश्य पूरा गर्न सम्बन्धित सबै पक्षको सहयोग र साथ आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष राजेश बुयोले नेपाल सरकारले भारतीय गाडी झिकाउनुभन्दा विद्युत्बाट चल्ने गाडी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सरकार विदेशी दलालबाट प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले नेपाली युवा र विद्यार्थीहरू विदेशिएर देश वृद्धवृद्धा र बालबालिकाहरूको हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।
आयोजक समितिका उपाध्यक्ष बिक्रम कासिछ्वाले स्वागत मन्तव्य दिनुभयो भने रमेश दुमरुले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
Leave a Reply