भर्खरै :

ट्रेड युनियनवादविरुद्ध मजदुरहरू क्रियाशील हुनुपर्ने

ट्रेड युनियनवादविरुद्ध मजदुरहरू क्रियाशील हुनुपर्ने

भक्तपुर, १७ वैशाख । नेपाल मजदुर किसान पार्टी नगर समिति भक्तपुरको आयोजनामा सोमबार अगुवा पार्टी कार्यकर्ताहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले साम्राज्यवाद र जातीय नरसंहारविरूद्ध प्यालेस्टिनी जनताको पक्षमा सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
संरा अमेरिकाले ताइवानलाई पैसा, सेना र हातहतियार उपलब्ध गराएर चीनको विरोधमा उक्साइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “केही वर्षअघि अमेरिकाले जीवाणु युद्ध ग¥यो । चीनमाथि व्यापार युद्ध ग¥यो । नेमकिपा साम्राज्यवाद, अतिक्रमण र भारतीय एकाधिकार पुँजीको विरूद्ध सङ्घर्षरत छ ।”
ट्रेड युनियनवादविरूद्ध मजदुरहरू क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले इजरायलले प्यालेस्टिनमाथि गरेको आक्रमण र नरसंहार, साम्राज्यवादी देश अमेरिकाको साथ र सहयोगमा युक्रेनमा बन्दुक बिसाएर रूसमाथि गरेको आक्रमणको विरोधमा संसारका कामदार जनता एकत्रिट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यकर्ताहरू देश विदेश जहाँ रहे पनि देश र जनताको पक्षमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशभक्त कार्यकर्ताले जनताका सन्तानलाई देशभक्तिपूर्ण शिक्षा दिने विचार व्यक्त गर्नुभयो ।
पुँजीवादी व्यवस्थामा बेलाबखत आर्थिक सङ्कट आउने विश्व सर्वहारावर्गका नेता माक्र्सको धारणा सत्य साबित भइरहेको चर्चा गर्दै उहाँले पुँजीवादी व्यवस्था अन्त्य गर्न कम्युनिस्टहरू अघि बढिरहने विश्वास व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई देशघाती सम्झौता, जनविरोधी ऐन–कानुनको विरोधमा जनतालाई सचेत पार्ने दबुको रूपमा उपयोग गर्नुपर्ने चर्चा गर्दै उहाँले विदेशीहरूलाई लगानी गर्न दिएर देशको आम्दानी या सम्पत्ति विदेश पठाउने चाल हो भन्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई पथप्रदर्शक मानी राजनीति गरिरहेको चर्चा गर्दै मजदुरहरूको अधिकार प्राप्तिको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका जनप्रतिनिधिहरूले पार्टीको निर्वाचन घोषणापत्रअनुसार काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दैै उहाँले नेमकिपाले सबैखाले अवसरवाद र संशोधनवादको विरोधमा सैद्धान्तिक सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले राजनीतिक चेतना दिई पार्टी सङ्गठन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवाल र नेपाल क्रान्तिकारी मजदुर सङ्घका गणेशप्रसाद सुवालले सङ्घर्षविना अधिकार प्राप्त गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *