“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
भक्तपुर, १५ वैशाख । आर्थिक स्वतन्त्रता र विकासको लागि सहकारीता भन्ने नाराका साथ सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भयो ।
वाईजल्यान्ड स्कूल वासिकचामा सञ्चालन भएको उक्त स्वास्थ्य शिविरबाट तीन सत्न्दा बढीले सेवा लिएका छन् ।
उक्त शिविरमा आँखा परिक्षणमा १८० जना, दन्त परीक्षणमा १०२ जना र ९५ जनाले ब्लड प्रेसरको परीक्षण गरेका थिए ।
सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजभाइ माकले सहकारीले आर्थिक कारोबारको हिसाब किताब मात्र गर्ने नभई सामाजिक उतरदायित्व बहन गर्दै निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
शिविर समापन कार्यक्रममा सुकुन्दा साकोसका व्यवस्थापक सानुकाजी चिकंंबञ्जार, सचिव सूर्यराम त्वानाबासु, महिला समितिका संयोजक चित्राकुमारी किसी, वाइजल्यान्ड स्कूलका प्रिन्सिपल आशाकुमार चिकंंबञ्जार र डा. योजना थापाले पनि बोल्नुभएको थियो ।
आँखा शिविरमा ख्वप अस्पताल (तिलगंगाअन्तर्गत) भक्तपुरको प्राविधिक सहयोग र दन्त शिविर कार्यक्रममा द डेन्टल सिटी हस्पिटल, भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रमपश्चात् सहयोगी संस्थाहरू वाइजल्यान्ड स्कूल, ख्वप अस्पताल (तिलगंगा अन्तर्गत) र द डेन्टल सिटी हस्पिटललाई आयोजकको तर्फबाट धन्यवाद एवं मायाको चिनो प्रदान गरिएको थियो ।
Leave a Reply