सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
सहरीकरण आजको बसोबासको विकल्पको रूपमा कतिपय विद्वानहरूले अगाडि सारेका छन् तर अव्यवस्थित सहरीकरणको विकल्प स्मार्ट सिटी हुनसक्दैन । माटो, ढुङ्गा, काठ, बाँस, निगालाजस्ता सामानहरूको समुचित मात्रा मिलाई संसारमा सहरको नयाँ विकास गर्नु छ । वास्तवमा सिमेन्ट, फलामका डन्डी र पाको इँटमात्र सुरक्षित घरहरुको नमुना हुनसक्दैन । माथि उल्लेखित वस्तुहरू उपमाका रूपमा मात्र हुन् । रेशम मार्गले आज संसारलाई एक सूत्रमा बाँध्न सहयोग गरेको छ तर, एकथरी गृह व्यापारीहरू स्मार्ट सिटी बनाउन आफ्नो रैथाने प्रवृत्ति छोड्दै छन् । यो प्रवृत्तिले संसारका मानिसलाई स्थायी बसोबास ढुक्कसँग बस्ने मानसिकता र वैज्ञानिक आधार दिनसक्दैन । रेशम मार्ग संसारमा धेरै अगाडि आएको हो । रेशम मार्गले त्यतिबेला ठुलो योगदान गरेको थियो । त्यो प्राचीन रेशम मार्गले आज संसारलाई एक सूत्रमा आबद्ध गर्न ठुलो सहयोग गरेको छ । हो त नि ! केही वर्ष अघिसम्म संसारमा सिमेन्ट उत्पादन भएको थिएन । पाको इँट बनाउने चलन थिएन । झिँगटी र टायल बनाइँदैनथ्यो । रहँदा बस्दा पाको इँट बलियो हुँदो रहेछ । पानी पर्दा गल्दो रहेनछ भन्ने तथ्य पत्ता लाग्यो र इँटा पोल्ने प्रविधि सुरू भयो । झिँगटी र टायल पनि त्यही प्रक्रियाबाट निर्माण थालियो । अलि पछि संसारमा फलामका खानी फेला परे । सिमेन्टका ढुङ्गा पनि फेला परे । ती ढुङ्गा फोरेर अन्य वस्तु मिलाई सिमेन्ट उत्पादन प्रारम्भ भयो । सिमेन्टमा कति प्रतिशत बालुवा मिसाउने भन्ने प्रवृत्ति निकै पछिमात्र थाहा भयो । सिमेन्टमा बालुवा नभई हुँदैन भन्ने थाहा भएपछि खोला, किनार, डाँडा–पाखाका बालुवातिर मान्छेहरूको ध्यान केन्द्रित भयो । आज बालुवाजस्तो पहिले पहिले पटक्कै काम नआउने वस्तु सिमेन्ट ननिस्किएपछि सर्वाधिक आकर्षित भएको छ । खोलाहरूमा यति धेरै बालुवा थियो अब त्यसले पुगेन र डाँडापाखा खोस्रन थाले । फलस्वरूप खोलाहरू बालुवाविहीन भए । बालुवाले पानीका प्रदूषक किटाणुहरूलाई प्रदूषणरहित बनाउँथ्यो तर अब बालुवा सुनको तुलनामा पुग्ने प्रक्रियामा छ । झन् स्मार्ट सिटीको अवधारणााले त बालुवालाई अरू मूल्यवान बनायो किनकि सिमेन्टको लागि बालुवा नभई हुँदैन ।
एउटा ओत त पाउनैपर्ने हो !
जनसङ्ख्या बढ्ने प्रकृति र प्रवृत्ति संसारमा धेरै ठाउँमा कायम छ । जापानजस्ता देशमा जनसङ्ख्या घट्दो छ । नेपालमा पनि परिवार नियोजनको कार्यक्रम र मातृशिशु कल्याण योजना कायम भएपछि आमाहरू धेरै नानी पाउन छोडे । फलस्वरूप आज खुलेका कलेजहरूमा केही वर्षपछि पर्याप्त मात्रामा विद्यार्थी पाउन धौ धौ हुने भएको छ । एउटी आमाले बीसवटा भन्दा बढी नानी पाउँथिन् । कसरी पाउँथिन् ? कसरी बचाउँथिन् वा कति मर्थे त्यसको टुङ्गो हुँदैनथ्यो । एक्काइसौँ नानीको न्वारन धुरीमा गर्थे रे । कस्तो जमाना ? हाम्रा आमाहरू त्यही जमानामा जन्मिए, हुर्किए, बढे, नानी पाए । यस्तो थियो जमाना । अब अहिले एउटी महिलाले एउटा वा दुई वटामात्र सन्तान पाउने गरेका छन् । छोरी पाए पनि ठीक, छोरा पाए पनि ठीक भन्ने मानसिकताले काम गरेको छ । त्यतिबेला संसारमा बेलायतजस्ता मुलुकहरूमा ठुल्ठुला लडाइँ हुन्थे । ती लडाइँमा नेपाली युवकहरूलाई प्रयोग गरिन्थ्यो । कस्तो जमाना ?
एउटा लोकगीत नै छ, ‘गाई पाल्यो बरी लै, वनको बाघलाई, छोरा पायो रेलीमाई जर्मनको धावालाई ।’ कस्तो युग थियो ! आज संसारमा कति मान्छे चाहिन्छन् वा संसारले कति मान्छे पाल्न सक्छ ? भन्ने दरिलो प्रश्न खडा भएको छ । चीनमा जनसङ्ख्या धेरै भएर ‘एक दम्पत्ति–एक सन्तान’ भन्ने नीति धेरै वर्ष पालना ग¥यो तर चीनमा खाने मान्छे धेरै भए, उत्पादन गर्ने मान्छे कम भए । त्यसैले, अहिले एउटा मान्छेभन्दा बढी नानी पाउन प्रोत्साहन गरिएको छ । युग जमाना कस्तो आयो ? युरोपका युवा दम्पत्ति एउटै कोठामा बस्छन् तर विवाह गर्दैनन् । किनभने सन्तान हुर्काउन, बढाउन, पढाउन सजिलो छैन । यस्तो युग आयो ! नेपालका पनि कति आमाहरू एउटा नानी पायो, पढायो, बढायो, हुर्कायो । त्यसैले पाल्छ भन्नेमा ढुक्क भयो । त्यही पनि कतिपय देशमा, खासगरी भारतमा जनसङ्ख्या यति धेरै छ जसलाई हुर्काउन, बढाउन, पढाउन सजिलो छैन । भारतको जनसङ्ख्या वृद्धिको प्रभाव जान्न चाहने हो भने त्यहाँका रेलवे स्टेसन र समुन्द्र नदीको किनारमा माछा मार्नेहरूको सङ्ख्या हेरे पुग्छ ।

यो छनोट राम्रो हुनुपर्छ
अहिले सरकारले स्मार्ट सिटीको अवधारणा ल्याएको छ । यो अवधारणा हाम्रो घरबारको व्यवस्थामा गतिलो ठहरिँदैन । तसर्थ, घर बनाउँदा ढुङ्गा, माटो, काठ, नर्कट र स्थानीय प्रतिभाको समुचित प्रयोग हुनुपर्छ । धेरै युगअघि निर्माण भएको रेशम मार्गले संसारलाई एक सूत्रमा आबद्ध गर्न सहयोग गरेको छ । अब अहिले रेशम मार्गको अवधारणा अघि बढाउने कि, स्मार्ट सिटीको अवधारणा अघि बढाउने भन्ने पक्ष–विपक्षमा धेरै मान्छे छन् । एकथरी तत्कालको लागि हेर्ने छन् भने अर्को थरी दीर्घकालीन रूपमा स्थायी बसोबासको अवस्था हेर्ने छन् । साँच्चै स्मार्ट सिटी बनाउने हो भने कति बालुवा, कति सिमेन्ट चाहिएला ? त्यसको हिसाब निकालिएको छैन । फेरि हामीकहाँ निकालिएको कुनै पनि काम योजनाअनुसार हुनसक्दैन । हाम्रा डकर्मी, सिकर्मी, लोहकर्मीहरूको ज्ञान र सीप निकै उचित छ । नेपालका गाउँघर तिनै प्राविधिज्ञले बनाए । २०७२ सालको भूकम्पमा भत्किएका घर पुनःनिर्माण गर्न इन्जिनियर, ओभरसियर पाउन मुस्किल भयो । नाइकेहरूबाट सबै काम लिनुपर्ने भयो ।
यस दृष्टिकोणले हेर्दा पनि आवासको समस्या कम पेचिलो छैन । मान्छे दिनभरि परिश्रम गरेर बेलुकी आफ्नो घरको कोठामा मस्तसँग आराम गर्न चाहन्छ । त्यसको लागि हरेक दम्पत्तिलाई एउटा कोठा आवश्यक पर्छ । तर, त्यो अवस्थामा नेपाल उक्लन सकेको छैन । उज्यालो भएदेखि अँध्यारो नहुँदासम्म गगनचुम्बी घर बनाउने काममा पसिना बगाउनेहरू आफूकहाँ सुत्छन्, टुङ्गो छैन । यो अवस्था बनाउनेले त घरमा सुत्न पाउनुप¥यो । यो अवधारणा समाजमा अझै बलियो रूपमा स्थापना हुनसकेको छैन । तसर्थ, सृष्टिको बिहानीदेखि अँध्यारो रहँदासम्म घर बनाउनेहरू प्रायःको आफ्नो घर हुँदैन । पेसा घर बनाउने तर आफ्नै घर नहुने ¤ कस्तो समाज होला ? हामी नेपाली कुनै पनि समस्यालाई सूक्ष्मरूपले केलाउने गर्दैनौँ । त्यसैको फलस्वरूप हो, अहिले आएको स्मार्ट सिटी र प्राचीन रेशम मार्गउपरको छलफल । यसमा हामी नेपाली हलुका भएर होइन, गम्भीर भएर टुङ्गोमा पुग्नुपर्छ ।
Leave a Reply