भर्खरै :

विद्युत् सवस्टेसनको विरोधमा बिरूवाका घिमिरे टोलका जनता एकजुट हुँदै

विद्युत् सवस्टेसनको विरोधमा बिरूवाका घिमिरे टोलका जनता एकजुट हुँदै

भक्तपुर, १७ वैशाख । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १ स्थित बिरूवा घिमिरे टोलका बासिन्दाहरूले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँग सोमबार भेट गरी सो स्थानमा नेपाल विद्युत् प्राधिकरणबाट राखिन लागेको विद्युत् सवस्टेसनको कारण स्थानीय ११ घर परिवार विस्थापन हुने जनगुनासो राख्दै सो स्थानबाट विद्युत् सबस्टेसन हटाएर पूर्वतर्फको प्लटिङ क्षेत्र वा माथि डाँडाको मैदानमा स्थानान्तरण गर्न आवश्यक पहल गरिदिन आग्रह गरे ।
साढे चारसय वर्षदेखि सो स्थानमा बसोबास गर्दै आएका घिमिरे बस्तीको माझमा विद्युत् सवस्टेसन राख्ने प्राधिकरणको प्रस्ताव आफूहरूलाई स्वीकार नभएको उल्लेख गर्दैै स्थानीय ७०–८० जना ज्येष्ठ नागरिक, बुद्धिजीवी, किसान, मजदुर जनताले सांसद सुवालको ध्यानाकर्षण गरे ।
सांसद सुवालले जनताको बस्ती बिचमा विद्युत्को सवस्टेसन राख्न नहुने विषयलाई सरकारको सम्बन्धित अधिकारीसम्म पु¥याउने उल्लेख गर्दै काठमाडौँ उपत्यकामा बसाइँसराइ रोकेर जिल्ला जिल्लामा काठमाडौँको सेवा सुविधा पु¥याई देशको सन्तुलित विकास गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।
बस्तीको वरिपरि खेतीको लागि जग्गा बाँकी राख्नु जरूरी भएको उल्लेख गर्दै सांसद सुवालले विषादी भएको भारतीय तरकारी ल्याएर खानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
एमसीसी सम्झौता बहुमतबाट पारित गरिएपछि नेपालको जलविद्युत् सिधै भारत लाने बाटो खुलेको उल्लेख गर्दै सांसद सुवालले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता नेपाली जनताको हितमा नभएको र खोकना र बुङमतीका जनता पनि द्रुतमार्ग र विद्युत् सवस्टेसनबाट पीडित भएको हुँदा सङ्घर्ष गरिरहेको बताउनुभयो ।
काभ्रेको लप्सीफेदीका जनता पनि एमसीसीअन्तर्गतको विद्युत् सबस्टेसनको विरोधमा सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सांसद सुवालले विद्युत् ग्रीडको स्वीच दिल्लीमा राख्ने सार्कस्तरीय जलविद्युत् सम्झौता र सौर्य ऊर्जा उत्पादन गर्न पनि दिल्लीको सहमति चाहिने सौर्य गठबन्धन सम्झौता पनि संसद्को बहुमतबाट पारित गरिएको तर नेपाल मजदुर किसान पार्टीले विपक्षमा मत दिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *