चिनियाँ क्रान्तिकारी नेतृ – याङ काइहुई
- आश्विन ५, २०८३
डाक्टर कोट्निस अन्तर्राष्ट्रवादी भावनाको एउटा सुन्दर नाम हो । विश्व फासीवाद र साम्राज्यवादविरोधी सङ्घर्षको बिर्सनै नसकिने नाम हो डाक्टर कोट्निस । १ अर्ब ४० करोड चिनियाँ जनता आज पनि डाक्टर कोट्निसलाई चीनको स्वतन्त्रता सङ्घर्षका नायकको रूपमा स्मरण गर्छन् । दोस्रो विश्वयुद्ध र जापानी उपनिवेशको हमला या अत्याचारविरुद्ध लड्न उनले गरेको योगदानका लागि चिनियाँ जनता आज पनि शिर निहुराई सम्मान गर्छन् । २०२० सेप्टेम्बरमा मात्रै उत्तरी चीनको एक मेडिकल स्कुल अगाडि उनको सालिक अनावरण गरियो । उनको ११० औं जन्मोत्सव भव्य समारोहबिच मनाइयो । हरेक वर्ष उनको जन्मदिनलाई हर्षसहित मनाइन्छ । चिनियाँ क्रान्ति र चिनियाँ जनताको सेवामा आप्mनो जीवन समर्पण गरेका डाक्टर कोट्निसको निधनले नेता माओ त्सेतुङलाई स्तब्ध बनाएको थियो । डाक्टर कोट्निसको निधनपछि अध्यक्ष माओले भन्नुभएको थियो –“हाम्रो सेनाले सहयोगी हात गुमायो, देशले एक सच्चा मित्र गुमायो । डाक्टर कोट्निसको अन्तर्राष्ट्रवादी भावना सधैँसधैँका लागि आत्मसात् गरौँ ।” नभन्दै आज डाक्टर कोट्निसको नामबाट सञ्चालित मेडिकल स्कुलले २०२० सम्ममा ४५ हजार मेडिकल विद्यार्थीलाई दीक्षित गरिसकेको छ ।
अध्यक्ष माओले डाक्टर कोट्निसको परिवारका लागि हस्तलिखित समवेदना सन्देश पनि पठाउनुभएको थियो । त्यो सन्देश पुनस्र्थापित गरी जनवरी २०१७ मा भारतको सोलापुर सङ्ग्रहालयमा राखिएको छ । तीन फिट लामो परम्परागत परालको कागजमा विशेष मसीले लेखिएको उक्त सन्देश पुनस्र्थापित गर्न विज्ञहरूलाई २ हप्ता लागेको थियो । अध्यक्ष माओको उक्त आकर्षक सुलेखन
(Calligraphy) वास्तवमै अमूल्य छ, उत्कृष्ट छ । चीन र भारतबिच ऐतिहासिक मित्रताको सम्बन्ध पनि उक्त सन्देशमार्फत प्रतीत हुन्छ ।
चीन र भारतबिचको सम्बन्ध इतिहासभन्दा पुरानो हो । धर्म, संस्कृति, व्यापार र सभ्यताको आदानप्रदान इतिहासपूर्वबाट सुरु भएको मानिन्छ । आधुनिक समयमा विश्व साम्राज्यवाद र फासीवादविरोधी सङ्घर्षले दुई देशलाई अझ नजिकको मित्र बनायो । सन् १९३८ देखि १९४३ सम्म चीनमा भारतको मेडिकल मिसनले चीन – भारतको सम्बन्धलाई अझ प्रगाढ बनायो । स्वतन्त्रता, मुक्तिका लागि फासिवादविरोधी सङ्घर्षको मोर्चामा चीनलाई सघाउन भारतले पठाएका ५ चिकित्सकहरूमध्ये डाक्टर कोट्निस एक थिए । चीन र भारतबिच सहकार्य र सहयोगको सम्बन्ध अर्थात् मित्रताको सम्बन्धमा डाक्टर कोट्निस एउटा महत्वपूर्ण नाउँ हो । नेता चाउ–ऐन–लाईले लेख्नुभएको छ – “डाक्टर कोट्निस महान् देशहरू चीन र भारतबिच मित्रताको प्रतीक हुन् । विश्व फासीवाद र जापानी उपनिवेशवादविरुद्धको साझा सङ्घर्षमा सक्रिय डाक्टर कोट्निस भारतीय जनताका जुझारु उदाहरण हुन् । आप्mनो जीवन दिएका दुई देशका जनताको हृदयमा उनी बाँचिरहनेछन् ।”
फासीवादविरुद्धको सङ्घर्षमा करिब हजारौँ सैन्य नेताहरूसहित २ करोड चिनियाँ जनताले आप्mनो जीवन उत्सर्ग गरे । तीमध्येका एक लडाकु थिए डाक्टर कोट्निस । म्याडम सन यात्सेनले लेख्नुभएको छ –“उनको सम्झना हामी र हाम्रो जनतासँग मात्र सम्बन्धित छैन मानवता र स्वतन्त्रताको निम्ति लड्ने हरेक योद्धाका निम्ति उनी एक आदर्श बन्ने छन् । उनको बलिदानीको गीत भविष्यको पुस्ताले गाउनेछन् किनभने उनले विश्वको सुन्दर भविष्यको निम्ति आपूmलाई समर्पण गरे ।”
नयाँ पुस्ताका चिनियाँ जनता उनलाई एक भारतीय चिकित्सक या सर्जनको रूपमा मात्र होइन आप्mनो अग्रज पुस्ताका शिक्षकका रूपमा स्मरण गर्छन् । अन्तर्राष्ट्रिय भावनासहित सेवा गर्ने महान् डाक्टर, युद्धको मैदानमा तोप र बमबारुदको आवाजसँग नडराई घाइते लडाकुहरूको शल्यक्रिया एवम् उपचार गर्ने योद्धाको रूपमा सम्झन्छन् । उच्च सम्मानसहित नयाँ पुस्ताका चिनियाँ जनता उनको हरेक जन्मोत्सव मनाउँछन् ।
डाक्टर कोट्निसको पूरा नाम डाक्टर द्वारिकानाथ सान्ताराम कोट्निस हो । उनको जन्म १९१० अक्टोबर १० को बिहानीपख भएको थियो । बम्बईको सानो सहर सोलापुरमा जन्मिएका उनको बुबाको नाम सान्ताराम नारायण कोट्निस हो । उनका बुबा कपडा एवम् टेक्सटाइल कारखानामा कर्मचारी थिए । पछि, विष्णु कपडा उद्योगको उनी सुपरभाइजर हुँदै सोलापुर नगरपालिकाको उपाध्यक्ष अर्थात् उपप्रमुखसम्म बने । उनले आप्mनो छोरा द्वारिकानाथको शिक्षाका लागि खुब मेहनत गरे । उनले छोरालाई भारत सरकारले सञ्चालन गरिरहेको अङ्गे्रजी माध्यमको विद्यालय नर्थ कोट हाई स्कूल पठाए । पछि कोट्निस गोवर्धनदास सुन्दरदास मेडिकल कलेजको विद्यार्थी बने । कलेजका डिन डाक्टर मेहत्ता महात्मा गान्धीको नागरिक अवज्ञा आन्दोलका समर्थक थिए । त्यसकारण, उनलाई १९३२ अगस्टमा गिरप्mतार गरियो र सरकारले कलेजका लागि नयाँ डिन पठायो । त्यसको विरोधमा विद्यार्थीहरू आन्दोलित बने, हड्तालहरू भए । त्यो हड्तालमा कोट्निसको पनि सक्रिय सहभागिता थियो । खुला सभामै कोट्निसले नयाँ डिनको अव्यावहारिक पदनियुक्तिप्रति खेद प्रकट गरे । हड्तालमा उनको सक्रियताका कारण उनलाई कलेजले निष्कासन गर्यो । उनले अन्य कलेजमा ट्रान्सफर हुन निकै कठिनाइ भोग्न प¥यो । बुबाले कठिनाइपूर्वक छोराको ट्रान्सफर प्रमाणपत्र ल्याए र उनी बम्बईको महान् मेडिकल कलेजमा सन् १९३२ मा भर्ना भए । सन् १९३८ मा कोट्निसले आप्mनो एमबीबीएस डिग्री हासिल गरे । उनी चिकित्सा सेवा अभ्यासबारे सोच्दै थिए । त्यति नै बेला उनका गुरु डा. जिभराज मेहत्ता (बम्बइका नाम चलेका चिकित्सक) ले उनीसँग सोधे –“तिमी चिकित्सा सेवाका लागि चीन जान्छौ ?” कोट्निसले केही नसोची जान्छु भने । उनी युद्धको विरोध र शान्तिको पक्षमा आवाज दिन्थे । देशभक्ति र सेवाकर्म उनको रोजाइ बन्यो ।
त्यो समय चीन जीवन र मृत्युको युद्ध लड्दै थियो । सन् १९३७ मा जापानले सम्पूर्ण शक्ति लगाई उत्तर र मध्य चीनको बृहत्तर क्षेत्रमाथि कब्जा जमायो । जापानको हमला र हस्तक्षेपविरुद्धको त्यो लडाइँ चीनका निम्ति प्रतिरोध युद्ध थियो । चिनियाँ कम्युनिस्ट पार्टीले जापानविरुद्धको त्यो सङ्घर्षका लागि कोमिन्ताङ् पार्टीसँग संंयुक्त मोर्चा खडा गरेको थियो । त्यो मोर्चाले सन् १९२७ देखि १९३७ को गृहयुद्ध समाप्त गर्न सहकार्य ग¥यो । तर, कोमिन्ताङ पार्टीमा जब च्याङ काईसेकजस्ता प्रतिक्रियावादीहरू देखापरे तब चिनियाँ कम्युनिस्ट पार्टीको ध्येयमाथि नै प्रहार हुन थाल्यो । तब चिनियाँ कम्युनिस्ट पार्टी एक्लैले चीनको मुक्ति सङ्घर्षलाई नेतृत्व प्रदान गरेको थियो ।
चीनको उत्तर–पश्चिमका लालसेनालाई राष्ट्रिय क्रान्तिकारी सेनाको आठौँ रुटका सेना भनिने रहेछ । चु ते (Zhu De) त्यो सेनाका कमान्डर इन चिफ थिए । चीनका धेरै धेरै सहर तथा गाउँहरू जापानी सेनाले ध्वस्त बनाउँदै थियो । चिनियाँ लालसेना युद्धभूमिमा छातीमा गोली थाप्दै लड्दै थिए । घाइते योद्धाहरूको उपचार पनि मुस्किल थियो । डाक्टर, औषधी र शल्यक्रियाका सामग्रीहरूको अभावमा घाइते सेना मृत्युको मुखमा पुग्नुपरेको अवस्था डरलाग्दो थियो । त्यही समयमा कमाण्डर चु ते (Zhu De) लाई चिनियाँ र भारतीय जनताका मित्र आग्नेश स्मेड्ली (Agnes Smedly) ले मेडिकल सहयोगका लागि काङ्ग्रेसका अध्यक्ष पण्डित जवाहरलाल नेहरूलाई पत्र लेख्न सुझाए । त्यसपछि सन् १९३७ नोभेम्बर २७ का दिन कमाण्डर इन चिफ चु तेले मेडिकल सहयोगको निम्ति पत्र पठाए । पण्डितले उक्त पत्र काङ्ग्रेसको कार्यकारी समिति बैठकमा पेश गरे । पण्डितले चीनमा मेडिकल मिसन पठाउने निर्णय बैठकमार्फत अनुमोदन गराए । त्यो समयमा सुवासचन्द्र बोस काङ्ग्रेसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि मेडिकल मिसनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन उनले हेरे ।
चीनमा मेडिकल मिसनका लागि काङ्ग्रेसले ३ जना मेडिकल डाक्टरहरूसहितको एउटा समिति गठन ग¥यो । त्यही समितिले चीनमा पठाउने मेडिकल सामग्री व्यवस्थापनदेखि मिसनमा जाने डाक्टरहरूको आवेदनको निम्ति आह्वान ग¥यो । त्यो समितिले चिनियाँ मेडिकल सहयोगको निम्ति दशैभरि अभियानहरू सञ्चालन ग¥यो । लण्डनमा छुट्टै शाखा कार्यालय बनायो । अमेरिकी जनतालाई पनि सहयोगका लागि आग्रह ग¥यो । पाँच जना डाक्टरहरूको टोली चीन पठाउनका निम्ति तयार गरियो । त्यो मेडिकल टिमको नेतृत्व डाक्टर मदनमोहन लाल अटल (५२ वर्ष) ले गरे । डाक्टर मोरेसोर राम चौद्री चोल्कर (५८ वर्ष) डाक्टर द्वारिकानाथ सान्ताराम कोट्निस (२८ वर्ष), डाक्टर राजेन्द्रनाथ सेन (२९ वर्ष), डाक्टर डिबेस चन्द्र मुखोपाध्याय (२६ वर्ष) गरी चारजना चीनमा भारतीय मेडिकल टिमका सदस्यहरू छानिए ।
सन् १९३६ मा स्पेनमा वामपन्थी पार्टीले चुनाव जित्यो तर अघिल्लो सरकार दक्षिणपन्थीहरू फ्रान्को मोर्चाको थियो । चुनावमा जितेको वामपन्थी सरकारमाथि हमला र षड्यन्त्रहरू हुन थालेपछि स्पेनमा गृहयुद्ध सुरु भयो । स्पेनको गणतान्त्रिक सरकारविरुद्ध हमला गर्न फ्रान्को मोर्चालाई फासीवादी जर्मनी र इटालीको सहयोग थियो । त्यही समयमा फ्रान्समा स्पेनको गणतन्त्र रक्षाका लागि अन्तर्राष्ट्रिय ब्रिगेड गठन भयो । क्यानेडेली मेडिकल स्वयम्सेवकहरूको नेताको रूपमा डा. नर्मन बेथुन स्पेनमा गएका थिए । त्यसबेला डाक्टर अटल पनि स्पेनका घाइतेको उपचारका निम्ति युद्धमोर्चामै पुगेका थिए । डा. बेथुन अमेरिका र क्यानाडाबाट मेडिकल सामग्री व्यवस्थापनको निम्ति सन् १९३७ मा स्पेनबाट फर्के । त्यसको तीन महिनापछि जापानले चीनविरुद्ध युद्ध थाल्यो । क्यानाडा र अमेरिकाका डाक्टरहरू चीनको भूमिमा चिनियाँ जनता र क्रान्तिको पक्षमा योगदान गर्न नर्मन बेथुनको नेतृत्वमा गयो । सन् १९३८ मा डा. नर्मन बेथुनका मेडिकल टोली चीन प्रस्थान ग¥यो । त्यही नै वर्ष अगस्टमा डा. अटलको नेतृत्वमा डा. कोटनिससँगै ५ जनाको मेडिकल टोली चीन र चिनियाँ जनताको सेवाका निम्ति पुगेको थियो ।
डा. कोट्निसलाई चीनमा के डिहुआ (Ke Dihua) नाम दिइएको थियो । उनलाई जनता पे्रमपूर्वक “Old Ke” र “Dr. Thoughtful भनेर सम्बोधन गर्थे । उनी घाइते लडाकुहरूलाई उपचार मात्र गर्दैनथे खाना खुवाउँथे । डा. कोटनिस घाइतेका घाउमा निकै प्रेमपूर्वक र छिटो ड्रेसिङ गर्थे । जसले घाउमा जलन कम हुन्थ्यो, घाइतेले लामो समय पीडा खेप्न पर्दैनथ्यो । उनी बिरामी र घाइतेहरूलाई आप्mनो कपडा र घोडासमेत दिन्थे ।
उनी निकै मेहनती थिए । सन् १९४० को लडाइँमा उनले लगातार ७२ घण्टा अपरेशन गरे र करिब ८०० बिरामीलाई १३ दिनमा उपचार गरे । उनी युद्धमैदानमा उपचार गरिरहेकै क्रममा उनको बुबाको मृत्युको खबर आयो । उनी भारत फर्केनन् । उनी चीनमा आप्mनो सेवा कर्मलाई निरन्तरता दिन प्रतिबद्ध बने । आप्mनो बुबाको मृत्युमा देश नफर्की चिनियाँ माटोमा चिनियाँ क्रान्ति र जनताको सेवा गर्ने निर्णय आफैमा क्रान्तिकारी र उदाहरणीय महसुस हुन्छ ।
सन् १९४१ मा उनलाई डा.बेथुन अन्तर्राष्ट्रिय शान्ति अस्पतालको डाइरेक्टरमा नियुक्त गरियो । डा. नर्मन बेथुनको नामबाट सञ्चालित उक्त अस्पतालमा उनले २००० वटा अपरेशन त्यही वर्ष सम्पन्न गरे । उनले डा. नर्मन बेथुनले जस्तै योगदान गर्ने शपथ लिएका थिए –“म तपाईंको जीवनजस्तो जीवन बाँच्छु ।” डा. कोट्निसले आप्mनो शपथ निर्वाह गरे ।
डा. कोटनिसले मन्दारिन (mandarin) भाषा सिके र चिनियाँ विद्यार्थीलाई मेडिसिन पढाए । उनी आप्mना विद्यार्थीलाई उत्साहित गर्थे –“राम्रोसँग पढ्नु । शोषित मानवजातिको मुक्तिका लागि राम्रो अध्ययन जरुरी छ । जापानी उपनिवेशविरोधी यो सङ्घर्षको विजय सुनिश्चित छ ।” डा. कोट्निसका विद्यार्थीले पछि उत्तर चीनस्थित उनकै सहिद स्मारकमा दीक्षान्त एल्बम सहयोग गरेको थियो ।
सन् १९४१ मा डा. कोट्निसले चिनियाँ नर्स गुओ छिङ्लान Guo Qinglan (१९१६–२०१२) सँग विवाह गरे । बेथुन मेडिकल स्कुलका विद्यार्थी छिङलान पहिले नै डा. बेथुनको योगदानबाट अभिप्रेरित थिए । पछि डा. कोट्निसको प्रेममा परे ।
युद्धको समय थियो चिनियाँ मेडिकल विद्यार्थीहरूसँग पाठ्यपुस्तक थिएन । डा. कोट्निस आपैmले पाठ्यपुस्तक तयार गरे । सन् १९४२ डिसेम्बर ८ को साँझ उनी दोस्रो सर्जरी पाठ्यपुस्तकको पृष्ठ १७३ लेख्दै गर्दा पृष्ठमा डटपेनको लामो धर्कासहित अचेत हुनुभयो । ३२ वर्षको उमेरमा छारे रोगका कारण उनको मृत्यु भयो । समयसमयमा आउने रोगको आक्रमण बेवास्ता गरी दिनरात घाइते रोगीको सेवा गर्दागर्दै उनी संसारसँग बिदा भए । त्यतिबेला उनका छोरा भर्खर ४ महिनाको थियो । छोरा यिन हुआ Yin hua, जसको अर्थ भारत र चीन हुन्छ, पनि २४ वर्षको उमेरमा मेडिकल कलेजको दीक्षान्तअघि नै अस्पतालको मेडिकल गल्तीका कारण मृत्यु भयो ।
सन् १९४२ मा डा. कोटनिस चिनियाँ कम्युनिस्ट पार्टीसँगै जोडिएका थिए । चिकपामा सदस्य बनेको ५ महिनापछि उनको मृत्यु भएको थियो । यद्यपि, उनले आप्mनो सम्पूर्ण सुनौला वर्षहरू चीन र चिनियाँ क्रान्तिको निम्ति समर्पण गरे । चिनियाँ जनता सम्झन्छन् उनले आफ्नो उच्चत्तम समर्पण चिनियाँ जनताको स्वतन्त्रता र मुक्ति आन्दोलनका निम्ति गरे ।”
डा. कोट्निस चीन भारत सम्बन्धको एउटा अग्लो झण्डा बनेर फहरिरहनेछ । डा. कोट्निसको जीवन उजिल्याउने चलचित्र भारतले निर्माण ग¥यो –“डा. कोट्निसकी अमर कहानी ।” त्यही वर्ष अल इन्डिया डा. कोट्निस मेमोरियल समिति पनि गठन गरियो । त्यसरी नै चीनले पनि डा. कोटनिसको जीवनमा आधारित चलचित्र निर्माण ग¥यो–“डा. डिएस कोटनिस ।” चीनको शिविआझुआङ Shijiazhuang मा डा. कोटनिसको स्मारक छ । सन् १९७५ मा स्थापित उक्त स्मारक नजिक (३००० किमी पर) कोटनिसको विरासत एउटा मेडिकल स्कुललाई सुम्पियो । के डिहुआ मेडिकल विज्ञान सेकेन्डरी स्कुल सन् १९९२ मा स्थापना भई आजसम्म ४५ हजारभन्दा बढी मेडिकल विद्यार्थी उत्पादन गर्न भएको सफल छ ।
डा. कोटनिसले चीनलाई निकै माया गरे । भारतीय मेडिकल टिम आप्mनो मिसन पूरा गरी फर्कँदा उनी गएनन् । चीनमै बस्ने र लामो समय सेवा गर्ने निर्णय गरे । उनी डा. बेथुनको उत्तराधिकारी बन्छु भन्थे, सफल भए । मृत्यु पनि उस्तै रोजे । उनलाई चिनियाँ जनता दोस्रो बेथुन पनि भन्छन् । क्रान्तिको सफलताका निम्ति विज्ञान र बुद्धिजीवी पनि चाहिन्छ भन्दै युद्धभूमिमै विद्यालय स्थापना गर्ने बेथुनलाई डा. कोटनिसले पछ्याए । पहाड, गाउँ बस्तीहरूलाई अपरेसन थियटर बनाउँदै चिनियाँ मेडिकल टिमलाई तालिम दिने काम दुबैले उत्तिकै लगन र मेहनत साथ गरे । खुला आकाशमुनिको मैदान कक्षा कोठा, युद्धभूमि प्रयोगशाला बनाए । डा. कोटनिस पनि जनताको माझमा बसेर गोप्य ढङ्गले घाइतेको उपचार या शल्यक्रिया गर्थे बेथुनले जस्तै । स्थानीय जनताको सहयोगमा “मृत लाशहरू व्यवस्थापन गरौँ, घाइतेको घाउ उपचार गरौँ क्रान्तिकारी मानवतावादी विचारको व्यावहारिक अभ्यास गराँै भन्दै अघि बढ्थे ।
डा. कोटनिस सुरुदेखि चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रभावित थिए । उनले लेखेका थिए –“बुर्जुवा विचारले ओगटेको मेरो मस्तिष्क येनान पुगेपछि फेरियो । चिनियाँ आठौँ रुटको सेनासँग आप्mनो दैनिकी साट्दा मैले आफूभित्र क्रान्तिकारी भावना र विचार सञ्चार भएको अनुभूति गरेँ । कमरेडहरूसँगको कुराकानी र सहकार्यले मेरो जीवनमै रूपान्तरण आएको महसुस गरेँ ।” उनको जीवनमा आएको परिवर्तनले चीनको मुहार फेर्न योगदान ग¥यो । आज चीन र चिनियाँ जनता डा. बेथुनसँगै डा. कोट्निस सम्झन्छन्् । उनको भव्य शालिक बनाइएको छ । सानो सङ्ग्रहालयमा उनको हातेपुस्तक (शब्द अर्थ पुस्तिका) सँगै पुराना फोटोहरू राखिएको छ । डा.कोटिनस मेमोरियल समिति पश्चिम बङ्गालका अध्यक्ष मृगेन्द्रनाथ गन्ताइतले भनेका थिए –“चिनियाँ जनताले आप्mनो विदेशी मित्र अर्थात् फासीवादविरोधी सङ्घर्ष र स्वतन्त्रता सङ्घर्षमा सहयोग गर्ने मित्र डा. कोट्निसलाई पटक्कै नबिर्सेको देखेर हामी आश्चर्यचकित छौँ । निकै प्रभावित छौँ ।”
उनलाई चीन र चिनियाँ जनताले मात्र होइन विश्वले एक अन्तर्राष्ट्रवादी मेडिकल योद्धाको रूपमा स्मरण गर्नेछ । चीन–भारत सम्बन्धमात्र होइन विश्व साम्राज्यवादविरोधी सङ्घर्षका निम्ति प्रेरणा बन्नेछ डा. कोटनिसको विरासत । अन्तर्राष्ट्रियवादी भावनासहित विश्वको सेवा गर्न चिकित्सा क्षेत्रका हरेकलाई उत्साहित गर्ने नाम बनेर डा. कोटनिस युग युगसम्म बाँच्नेछन् ।
Leave a Reply